८ बैशाख २०८१, शनिबार

नेकपा पूर्वी अछामद्धारा सहिद परिवारलाई सम्मान

0

२० फागुन,अछाम /नेपाल कम्युनिस्ट पार्टी पुर्वी अछामले जनयुद्धमा सहिद भएका परिवारजनलाई सम्मान गरेको छ ।
जनयुद्धको सहिद सप्ताह कार्यक्रमको अवसरमा नेकपाले सहिद परिवारजनहरुलाई शनिवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

जनयुद्धको समयमा बिनायकमा भईरहेको शान्तिपूर्ण जनसभामा तत्कालिन सरकारका सुरक्षा कर्मीहरुले हवाई आक्रमण गर्दा प्रभुनाथ रिमाल लगायतका ६ जना सहिद भएका थिए । सहिद रिमाल लगायतका सहिद परिवारलाई नेकपाले सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा नेपाल कम्युनिस्ट पाटीका केन्द्रीय प्रतिनिधि समितिका सदस्य तथा पूर्वी अछाम जिल्ला सचिव लोकेन्द्र सीले देश र जनताको लागि रगत पसिना बगाएर आफनो जीवन समर्पण गर्ने व्यक्तिलाई सहिद घोषणा गरिनु पर्ने वताए ।

सचिव लोकेन्द्रले सहिदहरूले देखेको सपना पुरा गर्न नेपाल कम्युनिष्ट पार्टी प्रतिवद्ध रहेको वताए ।

कार्यक्रममा नेपाली कांङ्ग्रेसका वडा सभापति कृष्ण रिमाल ,नेकपा एमालेका गाउँ कमिटी सदस्य बिष्णुराम जैसी, समाजसेवी प्रभुनाथ जैसी, वडा न.१ का सचिव नविन रिमाल लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।