१५ बैशाख २०८१, शनिबार

राष्ट्रिय स्वाधिताको प्रधान दुश्मन दलाल पूँजीपति वर्ग हो : प्रकाण्ड

0

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले राष्ट्रिय स्वाधिताको प्रधान दुश्मन दलाल पूँजीपति वर्ग भएको बताएका छन् ।
नेकपासहित ३ कम्युनिस्ट पार्टीद्वारा इटहरीमा शनिबार आयोजित चुनाव खारेजी अभियान अन्तरगत भण्डाफोर सभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन् ।

उनले संविधान दलाल पूँजीपति वर्गको बनेको र देशमा दलाल पूँजीपति वर्गले लोकतन्त्रको नाममा लुटतन्त्र मचाएको आरोप लगाए । उनले भने, “जनताको संविधान हुन पाएन, जनताको सत्ता हुन पाएन, यो लोकतन्त्र होइन, लुटतन्त्र हो । या प्रजान्त्र होइन भ्रष्टतन्त्र हो ।”
२०६२/६३ पछि नेपाली जनतामाथि ठूलो षड्यन्त्र र धोका भएको बताए । दलाल पूँजीपति वर्गको जुठो खाएकाहरूबाट देशको समृद्धि र विकासको आशा गर्नु बेकार भएको पनि स्पष्ट पारे ।

देशको सस्तो श्रमलाई देशको निर्माणमा लगानी गर्नुको सट्टा विदेशमा बेच्ने र नेपाली दिदीबहिनीको अस्मितामाथि खेलवार्ड गर्ने तत्व दलाल पूँजीपति वर्ग भएको बताए । उनले भने, “महिला दिदिबहिनीहरूको श्रम विदेशमा सप्लाई गरेर उहाँहरूको जीवन र अस्मितामाथि खेलवार्ड गर्ने तत्व दलाल पूँजीपति तत्व हो । त्यो तत्वको साशन छ यो देशमा, त्यो तत्व ब्यबस्था हो कथित संघीय लोकतान्त्रिक गणतन्त्र ।”

त्यो राज्य ब्यबस्थाका साशकहरूले राजनीतिक ब्यबस्था र आर्थिक ब्यबस्था दलाल पूँजीपति वर्गलाई सुम्पेर देशको अस्मितामाथि लुट मचाएको ठोकुवा गरे ।
प्रवक्ता प्रकाण्डले, पुराना पार्टीहरू काँग्रेस र एमालेलाई देशको समृद्धि गर्न कसले रोक्यो भनेर प्रश्न पनि गरे । उनले भने, देशको इतिहासमा सबैभन्दा बढि साशनसत्ता संचालन काँग्रेस र एमालेलाई परिवर्तन र समृद्धिको लागि कसले रोक्यो ? दलाल पूँजीवादी वर्गको सत्ता नेपालमा रहुन्जेल राष्ट्रले मुक्ति नपाउने बताए ।

नेकपालगायत ३ क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले आसन्न ४ मंसीरमा हुने संघ र प्रदेश प्रतिनीधिसभा सदस्यको चुनाव खारेजी अभियान सञ्चालन गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।