१२ बैशाख २०८१, बुधबार

प्युठानमा नेकपा निकट विद्यार्थी नेताहरु सर्वसम्मत निर्वाचित हुँदै

को को भए निर्वाचित ?

0

प्युठान , फाल्गुन २९ /बैज्ञानिक , व्यवहारिक र सर्बशुलभ शिक्षाकाे एजेण्डा बाेकि स्ववियू निर्वाचनमा हाेमिएकाे नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका नेताहरु सर्वसम्मत निर्वाचित भएका छन ।

निर्वािचत हुनेमा जिल्लाकै प्रमुख र सबैभन्दा पुरानाे क्याम्पस बिजुवार , पुण्यखाेला स्थित स्वर्गद्वारी बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको तर्फबाट उप सभापती पदमा गगन गिरी , इकाइ कमिटिका सचिव यमा  पुन मगर स्ववियु सहसचिवमा निर्वाचित  भएका छन् ।

त्यस्तै झिमरुक क्याम्पस वाग्दुलामा इकाइ कमिटि अध्यक्ष कमल राेका उप सभापती पदमा, अमर क्याम्पस भिंग्रीमा इकाइ कमिटिका अध्यक्ष सिर्जना भुसाल स्ववियू सह सचिवमा र सदस्यमा विन्दु परियार सवर्सम्मत निर्वाचित भएका छन् ।

त्रिभुवन विश्वविध्यालय अन्तर्गत स्वतन्त्र विध्यार्थी यूनियन निर्वाचनकाे मिति चैत्र ५ गते घाेषणा भए संगै विध्यार्थीकाे उत्साहजनक सहभागिता देखिएकाे छ । जिल्लाकाे ५ ओटा क्याम्पसहरुमा मनाेनयन दर्ता संगै दलगत भातृ संगठनहरु बिच सहकार्यकाे वातावरण सिर्जना गर्दै विध्यार्थी नेताहरु सर्बसम्मत निर्वाचित हुने क्रम पनि बढिरहेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।