१६ फाल्गुन २०८१, शुक्रबार

क्रान्तिकारी आशाको दियो विप्लव हो, एकताबद्ध बनौं : सन्तोष सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले नेपालमा क्रान्तिकारी आशाको दियोको रुपमा नेकपाका महासचिव विप्लव भएको बताएका छन् ।
नेकपा कालिकोटले रास्कोटको आरसीपी बजारमा आयोजना गरेको जनसभालाई बुधबार सम्बाेधन गर्दै स्थायी समिति सदस्य सन्तोष सीले क्रान्तिकारी आशाको दियोको रुपमा विप्लव भएको बताएका हुन् ।
उनले क्रान्ति निरन्तर जारी रहेको बताउदै महासचिव विप्लवको नेतृत्वमा नेपालमा एकीकृत जनक्रान्ति भइरहेको बताए ।
लुम्विनी प्रदेशका इन्चार्ज समेत रहेका नेता सन्तोषले समाजवादी क्रान्तिमा कालिकोटको साथमा रोल्पा रहेको बताए । रोल्पा र कालिकोट जनयुद्धको आधारभूमि भएको टिप्पणी गर्दै जनयुद्धको सपना पूरा गर्न सबैको एकता आवश्यक भएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।