२२ आश्विन २०८२, बुधबार

विष्णु सापकोटाको निधनप्रति विप्लवद्वारा दुःख व्यक्त

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले स्थायी समिति सदस्य अनिल सीका माइला दाई र केन्द्रीय सदस्य मिनप्रसाद सीका माइला भाई विष्णु सापकोटाको निधनप्रति दुःख व्यक्त गरेका छन् । पार्किन्सन जस्तो गम्भीर रोगसँग संघर्षरत सापकोटाको असोज १५ गते विहान साढे ९ बजे निधन भएको थियो ।

६७ वर्षको उमेरमा भएको असामयिक निधनले पार्टीलाई दुःखी बनाएको विप्लवद्वारा जारी शोक वक्तव्यमा भनिएको छ । ‘यो दुःखद घडीमा हाम्रो पार्टी मृतकप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै क. अनिल, क. मिनप्रसादसहित उहाँको परिवारजनप्रति समवेदन प्रकट गर्दछ ।’ वक्तव्यमा भनिएको छ ।

वि.स. २०१५ सालमा भरतपुरमा जन्मिएका सापकोटाको २०८२ साल असोज १५ गते रत्ननगर चितवनमा मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।