२३ बैशाख २०८१, आईतवार

आत्मदाह दलाल राज्यसत्ताको उपज हो, सबै युवा विद्रोह गर्न तयार हौँ- नेकपा

0

काठमाडौं बानेश्वर स्थित संघीय संसद भवन अगाडि आत्मदाह गरेका इलामका युवा व्यवसायी प्रेमप्रसाद आचार्यको दुखद घटनाप्रति नेकपा इलामले गम्भीर ध्यानाकर्षण सहित श्रद्धाञ्जली अर्पण गरेको छ।

हिजो मिति २०७९ माघ १० गते काठमाडौं बानेश्वर स्थित संघिय संसद भवन अगाडि ईलामका युवा उद्यमी प्रेम प्रसाद आचार्यले आफैलाई आगोले जलाई आत्मदाह गरेका थिए।

वर्तमान राज्य व्यवस्थाको चरम संकटको उपजको रुपमा जन्मिएका यस्ता हृदयविदारक दृश्य देखिनुका पछाडी विभिन्न कारण उल्लेख गर्दै नेपाल कम्युनिस्ट पार्टी इलामले आम नेपाली युवालाई आत्मदाहको बाटो लिन भन्दा विद्रोहको राँको बोक्न समेत अपिल गरेको छ।

वर्तमान उत्पादन प्रणाली र बजारिकरणको दुर्दशा, बिचौलियाहरुको बिगबिगी र प्रभाव, सरकारको लाचारिपन र दलाल राज्य व्यवस्थाको चरम संकटका कारण आत्मदाहको बाटो समात्न पुगेका युवा उधमी प्रेम प्रसाद आचार्य प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै आम नेपाली युवाहरुलाई आत्मदाहको बाटो लिनु भन्दा विद्रोहको रांको बालेर संसद भवन भित्र हुत्याईदिएर यो देशको बिधमान व्यवस्था र यसका खराब संचालकहरुलाई जलाएर खरानी बनाईदिने बाटो रोज्न समेत नेकपाले अपिल गरेको छ ।

जिल्ला इन्चार्ज सुमन सीले आज प्रेस विज्ञप्ति जारी गर्दै एकीकृत जनक्रान्तिको फराकिलो राजमार्गमा समाहित हुन र आत्मदाह होइन सचेत विद्रोहको बाटोमा लामबद्ध हुन पनि विशेष अपिल गरेका छन्, ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।