१६ चैत्र २०८०, शुक्रबार

सानो चोइटिएको समुहलाई दुश्मनले ठुलो हल्ला गर्यो : आहुति

0

कपिलवस्तु: वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले नेकपाबाट सानो चोइटिएको समूहलाई दुश्मनले ठुलो हल्ला गरेर क्रान्ति विरुद्ध लागेको बताएका छन् । नेकपाको नवौ महाधिवेशनको उद्घाटन समारोहलाई कपिलवस्तुको शिवगढीमा मंगलबार शुभकामना दिदै उनले यस्तो बताएका हुन् । उनले नेकपाबाट सानो समुह चोइटिए पनि दुश्मनले ठुलो प्रचार गर्नु क्रान्तिकारीहरु विरुद्धको भिषण हमला भएको दाबी गरे । साम्राज्यवादी तथा दलाल पूँजीवादीहरुले क्रान्तिकारीहरुलाई विभाजन गरेर क्रान्ति विरुद्ध लाग्ने नीति लिएकाले त्यसको शिकार कञ्चन सुदर्शनहरु भएको आरोप लगाए । उनले नेकपाको महाधिवेशन सबै क्रान्तिकारीहरुको लागि एकताको विश्वविद्यालय बन्न सुझाव दिए । महासचिव आहुतिले श्रम प्रमुख भएको बेला माक्र्सवादको जन्म भएको भन्दै अहिले मानवश्रम भन्दा प्रविधि प्रमुख भइरहेको बेला क्रान्तिको मोडल पनि नयाँ बन्नु पर्ने बताए । उनले पूँजीवाद सिक्काको आविस्कारसँगै जन्मिएको ठोकुवा गर्दै अब पूँजीवादका विरुद्ध लड्न समाजवादी पूँजीको पनि विकास गर्नुपर्ने आवश्यकता औल्याए । उनले नेपाली कम्युनिष्ट आन्दालेलनमा वर्गसंघर्ष प्रधान गर्नुपर्ने बेला जातव्यवस्था प्रधान बन्न खोजेको पनि टिप्पणी गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।