१५ बैशाख २०८१, शनिबार

सञ्चालनमा आयो ‘सी रेड मग एण्ड भान्सा घर’

0

झापा: झापाको दमकमा सी रेड मग एण्ड भान्सा घर संचालनमा आएको छ । बिहीबार नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सी र दमकका युवा उद्यमी बिन्दु सिटौला लक्कीले संयुक्त रुपमा रिबन काटेर भान्सा घर उद्घाटन गरेका छन् । 

शुद्ध अर्गानिक नेपाली खाना सस्तो मुल्यमा खुवाउने उदेश्यले भान्सा घर संचालनमा ल्याइएको छ । सर्वसाधारण मजदुरदेखि बिजिनेस क्लासलाई समेत खाना खुवाउने सेवा प्रदान गर्ने उदेश्यले संचालनमा ल्याइएको भान्सा घर युवा संगठन नेपालका झापा जिल्ला संयोजक सविनको नेतृत्वमा र नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोको संरक्षकत्वमा  संचालन हुने नेकपा झापाका सचिव सञ्जयले बताए । 

उद्घाटन कार्यक्रममा बोल्दै सुमनसिंह सीले राजनीतिले जनतालाई गरेर खान सिकाउने बताए । उनले जनतालाई उत्पादन र आर्थिक कारोबारसँग जोडेर जीवन समृद्ध गर्न सिकाउन सहयोग गर्नुपर्ने बताए । सुमनसिंह सी ले लगानीकर्ताको सहकार्यमा पार्टीले उत्पादनको कामलाई व्यापक बनाउँदै लैजाने बताउँदै आफ्नो पार्टीसँग सहकार्य गरेर व्यवसाय गर्न सबै इमानदार व्यवसायीलाई अनुरोध पनि गरे ।  उनले सबै नागरिकलाई सर्वशुलभ रुपमा गुणस्तरीय खाना खुवाउने उदेश्यले संचालनमा ल्याइएको भान्सा घरलाई सबै इमानदारहरुले सहयोग गर्ने अपेक्षा राखेको समेत बताउँदै सफलताको शुभकामना व्यक्त गरेका छन् । 

कार्यक्रममा व्यवसायी बिन्दु सिटौलाले यो भान्सा घर संचालनमा आउँदा आफुलाई धेरै खुसी लागेको बताइन् । उनले यतिबेला देश नै आर्थिक संकटको चपेटामा फसेको बेला सबै हिसाबले नागरिकहरुलाई सहयोग पुग्ने स्तरबाट यो पहल हुनुले दमक क्षेत्रकै इज्जत बढेको बताइन् । युवाहरुले यसरी उद्यमी बन्न प्रयत्न गर्नु यो राष्ट्रकै हितमा भएको भनाइ राख्दै सफलताको शुभकामना व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्लाका इन्चार्ज प्रशान्त सी, युवा संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष सुवास सी, उद्योग व्यापार संघका केन्द्रिय सदस्य सन्तोस सी, जनसांस्कृतिक महासंघका केन्द्रीय सचिव सरल सी को उपस्थिति रहेको थियो । कार्यक्रमको संचलन नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला सचिव सञ्जय सी ले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।