१२ बैशाख २०८१, बुधबार

ठग, लघुवित्त र मिटरब्याजेलाई कार्वाही गर्ने नेकपा प्यूठानको निर्णय

0

 

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति प्युठानले चर्काे ब्याज असुल्ने बैँक तथा नागरिककाे उठिबास लगाउने लघुवित्त र मिटरब्याजेलाई जनकार्वाही गर्ने निर्णय गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदर, मिटर ब्याज र भ्रष्टाचारले नगरिकहरु आतंकित,भयभीत र पीडित भएको भन्दै आज सम्पन्न नेकपा प्युठानको तेस्रो बैठकले यस्तो निर्णय गरेको हो ।

तेस्राे बैठकले फागुन ५ गते चर्काे बैंक व्याजदर र मिटर व्याजका विरुद्ध प्रदर्शन गर्ने, फागुन १५ गते चर्काे मूल्य वृद्धिका विरुद्ध जनप्रदर्शन गर्ने, फागुन १५ देखि २५ गतेसम्म मिटर व्याजी, लघुवित्त र बैंककाे चर्काे व्याजदरका विरुद्व जनकार्वाही गर्ने, गुणस्तर परिक्षण नगरी आयत गरिने भारतीय कृषिजन्य वस्तुका विरुद्ध नाकामा प्रदर्शन गर्ने, समाजमा बढिरहेकाे अनियन्त्रित मदिरापान, लागूऔषध दुर्व्यसनि, जुवातास र भ्रष्टाचार तथा सामाजिक विकृतिका विरुद्ध संघर्ष गर्ने निर्णय गरेकाे नेकपा प्यूठानका इन्चार्ज जागृती सी ले बताए ।

त्यस्तै फाल्गुन १ गते जनयूद्व दिवसकाे अवसरमा विभिन्न रचनात्मक कार्यक्रमको रुपमा जेष्ठ कम्यूनिष्ट, जेष्ठ नागरिक, जनयुद्वका शहिद परिवार, घाइते तथा अपांग याेद्धा र वेपत्ता परिवारलाई अभिनन्दन गर्ने, खेलकुद, हाजिरी जवाफ प्रतियोगिता, कविता वाचन, लाेकदाेहरी, एकल नृत्य लगाएतका कार्यक्रमहरु पनि गर्ने निर्णय गरिएको जानकारी दिइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी प्युठानको तेस्रो बैठकमा नेकपा पाेलिट ब्युराे सदस्य तथा पश्चिम लुम्बिनी ब्युराे इन्चार्ज सञ्जीव सी ले पार्टीका नेता तथा कार्यकर्तालाई जनतामा गई जनताको आधारभुत समस्यासँग एकाकार हुन र जनताका समस्या समाधान गर्न सहयाेगी भूमिका खेल्न निर्देशन दिदै नेपालमा दलाल संसदिय व्यवस्था असफल भइसकेकाेले अबकाे एक मात्र विकल्प भनेकाे एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु भएकाे बताएका छन् ।

प्युठानस्थित जिल्ला सदरमुकाममा भएको बैठकमा नेकपा प्यूठानका सेक्रेटरी परिवर्तन सी र प्रमुख अतिथि एवम् पोलिट ब्युरो सदस्य सञ्जीव सी, केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज जागृती सीसहित जिल्ला स्तरीय नेताहरुको सहभागिता रहेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।