२० बैशाख २०८१, बिहीबार

सुर्खेतका माओवादी नेता डायमण्डराज पुरुष नेकपामा समाहित

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका पुर्व राज्यसमिति सदस्य एवम सुर्खेतका युवा नेता डायमण्डराज पुरुष नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन।नेपाल कम्युनिस्ट पार्टीको बुद्दनगर स्थित कार्यालयमा आज सम्पन्न एक कार्यक्रम बिच महासचिव विप्लवले उनलाई स्वागत गरेका हुन।

सशस्त्र प्रहरी वलबाट २०६४ सालमा विद्रोह गरि माओवादीमा समाहित हुनुभएका उहाँ प्रचण्ड नेतृत्वको पार्टीको विचार र कार्यदिशाप्रति असहमति जनाउँदै लामो समयदेखि स्वतन्त्र रहँदै आएका थिए।

नेकपाको एकीकृत जनक्रान्तिको कार्यदिशालाई नजिकबाट नियालीरहनु भएका पुरुष नेकपाको नेतृत्व र कार्यदिशाले मात्रै देश र जनताको समस्या समाधान गर्न सक्ने निश्कर्ष सहित पार्टी प्रवेश गर्नुभएको हो ।

महासचिव विप्लवले सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट, देशभक्त एवं प्रगतिशील -लोकतान्त्रिक शक्तिहरु एकताबद्ध भएर वर्तमान दलाल संसदीय व्यवस्थाको संकटलाई समाधान गर्न र वैज्ञानिक समाजवाद प्राप्ति आजको आवश्यकता भएकाले यस अभियानमा उहाँको महत्त्वपूर्ण भूमिका हुने भन्दै स्वागत गरेका थिए।

कार्यक्रममा पार्टी स्थायी समिति सदस्य शिलु सी पार्टी केन्द्रीय सदस्यहरु रामलाल सी, अडिग सी र नरेन्द्र लगायतका नेताहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।