१३ बैशाख २०८१, बिहीबार

यस्तो छआजको फलफूल तथा तरकारीको मुल्य

0

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको  मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार आज कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अङ्गुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवी ३५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, केरा दर्जनको १५० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली १८ रुपैयाँ, कागती १४० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम गरिएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, कन्या च्याउ  १४० रुपैयाँ, डल्ले च्याउ ३२० रुपैयाँ, तितो करेला १५० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, रायो र जिरा सागको ४० रुपैयाँ, चमसुर, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँमा विक्री भइरहेको समितिले जनाएको छ । 

यसैगरी छ्यापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरियो ८० रुपैयाँ, भारतीय सुकेको प्याज ३८ रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ, नेपाली सुकेको लसुन ८० र हरियो लसुन ७० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदिना ५०० रुपैयाँ र हरियो धनियाँ ४० रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।