२० फाल्गुन २०८१, मंगलवार

सबै कम्युनिस्टहरु एक भएर समाजवादमा नगएसम्म सहिदको सपना पूरा हुन्न : कपिल सी

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज कपिल सीले देशका सम्पूर्ण कम्युनिस्टहरु एक भएर नेपाली विशेषताको समाजवादमा नगएसम्म सहिदहरुको सपना पूरा नहुने बताएका छन् ।

फागुन १४ गतेदेदेखि २१ गतेसम्म मनाइने सहिद सप्ताहको अवसरमा सोमबार गोरखाको पालुङटारमा आयोजित सहिद तथा बेपत्ता परिवारहरुलाई सम्मान कार्यक्रममा बोल्दै नेता कपिलले यस्तो बताएका हुन् ।

पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाको बिचमा रहेको हर्मी भञ्ज्याङमा सम्पन्न सहिद अभिनन्दन कार्यक्रमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सहिदका सपना पूरा गर्न सम्पूर्ण माओवादी घटक र कम्युनिस्टहरु एक भएर नेपाली विशेषताको समाजवादमा जानुको विकल्प नभएको बताए ।

उनले भने, ‘नेकपाले अहिले एकीकृत जनक्रान्तिमार्फत नेपाली विशेषताको समाजवादको बाटो तय गरेको छ र नेकपाले आफ्नै नेतृत्वमा सम्पूर्ण कम्युनिस्ट, क्रान्तिकारी, देशभक्त बुद्दिजीवि, माओवादी घटक, राष्ट्रिय पूंजीपतीहरुलाई एक बनाएर जनताले चाहेको नेपाली विशेषताको समाजवादमा लामवद्ध गर्ने पहल थालेको छ । यस अभियानमा नेकपालाई सहयोग गर्न सम्पूर्णलाई आह्वान गदछौँ ।”

कार्यक्रममा दशवर्षे जनयुद्धमा सहादत प्राप्त गरेका महान सहिदहरुको परिवारलाई अभिनन्दन गरिएको थियो ।
अभिनन्दित हुने सहिद परिवारहरुमा जेल ब्रेक गरि निस्किएर फेरि गिरफ्तार परि सहिद भएकी यौद्धा मिना मरहठ्ठा र भिमसेन पोखरेलका दाई रुद्र पोखरेल अभिन्दीत भएका छन् । त्यस्तै महिन्द्र मरहठ्ठा र मिना मरहठ्ठाका बुवा नरनाथ मरहठ्ठा, सहिद सेते दानकोटीका छोरा हरी दानकोटी, सहिद जीवन कुमारी ढकालकी आमा डम्बर कुमारी ढकाल अभिनन्दन भएका हुन् ।

सम्मानित हुने सम्पूर्ण सहिद परिवारलाई नेकपाको झन्डा अंकित कप प्रधान गरिएको थियो । प्रकाश सीको अध्यक्षता तथा संचालनमा सम्पन्न अभिनन्दन कार्यक्रममा सहिद परिवारको प्रतिनिधित्व गर्दै महेन्द्र मरहठ्ठा र मिना मरहठ्ठाका बुवा नरनाथ मरहठ्ठाले मन्तब्य राखेका थिए भने नेकपा माओवादीका सिरानचोक गाउँपालिकाका उपाध्यक्ष धनबहादुर तामाङले समेत आफ्नो महत्त्वपूर्ण मन्तब्य राखेका थिए।

कार्यक्रमा सिरानचोक गाउँपालिका र पालुङटार नगरपालीकाका सहिद परिवार तथा नेकपाका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।