१२ बैशाख २०८१, बुधबार

बाबियाको बस्ति नै जोखिममा पारी भैरहेको ढुङ्गा उत्खनन तत्काल रोक्न नेकपाको माग

0

काठमाडौँ: ललितपुरको गोदावरी ७ बाबिया गाउँको देविचौर बस्ती पूरै पहिरोको जोखिममा पर्ने गरी भैरहेको ढुङ्गा उत्खनन कार्य तत्काल रोक्न नेपाल कम्युनिस्ट पार्टी ललितपुरले माग गरेको छ ।
बुधबार एक प्रेस वक्तव्य जारी गर्दै ७६ घरधुरी रहेको बस्ती उठिबास लगाउने गरी भैरहेको ढुङ्गा उत्खनन रोकी पीडित बस्तीको रक्षा गर्न माग गरिएको छ ।
वक्तव्यमा क्वालिटी रोडा ढुङ्गा उद्योग प्रा.लि., सजिलो ढुङ्गा उद्योग प्रा.लि., मछिन्द्र ढुङ्गा उद्योग प्रा.लि., बहुबली ढुङ्गा उद्योग प्रा.लि., शान्ति गणेश ढुङ्गा उद्योग प्रा.लि. र जय बुद्ध ढुङ्गा उद्योग प्रा.लि. ले ५ बर्षदेखि अवैध रूपमा ढुङ्गा निकासी गरिरहेको कुरा उल्लेख गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला इन्चार्ज एबं नेकपा पोलिट ब्युरो सदस्य हितमान र नेकपा ललितपुरका सचिव ललितद्वारा हस्ताक्षरित वक्तव्यमा यस्तो कार्य तत्काल रोक्न सम्पूर्ण सरोकावाला पक्षलाई आग्रह गर्दै उक्त कार्य तत्काल नरोकिए जनतासंग आफ्नो पार्टी पनि संघर्षमा जाने चेतावनी समेत दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।