१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लव बीच भेटवार्ता

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका ७:३० बजे भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा देशको पछिल्लो संकटपर्ण राजनीतिक परिस्थिति , नेपालको कम्युनिस्ट आन्दोलनको धुर्विकरणको आबश्यकता र सरकार नेकपा बीच भएको तीन बुँदे सहमति अनुसार बन्दीहरुको रिहाई र मुद्दाहरू फिर्ता गर्नेबारे कुराकानी भएको बताइएको छ।

सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले राजनीतिक बन्दीहरुको रिहाई र मुद्दा खारेज गर्ने राजनीतिक र कानुनी प्रक्रिया अगाडि बढाउन सरकार सकारात्मक रहेको र छिट्टै पहल गर्ने बताएका छन् ।

आइतबार भएको भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रवक्ता प्रकाण्ड र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा समेत सहभागी थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।