१६ चैत्र २०८०, शुक्रबार

सहिद परिवारको घरघरमा रुख रोप्दै नेकपा स्याङजा

0

स्याङ्जा: नेपाल कम्युनिष्ट पार्टी स्याङजाले सहिद सप्ताहको अवसर पारी सहिद परिवारको घरमा पुगि फलफूलको विरुवा हस्तान्तरणसहित वृक्षारोपण गरिरहेको छ ।
स्याङजामा सहिद तथा बेपत्ताका परिवारलाई सहिदको सम्झना गर्दै आँप, लिचि, धुपी सल्ला लगायतको बिरुवाहरु सहिदको घरमा पुगि परिवारसहित पार्टी नेता तथा कार्यकर्ताहरु आफैले रोप्ने र पानी हाल्ने गरिरहेको छ ।
पार्टीको केन्द्रीय नीति बमोजिम हरेक सहिद परिवारको घरमा एक फलफूलको बिरुवा एक जडीबुटीको बिरुवा र एक फूलजन्य बिरुवा हस्तान्तरण गरिने कार्यक्रम अन्तरगर्त झण्डै १ दर्जनबढी बिरुवा रोप्ने काम भैसकेको र बाँकी सहिद परिवारको घरमा समेत पुग्ने जिल्ला सेक्रेटरी सागरले जानकारी दिए। स्याङजामा जनयुद्दमा ५२ जना सहिद भएका थिए भने ५ जना बेपत्ता भएका थिए । नेकपाले पहिलो सहिद दिलबहादुर रम्तेल मारिएको दिन फागुन १४ देखि २१ गतेसम्म सप्ताहब्यापी कार्यक्रम गर्दै आएको छ ।
अन्य सहिद सप्ताहमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने र प्रमाणपत्रले सम्मान गर्ने गरेपनि यसपटक सहिद परिवारको घरमै पुगि पारिवारिक अवस्था र राजनीतिक परिघटनाबारे सहिद परिवारको गुनासो सुन्दै सल्लाह र सुझाव लिएर कार्यक्रम गर्दा पार्टी जनताकोमा पुगेको महसुस गरेको नेकपाका जिल्ला नेता सङ्हर्षले बताए ।
पार्टीप्रति गुनासो एवं सहिद परिवारलाई उचित व्यवस्थापन र सहयोग नभएको भन्दै कतिपय सहिद परिवारले गुनासो समेत गरेका थिए । सहिद ओम प्रसाद भुषालकी छोरी सिर्जना भुषालले सहिद परिवारलाई व्यवस्थापन गर्न पार्टीले वेवास्ता गरेको गुनासो गरिन । त्यस्तै सत्ताधारी पार्टीले सहिद परिवारलाई उचित सहयोग नगरेको र सहिदका सपना पूरा गर्न सबै माओवादीहरु एकजुट हुनुपर्नेमा फुटेकोले निरास बनाएको सहिद चुडामणी पराजुलीकी आमा हेममाया पराजुलीले बताउनुभयो । “अरु बेला एउटा प्रमाणपत्र पाईथ्यो, त्यही लिन नी कहाँ कहाँ गएर भाषण सुन्नपर्थ्यो तर यसपटक विप्लव पार्टीले घरमै आएर छोराको नाममा बिरुवा लगाईदिदा निकै खुसी लाग्यो ” सहिद कमल पौडेलेका बुवाले भने ।
नेकपाले पार्टी कार्यालय एव शहिद स्मृती भवनमा समेत रुख र फूल रोपेको छ । नेकपाले सबै सहिद परिवारलाई रुख बिरुवा एव अन्य कृषिजन्य सामाग्री एवं बिउहरु उपलब्ध गराउने योजना रहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।