२० फाल्गुन २०८१, मंगलवार

अ.ने.म.संघ क्रान्तिकारी मकवानपुरकाे अध्यक्षमा सानुमाया

0

मकवानपुर । अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुरको तेश्रो भेला सम्पन्न भएको छ । बस्तिपुरमा भएको भेलाले सानुमाया सीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

शुक्रबार भएको भेलामा मकवानपुरका सबै पालिकाबाट महिला प्रतिनिधिहरुको उपस्थिति रहेको छ । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा अ.ने.म.संघ क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष भृकुटी सीको प्रमुख आतिथ्यता रहेको छ । भेलामा शुभकामना दिँदै उनले आदिम कालदेखि नै पुरुषहरू मूल्ययुक्त कार्यमा जुटेको र महिलाहरु मूल्यविहिन कार्यमा लाग्नेगरी गरिएको कार्य विभाजनको कारण महिलाहरु पछि परेको बताइन् । त्यसकारण महिलाहरु केवल घरायसी कामकाज र बच्चा जन्माउने साधनको रुपमा मात्र प्रस्तुत नभई पुरुष बराबर आर्थिक आय आर्जनको कार्यमा पनि सहभागी भई अधुरो रहेको क्रान्तिलाई पूरा गर्ने आन्दोलनमा जुट्नुपर्ने बताइन् । त्यस्तै कार्यक्रमका विशेष अतिथि एवम नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीले पनि १० वर्षे महान जनयुद्धले महिलाहरुलाई घरदेखि बाहिर आएर मन्त्री तथा सभासद बन्न सक्ने साहस र क्षमता प्रदान गरेको बताए । अझैपनि नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापनार्थ आन्दोलनरुपि रथको एक पांग्राको रुपमा महिलाहरु सहभागी हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी पेमा सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा जिल्ला सचिवालय सदस्य एवम हेटौंडा उपमहानगरपालिका इन्चार्ज विवेक सी र अखिल (समाजवादी) का केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुरका इन्चार्ज एवम नेकपा मकवानपुरका सचिवालय सदस्य तथा मनहरी गाउँपालिका सेक्रेटरी सुर्य सीले पनि शुभकामना राखेका छन् । कार्यक्रममा अखिल (समाजवादी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुवास सी, अखिल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य तथा मकवानपुरका अध्यक्ष सुकुलाल सी लगायतको आतिथ्यता रहेको छ ।

कार्यक्रमकै बिचमा प्रतिबन्धको समयमा दुश्मनको घेराभित्र परेका पार्टीका प्रवक्ता प्रकाण्ड सी लगायतका टिमलाई एउटा हंसियाको भरमा दुश्मनको पन्जाबाट छुट्याउन सफल साहसी महिला माइली माया थोकरलाई सम्मान गरेको छ । उहाँको आँट र साहसबाट यो सावित हुन्छ कि हरेक सफल पुरुष, परिवार, समाज र राष्ट्रको पछाडि महिलाको ठूलो हात रहन्छ ।

हेटौंडा-१९, बस्तिपुरमा भएको अ.ने.म. संघ क्रान्तिकारी मकवानपुरको तेश्रो जिल्ला भेलाबाट सानुमाया सीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ । जसमा उपाध्यक्ष अनिशा सी, सचिव शान्ति सी, सह सचिव विपना सी, कोषाध्यक्ष सुक्रमाया सी रहेका छन् । अ.ने.म. संघ क्रान्तिकारी मकवानपुरका संयोजक सानुमाया सीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन अनिशा सीले गरेकी थिइन्  ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।