१३ बैशाख २०८१, बिहीबार

श्रमिक समुदाय मोर्चा नेपालले छुवाछूत र विभेद विरुद्ध अभियान चलाउने

0

सुनसरी / श्रमिक समुदाय मोर्चा, नेपालले छुवाछूत र विभेद विरुद्ध सशक्त संघर्ष गर्न देशब्यापी अभियान चलाउने निर्णय गरेको छ। पुर्वको सुनसरीस्थित धरानमा सम्पन्न मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण बैठकले छुवाछूत र विभेद विरुद्ध सचेतनामुलक कार्यक्रम सहित छुवाछूत गर्ने उपर प्रतिकार संघर्ष गर्न यस्तो निर्णय गरेको हो ।

संघर्षको ६ महिने अभियानका क्रममा श्रमिक समुदायको अपमानजनक नाम, थर परिवर्तन कार्यलाई तीव्रता दिने ,श्रमिक समुदायको लागि राज्यले अगाडि सारेका सेवा – सुविधा हिनामिना र अनियमितता हुन नदिनको निम्ति जागरणमूलक कार्यक्रमहरु देशभर सञ्चालन गर्ने, लघुवित्त र मिटर ब्याजका कारण देशभर विशेषगरी श्रमिक समुदायहरु घरबारविहिन हुने अवस्था सिर्जना हुँदै गएकोले त्यस विरुद्ध जनसंघर्ष गर्ने निर्णय समेत बैठकले गरेको छ।

बिहिवार सम्पन्न भएको बैठकले देशभरका २१ वटा नयाँ ब्युरो संरचना निर्माण गरी इन्चार्ज र संयोजकहरु समेत तोकेको छ । जसअनुरुप मेची, कोशी, सगरमाथा ब्युरोमा मोर्चाका महासचिव त्रिलोचन सी, पूर्वी जनकपुर, पश्चिम जनकपुर ब्युरोमा सचिव रामकुमार सी, उपत्यका, पुर्वी तामसालिङ ,पश्चिम ताम्सालिङ ब्युरोमा सचिवालय सदस्य पदम सी, पूर्वी लुम्बिनी ब्युरोमा कोषाध्यक्ष जानकी सी, पश्चिम लुम्बिनी र राप्ती ब्युरोमा सचिवालय सदस्य टिकाराम सी र गण्डक, धौलागिरी, नारायणी, कर्णाली, सेती महाकाली ब्युरोमा सचिव उमेश सी इन्चार्ज रहने निर्णय गरिएको छ । सोही अनुसार संयोजकहरु समेत तोकिएको छ ।

यस्तै , बैठकले विभिन्न जिल्लाबाट ८ जनालाई केन्द्रीय सदस्यमा थप गरेको छ । देशभर वडा र टोलस्तरसम्म कमिटी निर्माण गर्ने र सदस्यता थप गर्ने ,नविकरण गर्ने कार्य ६ महिनाभित्र सम्पन्न गर्ने निर्णय समेत बैठकले गरेको जानकारी मोर्चाका अध्यक्ष रामलाल सीले दिएका छन ।

अध्यक्ष रामलाल सी को अध्यक्षतामा भएको चौथो बैठकले मोर्चालाई आत्मनिर्भर बनाउनका निम्ति सबै ब्युरोमा उत्पादनको कार्य सञ्चालन गर्ने निर्णय गरेको छ भने कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य तथा बैठकका प्रमुख अतिथि दिपेश सीले श्रमिक समुदाय लगायत सबै उत्पीडित वर्ग , क्षेत्र, लिंग र समुदायको मुक्ति विद्यमान व्यवस्था अन्तर्गत हुन नसक्ने भएको भन्दै श्रमिक समुदाय मोर्चा नेपालले अव बैज्ञानिक समाजवादी क्रान्तिका लागि योगदान गर्नुपर्ने बेला आएको बताए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।