१८ बैशाख २०८१, मंगलवार

नेकपा धादिङको ५ औं जिल्ला सम्मेलन सम्पन्न, सेक्रेटरीमा पुन: सृजन

0

धादिङ : नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला लामाले नेपाली जनताले विश्वास गरेको एक मात्र पार्टी नेपाल कम्युनिस्ट पार्टी भएकाले जनताको विश्वासिलो भावनालाई पूरा गर्न नेकपा नेताकार्यकर्ता जनताप्रति जिम्मेवार बन्नु पर्ने बताएका छन् ।

सोमबार धादिङमा आयोजित नेकपा धादिङ जिल्ला समितिको ५औं जिल्ला सम्मेलनमा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, `हाम्रो काँधमा अर्को थप जिम्मेवारी आएको छ । त्यो हो, नेपालमा छरिएर रहेका सम्पूर्ण कम्युनिष्टहरूलाई एकीकृत गर्नु हो । त्यसैले दृढ संकल्प लिएर जनताको आशालाई कम्युनिष्टहरूले गम्भीरतापूर्वक लिएर पूरा गर्न लाग्नु पर्ने नै अहिलेको आवश्यकता हो ।´

नेता लामाले दलाल पूँजीवादी संसदिय व्यवस्थालाई चिहानमा गाडेर त्यहीबाट एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवादको स्थापना गर्नु नेकपाको प्रमुख लक्ष्य रहेको जिकिर गरे ।

नेकपा धादिङका सेक्रेटरी सृजनको अध्यक्षता तथा सञ्चालनमा भएको सम्मेलनमा अतिथिको रुपमा पूर्व सेक्रेटरी तथा अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय महासचिव कुशल बाेगटी, नेवा मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जन र विशेष जिल्लाका सेक्रेटरी मिङ्मार रहेको थियो ।

आज नै बन्दसत्र शुरु भई पुन: सृजनलाई सेक्रेटेरीमा निर्वाचित गर्दै २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ भने जिल्ला सदस्य सुन्दर लामालाई जिल्ला समितिबाट बिदाई गरेको छ ।

बन्द सत्रमा नर्वनिर्वाचित टिमलाई बधाई तथा कार्यसफलताको शुभकामना जिल्ला पूर्व सेक्रेटरी तथा महासङ्घका महासचिव कुशल बाेगटीले दिएका थिए । नवर्निवाचित जिल्ला समितिलाई प्रमुख अतिथि माइलाले सपथ खुवाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।