१६ चैत्र २०८०, शुक्रबार

अहिलेको स्ववियु चुनावमा बोरामा पैसा बोकेर जित्न दिइने छैन : नेता प्रकाश

0

फागुन ९ -दाङ । अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश सीले आगामी चैत ५ गते हुने स्ववियु चुनावमा बोरामा पैसा बोकेर जित्ने कसैले सोचेको छ भने संगठनले धावा बोल्ने चेतावनी दिएका छन् ।
आज घोराहीमा अखिल (क्रान्तिकारी)को दाङ जिल्ला समितीको विस्तारित बैठक तथा स्ववियु बिशेष प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता प्रकाश सीले उक्त चेतावनी दिएका हुन् ।

हामी सरकारलाई पनि ध्यानाकर्षण गराउन चाहान्छौ , उनले भने – ‘अहिलेको स्ववियुपनि धादली गरेर बोरामा पैसा भरेर जित्ने कसैले सोचेको छ भने क्रान्तिकारी संगठनको हुनुको नाताले हाम्रो संगठनले धावा बोल्छ । हामी कुनैपनी हालतमा स्ववियु चाहान्छौ तर भयरहित , मर्यादित , स्वतन्त्र , निस्पक्ष र पार्दर्शी ढंगले स्ववियु तोकिएकै मितिमा हुनुपर्छ ।’

यो निर्वाचन हाम्रो लागि अग्निपरिक्षा हुनेछ । आम युवा बिद्यार्थीको मुद्दा , नेपाली श्रमिक जनताका छोराछोरीको मुद्दा  , आम जनताका मुद्दाको हिसाबले यो निर्वाचनमा होमिनुपर्छ , नेता प्रकाश सीले फेरि भने – ‘ इतिहासमा स्ववियुले गौरवपुर्ण इतिहास निर्माण गर्यो तर पछिल्लो समयमा स्ववियु राजनीतिक ठेक्कापट्टा , र गुण्डागर्दी गर्ने थलो जस्तो भएको छ जो निकै दुखद पक्ष हो ।’

क्याम्पसलाई दलिय भागबन्डाबाट मुक्त गर्ने , जनताका छोराछोरी पढ्ने आंगिक क्याम्पसलाई लथालिङ्ग बनाएर आफ्ना निजि कलेजहरु संचालन गरेर मुनाफा कमाउनेका विरुद्ध , निकम्मा मान्छे जन्माउने बिश्वबिद्धालय , बेरोजगार उत्पादन गर्ने बिश्वबिधालयका विरुद्धका एजेन्डा लिएर बिगतमा भएको निरन्तरलाई क्रमभंग गर्न स्ववियु चुनावमा संगठन होमिनुपर्ने नेता प्रकाशले बताएका थिए ।

बिश्वबिद्धालयमा भर्ना , पाठ्यक्रम , बिद्यार्थीको सहभागीता र उपादेयता शून्य रहेको स्थिति समेतलाइ लिएर संगठन बिद्यार्थिको बिचमा जान नेता प्रकाशले निर्देशन दिएका थिए ।

उनले थपे – ‘ यो देश हामिले बिगारेका होइनौं । देश बिगारेको शुन्य प्रतिशत पनि हाम्रो हिस्सामा पर्दैन । हामी त निरन्तर दलालहरुले बिगारेको देश बनाउन दिनरात खटिरहेका छौँ । यो देशको यस्तो हालत अहिलेका संसदवादी दल र तिनका भातृसंगठनले ध्वस्त बनाएका हुन् ,त्यसैले यहीँ एजेन्डामा हामिलाइ युवा बिद्यार्थीले स्ववियुमा बिजयी बनाएरै छाड्नेछन ।’

स्ववियु निर्वाचन निरन्तर नहुदा अहिले केही चटके , जोकरहरु राजनीतिक फिल्डमा आएका छन् , उनले भने ‘ उनिहरुसंग न कुनै राजनीतिक भिजन छ न कुनै एजेन्डा छ । ठुलो भिड देखाएर चर्को भाषण गरेर मान्छेलाइ भ्रमित पारिरहेका छन् । सस्तो लोकप्रियताका लागि होहल्ला गरेर हिड्ने मान्छेलाइ नेता मानिदैछ । त्यसैले अब हामी सहि बिचार र दृस्ठिकोणद्वारा निर्देशित हुने नेता उत्पादनका लागि स्ववियुको व्यापक तयारीमा जुट्नुपर्छ । हामी खराबीका विरुद्धमा बोलौ , भण्डाफोर गरौं । “

नियोजित ढंगले नेपाल देशलाइ आर्थिक हिसाबले टाट पल्टाउने एउटा गिरोह लागिरहेको नेता प्रकाशको भनाइ थियो ।

नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीको प्रमुख आतिथ्य सम्पन्न स्ववियु बिशेष प्रशिक्षण तथा संयुक्त दाङ जिल्ला समितिको विस्तारित बैठकमा अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश सी , नेकपा पुर्वी दाङका सचिव जनक सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य द्वय हेमन्त प्रकाश सी र जंग सीको आतिथ्य रहेको थियो ।

अखिल(क्रान्तिकारी) दाङका उपाध्यक्ष दिपक सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा पुर्वी दाङका सचिव जनक सीले शुभकामना मन्तव्य राखेका थिए भने प्रशिक्षणात्मक मन्तव्य पार्टीका राप्ती ब्युरो इन्चार्ज सविन सी र संगठनका केन्द्रीय अध्यक्ष प्रकाश सीले व्यक्त गरेका थिए ।

स्ववियु बिशेष प्रशिक्षण तथा संयुक्त दाङ जिल्ला समितिको विस्तारित बैठकको अध्यक्षता एवम संचालन संगठनका जिल्ला अध्यक्ष खुमन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।