
काठमाडौँ – जनपत्रकार संगठन नेपालले संगठनका सचिवालय सदस्य एवम् काठमाडौ उपत्यका प्रदेश संयोजक साहस भट्टका बुवाको निधनप्रति दुःख व्यक्त गरेको छ । संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले मंगलबार शोक वक्तव्य जारी गर्दै बुवा नन्द प्रसाद भट्टको निधनमा दुःख व्यक्त गरेका हुन् ।
‘गोर्खा जिल्ला गण्डकी गाउँपालिका वडा न. ४ निवासी उहाँको उपचारको लामो प्रक्रियामा आफ्नै निवासमा निधन भएको सन्दर्भमा जनपत्रकार संगठन नेपाल केन्द्रीय समिति स्तब्ध भएको छ ।’, संगठनद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘दुःखको यस क्षणमा पत्रकार साहस भट्टसहित आफन्तजन र परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौं । साथै शोकलाई शक्तिमा बदल्दै आगामी यात्रामा निरन्तर रूपमा अघि बढ्ने अपेक्षासहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।’
शाहसका बुवाको मंगलबार दिउँसो २ बजे निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्