९ बैशाख २०८२, मंगलवार

नेकपानिकट जातीय र क्षेत्रीय माेर्चाद्वारा देशभरबाट प्रधानमन्त्रीलाई १५ बुँदे ध्यानाकर्षण पत्र

0

नेपाल कम्युनिस्ट पार्टी निकट जातीय र क्षेत्रीय माेर्चाहरुले आज माेर्चाकाे १५ बुँदे ध्यानाकर्षण पत्र प्रधानमन्त्री कार्यालयलगायत देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा बुझाएका छन् ।

काठमाडौं सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा समाजवादी मगर मुक्ति माेर्चा, तामाङ मुक्ति माेर्चा र नेवा मुक्ति माेर्चाले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । समाजवादी मगर माेर्चाका केन्द्रीय संयाेजक सुदर्शन सी, तामाङ माेर्चाका केन्द्रीय संयोजक प्रेरक तामाङ र नेवा माेर्चाकी केन्द्रीय काेषाध्यक्ष सन्ताेषी मर्हजनकाे उपस्थिति थियाे ।
काठमाडौंस्थित जिल्ला प्रशासन कार्यालयमा समाजवादी मगर माेर्चाका केन्द्रीय उपाध्यक्ष इन्द्र मगर, नेवा माेर्चाका केन्द्रीय महासचिव रत्न महर्जन र मगर माेर्चाका वाग्मती संयाेजक गणेश रानामगरकाे उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाइएकाे छ ।

भक्तपुर जिल्ला प्रशासन कार्यालयमा मगर माेर्चाकी केन्द्रीय काेषाध्यक्ष आस्मती मगर र माेर्चाकै केन्द्रीय सदस्य देविराम सारु (श्रमिक)काे उपस्थिति रहेकाे थियाे भने ललितपुरमा मगर माेर्चाका केन्द्रीय कार्यालय सदस्य वजन रानामगरकाे उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाइएको छ ।

त्यसैगरी रुपन्देहीकाे भैरहवामा समाजवादी मधेशी मुक्ति माेर्चाका केन्द्रीय संयाेजक विनाेद उपाध्याय, थारु माेर्चाका केन्द्रीय अध्यक्ष नाथुराम थारु, मुश्लिम माेर्चाका केन्द्रीय संयाेजक अजमहमात मिया र मगर माेर्चाकी जिल्ला अध्यक्ष मन्जु रानामगरकाे उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाइएको छ । त्यस्तै दाङमा मगर माेर्चाका केन्द्रीय सदस्य भीम रानामगर, तनहुँमा मगर माेर्चाका केन्द्रीय सदस्य धन बहादुर मगर र कपिलवस्तुमा मगर माेर्चाका केन्द्रीय सदस्य एलबी मगरकाे उपस्थितिमा संयुक्त ध्यानाकर्षण पत्र बुझाइएको छ ।

उता समाजवादी सेती महाकाली माेर्चाले अछाम, डाेटी र बाजुरामा संयुक्त माेर्चाकाे ध्यानाकर्षण पत्र बुझाएको छ भने कैलाली र कंचनपुरमा सेती महाकाली माेर्चा र थारु माेर्चाले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएकाे सेती महाकाली माेर्चाका संयाेजक रंगनाथ ढकालले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।