८ बैशाख २०८१, शनिबार

पार्टी क्रान्ति र लिडरसिप विरोधी तत्वको भ्रममा नपरौं: नेकपा

0

 

असोज ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले महाधिवेशन नहुनुको मुख्य कारण तिनबुँदे सहमति विरूद्वको प्रतिकुल वातावरण भएको बताएको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले जनपत्रिका सँग कुराकानी गर्दै महासचिव लगायतका पार्टीका नेताहरू विरूद्व ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्नु नै ९ औं महाधिवेशन निधारित मितिमा सुरू गर्न नसक्नुको मुख्य कारण भएको बताए ।

उनले भने, “अब असोज १ बाट महाधिवेशन गर्ने भन्यौं प्रतिकुल वातावरणले गर्न सकेनौं, लगत्तै दसैं आइसक्यो, गाडी पाउन पनि मुस्किल हुने भयो । त्यसैले केही समयको लागि स्थगित मात्र भएको हो ।

प्रवक्ता प्रकाण्डले पछिल्लो समय महाधिवेशन केही समयका लागि स्थगित भएको विषयमा पार्टी, क्रान्ति र लिडरसिप विरोधी तत्वहरूले नेगेटिभ प्रचार गरेर भ्रम फैलाएको भन्दै कोही पनि भ्रममा नपर्न आग्रह गरे ।

उनले क्रान्तिकारी पार्टीले आफ्नो महाधिवेशन नगर्नु पर्ने र सार्नु पर्ने कुनै कारण नभएको स्पष्ट पार्दै समय र परिस्थिति नै प्रतिकुल हुन गएकोले केही समय सरेको मात्रै हो भने ।

प्रवक्ता प्रकाण्डले भने महाधिवेशनको सम्पूर्ण तयारी पुरा गरेका र अवरात्र खटिएका सिंगो पार्टी पंक्तिलाई स्थगितको सुचनाले मनोभावनामा असर पारेको पक्कै नै होला, हामी धैर्य वान बनौं, छिट्टै महाधिवेशन पार्टीले सुरू गर्नेछ । उपयुक्त समय हेरेर मिति तय गरिने छ ।”

एउटा क्रान्तिकारी पार्टीको महाधिवेशन विचार, राजनीतिक बहसको हिसाबले ऐतिहासिक हुने भएकाले पनि अति महत्त्वका साथ हेरिरहेको छ ।

महाधिवेशनले अहिलेको साम्राज्यवादको नयाँ व्याख्या देखी सर्वहारा वर्गको सत्ता प्राप्ति पछि टिकाउन नसकिनुको मुख्य कारण विचार दर्शनका दृष्टिकोणले कहाँ अभाव रहन गयो भन्ने नयाँ विश्लेषण गर्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।