७ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुमा नेकपाले निकाल्यो मसाल जुलुस

0

नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले आगामी मंसिर ४ गते हुने संसदीय चुनाव खारेजीको माग गर्दै भव्य रूपमा मसाल जुलुस निकालेको छ ।

पार्टीले साँझ कपिलवस्तुमा मसाल जुलुस निकालेको हो ।
मसाल जुलुसमा प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न चुनाव खारेज गरौं, नो भोट जनताको अधिकार हो, हामी मतपत्र खाली पठाउँछौँ, एम.सि.सि. सम्झौता खारेज गर, भूमण्डलिकृत साम्राज्यवाद मूर्दावाद, संसदीय व्यवस्था मूर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद जस्ता नाराहरु लगाइएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।