१५ बैशाख २०८१, शनिबार

युवा संगठन नेपाल उत्तर कर्णालीद्वारा भ्रष्टाचारी र लघुवित्तलाई जनकार्बाही गर्ने निर्णय

0

फागुन ३० जुम्ला /नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको उत्तर कर्णाली ब्युरोले भ्रष्टचार, कमिशन, महङ्गी, कालोबजारी र लघुवित्तकाे चर्काे शाेषण, लागूऔषध लगायत सामाजिक विकृतिका विरूद्व भण्डाफाेर र जनकारबाही गर्ने निर्णय गरेको छ ।

मंगलबार जुम्लाको खलङ्गामा बसेकाे बैठकले यस्तो निर्णय गरेको हाे । बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा पनि सशक्त संघर्ष गर्ने निर्णयहरु गरेको छ ।

बैठकमा उत्तर कर्णाली ब्युरो अन्तरगतका सबै जिल्लाले आ-आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ गरेका थिए ।

बैठकलाई सम्बाेधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा उत्तर कर्णाली ब्युरो इन्चार्ज संगम सीले दलाल पुँजीवादले युवाहरुलाई विभिन्न कुलत र गलत धन्दाहरुमा फसाउने गरेको भन्दै त्यस्ता कार्यबाट युवाहरुलाई बचाउने जिम्मेवारी युवा संगठन नेपालको रहेको बताए ।

उनले युवा संगठनले आगामी दिनहरुमा लिने निर्णयहरु युवा मुखी र जनस्तरमा रहेका युवाहरुको मर्म भावना बुझ्ने हुनुपर्नेमा जाेड दिए ।

बैठकमा बाेल्दै युवा संगठन नेपालका केन्द्रीय सचिव विश्लेषण सीले रास्ट्रिय स्वाधीनताको रक्षा र युवाहरुको वैज्ञानिक व्यवस्थापन दलाल संसदीय व्यवस्थाले गर्न नसक्ने भन्दै त्यसका लागि युवाहरुले एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापनाका लागि गाउँ, नगरहरुमा युवाहरु संगठनमा आवद्ध र संगठित गर्नु पर्ने बताए।

बैठकको अध्यक्षता उत्तर कर्णाली ब्युरो इन्चार्ज प्रेरणा सीकाे रहेको थियो भने जुम्ला जिल्ला सेक्रेटरी सफल सी, अनेम संघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा उत्तर कर्णाली ब्युरो इन्चार्ज सभ्यता सी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य रमेश सी लगायतका अतिथिको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।