१६ चैत्र २०८०, शुक्रबार

पार्टी योजना र गतिमा सामना परिवार 

0

विश्व साम्राज्यवाद, भूमण्डलिकृत पुँजिवाद एवम् दलाल संसदीय व्यवस्था विरुद्ध संघर्ष गर्दै वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्न क्रान्तिमा निरन्तर अघि बढिरहेको सर्वहारा श्रमजीवि वर्गको अग्रदस्ता, जसले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवादी राज्य व्यवस्था ल्याउने दृण संकल्पसहित अघि बढिरहेको पार्टी, हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले भर्खर २०७९ असोज २५ देखि कार्तिक २ गतेसम्म कपिलवस्तु जिल्ला शिवगडी आफ्नै पार्टी केन्द्रिय कार्यलयमा ऐतिहासिक नवाैँ महाधिवेशन भव्य रुपमा सम्पन्न गरेको छ । महाधिवेशन आफैमा एउटा यस्तो गरिमामय स्थान हो । जहाँबाट सक्षम नेतृत्वको छनोट गरिन्छ । जसले क्रान्तिकारी धारको निर्णायक गति दिन सकोस्, हजारौं विचारको बहस र केन्द्रिकरण गरेर दलाल पुँजिवाद तथा भुमण्डलिकृत पुँजिवादका विरुद्ध संघर्ष गर्ने नयाँ र सुस्पस्ट नीति र कार्ययोजना निर्माण गरोस्, बद्लिदो वस्तुस्थितिलाई आत्मासाथ गर्दै जसका विरुद्धमा नयाँ कार्यक्रम निर्धारण गरोस् । यसकारण महाधिवेशनको औचित्य पुष्टि हुन्छ कि महाधिवेशन विश्व विद्यालयका विद्यार्थीहरुको परिक्षाको रुपमा प्रस्तुत भएको बुझ्दा हुन्छ जस्तो लाग्छ । जुन गरिमामय हलबाट सहि जवाफ लिएर सम्पूर्ण नेता कार्यकर्ता, सिङो पार्टी जनताको बिचमा निस्किनु पर्छ । यसै बिचमा पार्टी केन्द्रिय समितिले आयोजनामा सम्पन्न नबौँ महाधिवेशन भब्य, सानदार, ओजपुर्ण र कोशेढुङ्गा साबित भएको छ ।

आज आम नेपाली सर्वसाधारण तथा बौद्धिक व्यक्तित्व एवम नागरिकहरुले बुझ्नु पर्ने कुरा यो छ कि ? पार्टीको महाधिवेशन यस्तो समयमा भएको छ । नेपालका झन्डै ८० लाख युवाहरु देशमा रोजगार नपाएर विदेशिन बाध्य परिरहेको छ । नेपाली दिदिबहिनीहरु विदेशी डलरमा दलालहरुले बेचिएकी छन । सुकुम्बासीहरुसँग गरिखानेसम्म जमिन छैन । मिटरब्याजिहरुको बिकबिकी असिमित बढिरहेको छ । २१  औँ सताब्दीमा पनि कथित पानी नचल्ने जाती भन्दै दलितलाई धारा छोएको नाउँमा कुटपिट गरिन्छ, हेपिन्छ । अझ त सरकारका अड्डाहरुबाट पनि छुवाछूत जस्तो अमानवीय व्यवहारलाई नियन्त्रण गर्न सकेको देखिदैन । उल्टै प्रोत्साहन गर्न खोजेको जस्तो चित्र देखा पर्छ । समाजमा जनजाती आदिवासीहरुलाई अपमान गरिन्छ । यसमा राज्यलाई कुनै मतलव छैन । जनता कहाँ छन, युवाको जीवन कस्तो छ । महिला दिदिबहिनीलाई कसरी राज्यको समान पहुँचमा पुर्याउने , विद्यार्थीका समस्या कसरी सामाधान गर्ने ,यस्ता तमाम विषयलाई बेवास्ता गर्दै आफ्नै दुनो सोझ्याउने तर्फ राज्य केन्द्रित भएको छ ।यति मात्रै हैन । सबै भन्दा ठूलो विषय सबै संसदवादी दलहरु मिलेर विगतका सबै असमान सन्धि सम्झौतालाई उछिन्ने गरि अमेरिकी साम्राज्यवादले खडा गरेको इन्डो प्यासिफिक स्टटेजी अन्तरगतको MCC र SPP संसदबाट पारित गरेको नाटक गरेर सार्बभौम सम्पन्न राष्ट्र  नेपाललाई नवउपनिबेश र राष्ट्रिय  स्वाधीनताको विरुद्धमा दारा नङ्ग्रा किटेर जबर्जस्त राष्ट्रघात थुपर्न खोजेका छन र नेपाललाई तेर्सो विश्वयुद्धको किडास्थल मनाउने मुर्खता गरिरहेका छन । मुलत: देश संकटमा छ । यो सरकारबाट जनता आजित बनेका छन । राष्ट्रिय  स्वाधीनता धरापमा छ । जनजिबिकाको सवालमा राज्य गैरजिम्मेवार छ । यो नै क्रान्तिको लागि सबै भन्दा अनुकुल समय हुन सक्छ । यी तमाम समस्याले नै सामाधानको लागि क्रान्तिको आवाश्यकतालाई दर्साएको हुन्छ । यसै बिचमा पार्टी केन्द्रिय समितिले नबौँ महाधिवेशनको आयोजना गरेर तमाम समस्यालाई हल गर्न प्रतिबद्धता जाहेर गरेको छ । यसकारण नबौँ महाधिवेशन कोसेढुङ्गा साबित भएको छ ।

पार्टीले आयोजना गरेको नबौँ महाधिवेशनमा थुप्रै विषयमा  बहस  छलफल भएको छ । विश्व अन्तरास्ट्रिय कम्युनिस्ट आन्दोलनमा पछिल्ला दिनहरुमा भोग्नुपरेको पराजय,  स्थापना भएका समाजवादी सत्ता पनि गुम्नुले , नेपालि कम्युनिस्ट आन्दोलनमा विगतका नेतृत्वको धोकाधडि र आत्मासमर्पणवादका गहनतम समिक्षा पार्टीको प्रमुख विषय बन्ने नै भयो । वैज्ञानिक समाजवादी क्रान्तिको सपना साकार पार्न एकीकृत जनक्रान्तिलाई लचक बनाउन नेता, कार्यकर्तामा लाल त निपुर्ण अथवा राजनितिक वैचारिक रुपमा स्पस्ट पार्न महाधिवेशनले महत्त्वपूर्ण भुमिका खेलेको छ । तर आजको क्रान्तिबाट श्रमजिवि वर्गले मुक्तिको अपेक्षा गर्दछन । मजदुर वर्गले स्वतन्त्रताको चाहाना राख्दछन । यी वर्गलाई छिटो क्रान्तिमा जोड्न नयाँ रणनीति पार्टीले अख्तियार गर्नुपर्दथ्यो । यसमा पार्टीले विश्व क्रान्तिका दुई मोडेल (सशस्त्र विद्रोह र दीर्घकालीन जनयुद्ध) लाई मात्र हेरेर नेपाली क्रान्तिले सफलता प्राप्त गर्न सक्दैन । बरु दुबै कार्यदिशाका आधारभूत शिक्षालाई पकड्दै नयाँ क्रान्तिको बाटो खोल्नु पर्दथ्यो । जुन पार्टीले एकीकृत जनक्रान्ति संलेश्ण गरेको छ । नेपालको सापेक्षतामा नेपाली क्रान्तिलाई विजयमा पुर्याउन र वैज्ञानिक समाजवादलाई स्थापित गर्ने बाटो एकीकृत जनक्रान्ति माथी पनि महाधिवेशनले छलफल गरेर नयाँ उचाईमा उठाएको छ । क्रान्तिकारी पार्टीले पराम्परागत राजनीतिक विचार दर्शन र आदर्शमा अल्झिनु हुदैन । नयाँ राजनीतिक विचार दर्शनको खोज अनुसान्धान गर्नुपर्नेमा हमेशा ध्यान दिनुपर्छ । जुन क्रान्तिकारी पार्टी हुनुको नाताले पनि  महाधिवेशनले यो सर्बपरी मान्यतालाई व्यवहारमा लागू गरेको छ र
उक्त महाधिवेशनले अनिश्चियको सिद्धान्त, एकीकृत स्वमित्व  अर्थात एकीकृत अर्थप्रणाली, एकीकृत आवाधिक निर्वाचन प्रणाली जस्ता विषयमा  नयाँ प्रयोग गरेको छ । यति मात्रै हैन ! आजको विश्व पुँजिवादमा मात्र सिमित छैन ! भुमण्डलिकृत पुँजिवादमा विकास भएको पार्टीको ठहर छ ! अत: सत्य पनि यहीँ हो । विचार, राजनीति, अर्थसम्बन्ध, उत्पादन सम्बन्ध, सुचना प्राविधिका भएका विकासका नयाँ आयामहरुलाई पकड्नुपर्ने र क्रान्तिमा संसँगै जोड्नुपर्ने आवश्यक छ । जसमा महाधिवेशनले खुलेर बहस छलफल गरेको छ ! बढी वा कम प्रयोग पनि गरिरहेको छ । आजको विश्वको मुख्य अन्तरविरोध अर्थात संघर्ष पनि दलाल पुँजिवाद र यसबाट पैदा भएका राजनितीक , सामाजिक , साँस्कृतिक समस्याहरु नै हुन जसलाई महाधिवेशनले सामाधान दिएको छ । पार्टीको नबौँ महाधिवेशनले क्रान्तिको सम्भावना र भावी चुनौतीका ढोकालाई सामना गर्ने नयाँ हतियार तयार पारेको छ । जुन हतियार एकीकृत जनक्रान्तिको जगमा खडा भएको छ । जुन हतियारले दलाल पुँजिवादलाई फाड्दै हिन्नुपर्ने छ र यो हतियार प्रत्यक  जनताको हातलमा पुर्याउने पार्टीको आगमी मुख्य कार्यभार बन्न गएको छ ।
 सामना परिवार :
सामना परिवार नेपाल कम्युनिस्ट पार्टीको साँस्कृतिक टिम हो ! नियमित कलाकारको टिम हो । जसले जनवादी साँस्कृतिक क्षेत्रको भुमिका पूरा गरेको छ ! नेतृत्व गरेको छ । जसलाई जनवादी, प्रगतिशील, वैज्ञानिक संस्कृतिका पक्षधर भन्न पनि सकिन्छ । हाल नेपालमा दुई थरी साँस्कृतिककर्मिहरु छन् । पहिलो साँस्कृतिककर्मिहरु जो दलाल पुँजिवादको बजारमा चल्ने गरेका साँस्कृतिक कार्यक्रममा सहभागी हुन्छन् । उनिहरु पैसामा मात्र काम गर्छन् ।
उनी कलाकारहरु पैसा भन्दा अरु केही पनि देख्दैनन् । पैसा पाउने भएपछी मालिकको अगाडि नाङ्गो नाँच नाच्न पनि तयार हुन्छन् । स्वाभिमान , इज्जत , उनिहरुलाई केही पनि मतलब हुदैन । पैसा भन्दा अरु केही पनि देख्दैनन् । यसको उदाहरण सुन्दरिप्रतियोयोगितालाई लिन लिन सकिन्छ । कि पुँजिवादले यस्तो बनाईदिएको छ । पैसा भन्दा अरु दुनियाँमा केही पनि छैन । जसको हातमा पैसा छ उसले जे गर्दा पनि हुने एक छत्र राजको नीति आलम्बन गरेको छ ! पूरै शोषण गरेर बसेको छ । यहीँ पुँजिवादले आज बजारमा सुन्दरिप्रतियोगिता जस्ता कुकार्य गरेर नारिको अस्मिता लुट्ने संकृतिलाई खेलैना बनाउने गरेको  छ । अर्को थरी जनवादी कलाकार जसले जनताको सुख दु:खको गीत गाउँछन् । आफ्नो देश धर्ती माटोको गीत गाउँछन् । आफ्नाे देशको संस्कृति स्वाभिमानको गित गाउँछन् । उनी साँस्कृतिक योद्धा जो मालिकको अगाडि आङ्गो नाँच नाच्नेका  विरुद्ध विद्रोह गर्छन् । स्वाभिमान भएर बाँच्ने संगित भर्छन् । धनी र गरिबमा भएको असमानताको विरुद्ध लड्ने गित लेख्छन् । जनतासँगै बसेर जनतासँगै सिकेर जनतालाई नै दिने संस्कृतिको विकास गर्छन् । जनवादी कलाकार मात्र यस्तो कलाकार हो । जसले श्रममा विस्वास गर्छ । श्रममा जीवन देख्छ र जीवनमा श्रम देख्छ । उत्पादनमा भाग लिन्छ । त्यस्तै साँस्कृतिक टिम सामना परिवारको हातमा हर्मोनियम, गिटार, मादल, बासुरी मात्रै हुदैनन् ! साथमा हलो, कुटो, कोदालो, खन्ती, साबेल बेल्चा पनि  हुन्छन । पार्टीका महासचिवले विश्वास दिनुभएको छ । श्रम र समय फर्किदैन । सामना परिवार त्यहीँ कुरामा विश्वस्त र प्रतिबद्ध पनि छ  ।

सामना परिवार र सरकारी दमन :
सामना परिवार देशको कुनै पनि कुनामा कुनै पनि सहरमा जनवादी साँस्कृतिक कार्यक्रम गर्दछ । सामना परिवार वर्ग दृष्टिका हिसाबले सर्वहारा श्रमजीवि वर्गको वकालत गर्दछ । किसान, मजदुर ,दलित, महिला, आदिवासी, जानजाती, मधेसी , सुकुम्बासी, देशभक्त, देशप्रेमीहरुको दु:ख सुखको अथवा उनीहरुको जीवनको गीतसंगीतको सिर्जना गर्दछ । जनताको बिचमा देशले भोगिरहेका समस्याहरु प्रस्तुत गर्दै जनजागरणको लहर सिर्जना गर्दछ । सामना परिवारका थुप्रै जनजागरण तथा सुदृढीकरण अभियानहरु छन  !  पुर्बी मेचीदेखि पश्चिम् महाकालीसम्मका जसले नेपालको रास्टिय राजनितीको आन्दोलनको भुमिकामा आफुलाई स्थापित र समाहित गर्न सफल भयो । त्यहीँ सामना परिवार जसले आज पनि जनताको बिचमा निरन्तर जनताको आवाजमा गाईरयो ! नाचिरहयो । जनतामा आफुलाई समाहित गरिरहयो । जनतामा आशा र विस्वासका सपना बाड्दै हिन्ने सामना परिवार आज यो सत्ताको दमनको सामना गर्दै छ । सामना परिवारको जागरण अभियान सहन नसक्ने यो दलाल पुँजिवादी सत्ताले हाम्रो कलाकारको टिममाथी निरन्तर पुलिस प्रयोग गरेर डन्डा बर्साउने हातपात गर्ने, धम्की देने, जेल कोच्ने, पिट्ने जस्ता अमानवीय ब्यवहार बर्तमान सरकारले गरेको छ ।
जसको उदारहण काभ्रे जिल्लाको बनेपालाई लिन सकिन्छ ! पार्टी केन्द्रिय कार्यक्रम अन्तरगत बन्दलाई सफल पार्न हातमा सडक जेब्राक्रस बनाउन  सामानसहित सडकमा आएका कमरेडहरुलाई पुलिसका सिविल ड्रेसमा आएका भिजिलान्तेहरुलाई प्रयोग गरेर एक्कासी सडकमा कुटपिट गरेर लगेर दिनभरी जेलमा थुनियो । त्यस्तै रुपन्देही जिल्लाको बुटवल बजारमा साँस्कृतिक कार्यक्रम गर्ने उदेश्यसहित हाम्रो टिम बुटवल बजारमा पुग्यो । ब्यानर टासेर सावन्ड तयार गरेर कार्यक्रम सुरु गर्ने समयमा त्यहाँ पुलिसहरु व्यापक हस्तक्षेप गरे हामीलाई शान्तिपूर्ण साँस्कृतिक कार्यक्रम गर्न पनि दिएनन् । कार्यक्रम बन्द गर्न उर्दि दिए ! अर्को ठाउँ गर भनेर हुकुम गरे ! हामि उनले भनेको ठाउँमा गयौं । पछि त्याहाँ पनि आएर हस्तक्षेप गरे ! गर्न नै दिएनन । हामीलाई त अचम्म लाग्यो । नेपाल पुलिस पनि किसान मजदुरको छोरा हामी पनि मजदुरको छोरा हामी त सम्यमित छौँ तर यो पुलिस कस्तो घमण्ड र दम्भ गरेको  होला ! मिलाउन पर्ने ठाउँमा हस्तक्षेपको विधि लाठिको भाषा प्रयोग गर्छन् । कस्ता मुर्खा रहेछ्न भन्ने पनि लाग्यो । पछि हामीलाई त्यहाँ पनि कार्यक्रम गर्न दिईएन । अर्को ठाउँमा  (तेर्सो स्थानमा ) गएर कार्यक्रम सफल पार्यौँ । यस्तै MCC को आन्दोलनमा बानेश्वरमा असुरग्यास देखि पुलिसको डन्डा खाएको सामना परिवार सरकारी दमनका कुनै पनि संडयन्त्रहरुलाई प्रास्त गर्दै पार्टीले सुम्पेको जिम्मेवारीलाई मूल्य चुकाएर पूरा गरेको छ । कुनै पनि मोर्चामा एक इन्च पनि पछि हटेको छैन । बरु क्रान्तिका मोर्चालाई सरल र सफल बनाउन होमेर लागिपरेको छ । यो क्रान्तिकारीपन अझ खारिएर आउने छ । जुझारु र स्पात भएर एकीकृत जनक्रान्तिको सेवक बन्ने छ ।
सामना परिवार र श्रम उत्पादन
बलिदान क्रान्तिका लागि उर्जा हो ! भने श्रम र उत्पादन  मानव जीवन यापनको प्रमुख आधार हो । आजको दुनियाँमा जो मान्छे श्रमसँग जोडिदैन ! उसले जस्तोसुकै क्रान्तिका गुलिया कुरा गरेपनी पानी माथिका फोका जस्तै हुन्छ । आजको नेपालमा क्रान्ति गर्नु छ भने गफले मात्रै अब  सम्भव छैन । बरु यसको ठिक उल्टो जति छिटो  ब्यबहारिकरुपमा लागू गर्दै गयो त्यति छिटो जनताले विस्वास गर्नेछन र क्रान्ति छिट्टै विजय हुन्छ । यसकारण पार्टीका सबै नेता कार्यकर्ता उत्पादन क्षेत्रमा लाग्नुपर्दछ ! श्रममा भाग लिनु पर्दछ । जसले क्रान्तिको मुख्य सेवा गर्छ । पार्टी र  क्रान्तिलाई नै फाइदा हुने गर्दछ । यस्तो पार्टी निर्माण गर्नुपर्दछ । जसले आफ्नु नेता कार्यकर्ता पाल्न कुनै विदेशीको मुख ताक्न नपरोस ! कुनै NGO , INGO सँग हात जोडेर  भिक जसरी मागेर पार्टी चलाउन पर्ने स्थिति नहोस । यसमा सबैभन्दा पढी हाम्रो पार्टी सचेत छ । यसकारण पार्टी नेतृत्वदेखि सबै नेताकार्यकर्ता उत्पादनमा भाग लिन्छन् ! श्रम गर्छन् । सम्भवत : नेपालमा यस्तो कुनै पार्टी छैन जसले आफ्नु उत्पादनमा आफ्ना कार्यकर्ता पालोस । त्यो मात्र हाम्रो पार्टी हो । हाम्रो पार्टीले आफ्नै उत्पादनमा टेकेर क्रान्तिलाई विजयको मंन्जिलमा पुर्याने अठोट गरेको छ । यसको प्रयोग आजैबाट सुरु गरेको छ यसमा सामना परिवार निरन्तर क्रियाशिल छ !  एक्यवद्धता छ ।किसानी काम गर्ने, घरहरु  निर्माण गर्ने अभियानमा हिन्दा जनश्रमलाई प्रथामिकता दिने जस्ता थुप्रै नमुना काम गरेको छ। श्रमलाई पार्टी जिवनमा संकृतिकको रुपमा अझ विकास गर्नु पर्दछ  ! जसले समाजवादको चित्र जनतामा आजबाट देखाउन सुरु गरोस ! र जनतामा पार्टीप्रती विस्वास पैदा गरोस । ! पार्टी नेताकार्यकर्ताले  समय र श्रम उत्पादनलाई खार्दै लिनुपर्दछ । क. •( माओ )भन्नू भएको छ  उत्पादनलाई बढाउ र क्रान्तिलाई समाल : नेपालमा हाम्रो पार्टीले मात्र यसलाई पकडेको छ।
सामना परिवार र साँस्कृतिक कार्यक्रम :
भन्ने गरिन्छ , नेताले गर्ने घन्टौँको भाषण : र कलाकारले दिने एउटा प्रस्तुति गुणात्मक फरक हुने गर्दछ । जनकलाकार सामना परिवार यस्ता अनेकौं दु:ख कष्टको भार उठाउदै निरन्तर जनताको गित गाईरहेको छ  । बिद्रोह, क्रान्ति, मुक्ति, समान र स्वतन्त्रताको पक्षमा आफ्ना आवाज बुलन्द  गरिरहेको छ । परिवर्तनको संघारमा आफू  लम्किरहेको छ । जनतामा आफुलाई समाहित गरिरहएको छ । जनचेतना निर्माण गर्न जनजागरणका अभियानहरु मार्फत जनतामा गएर आफ्ना कुरा सुनाउने आज मेची भोलि महाकाली पर्सि मधेस  हावाको गतिमा घाम पानी, हावा हुरी, तातो चोसो उकालो ओरालो,  केहि नभनी निरन्तर क्रान्तिको पक्षमा एकीकृत जनक्रान्तिलाई नयाँ उचाईमा पुर्याउन सफल पार्न लागिपरेको छ । यस्ता जनवादी साँस्कृतिक कार्यक्रमहरुले जनचेतना मात्रै हैन ! पार्टीमा जनलहरको पनि सिर्जना गरेको छ । पार्टीका सम्पुर्ण कार्यकर्ता यो गति स्पिटमा लाग्ने हो भने साच्चै वैज्ञानिक समाजवादी दुनियाँ धेरै टाडा छैन । तर स्वभाविक रुपमा क्रान्ति सरल र सिधा मार्गबाट हुदैन ! यो त घुम्ती आरोह-अवरोह , भञ्ज्याङ् चौतारी, हाँसो रोदन , क्षेती उपलब्धिका अनेक घुम्तिमा विजय र पराजयको शिखर चुम्दै अगाडि बढ्छ । आजको नेपाली क्रान्ति पनि यो वैज्ञानिक नियम पकड्दै अघि बढिरहेको छ । निरन्तर बढिरहने छ । आम नेपाली जनसमुदाय एकीकृत जनक्रान्तिको झन्डामुनि गोलबन्द बनौँ र वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गरौँ !


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।