१४ बैशाख २०८१, शुक्रबार

अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा महङ्गी, शैक्षिक माफिया विरुद्ध प्रदर्शन

0

मकवानपुर: अखिल (क्रान्तिकारी) मकवानपुरले आज हेटौंडामा र्‍याली सहितको विरोध प्रदर्शन गरेको छ । जिल्ला संगठनको उपस्थितिमा अखिल (क्रान्तिकारी) हेटौंडा क्याम्पस इकाई पहलमा गरेको कार्यक्रममा संगठनका केन्द्रिय सचिवालय सदस्य तथा नारायणी व्युरो इन्चार्ज विवेक सी र जिल्ला अध्यक्ष सुर्य सीको उपस्थिति रहेको थियो ।

संगठनले महंगी, कालोबजारी, भ्रष्टाचार, शैक्षिक माफिया, वित्तीय संस्था र मिटर ब्याजीको ज्यादती विरुद्ध विरोध प्रदर्शन गरेको हो । हेटौंडा क्याम्पसबाट निस्केको र्‍याली स्कुलरोड, सिमाचोक हुँदै बुद्धचोकसम्म पुगेको हो । बुद्धचोकमा पुगि कोणसभा गर्दै अखिल (क्रान्तिकारी) ले देशमा व्याप्त महंगी, कालोबजारी, चर्को बैंक ब्याजदर नियन्त्रण गर्न माग गरेको छ । साथै नेपालको संविधानमा लेखिएको मावि तहसम्मको निशुल्क शिक्षा लागू गर्दै शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्न र शैक्षिक माफिया र मिटर ब्याजिहरुलाई कार्वाही गर्न समेत माग गरेको छ ।

कोणसभा कार्यक्रमको सम्बोधन गर्दै विवेक सीले देशमा उत्पन्न भएका जटिल समस्याको समाधान तर्फ राज्यको ध्यानाकर्षण नभएको भन्दै तत्काल समस्याको समाधान गर्न माग गरेका छन् । अन्यथा अखिल (क्रान्तिकारी) ले आफ्नो अनुकूलतामा संघर्षको काम अघि बढाउन बाध्य हुने चेतावनी पनि दिएका छन् । कार्यक्रमको सन्चालन अखिल (क्रान्तिकारी) मकवानपुरका जिल्ला सह सचीव सुबास सीले गरेका हुन् ।

महंगी, कालोबजारी, चर्को बैंक ब्याजदर र मिटर ब्याजिबाट विद्यार्थी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मारमा परिरहेको हुन्छ । शैक्षिक माफिया र शैक्षिक व्यापारीकरणको कारण विद्यार्थी गुणस्तरीय शिक्षाबाट बन्चित हुन बाध्य भइराखेका छन् । त्यसकारण यी तमाम समस्याहरुको तत्काल समाधान गर्न माग गर्दै अखिल (क्रान्तिकारी) ले प्रदर्शन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।