७ बैशाख २०८१, शुक्रबार

विभेद र विभाजन विरुद्ध”सी”जातिको निर्माण                               

1

२५ असोज २०७९ नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशन कपिलवस्तु  जिल्लाको शिबगढीमा पार्टी केन्द्रिय कार्यलयको प्राङ्गणमा  जनता र कार्यकर्ताको बीचमा महासचिव कमरेड बिप्लवले ड्रोनमा ब्यानर  उडाएर उदघाटन गर्नु भयो ।

धोजापतकाले सजिएको मञ्च  रातै झन्डा ब्यानरले सजिएको छ। जनसेवकको टुकुडिले मार्च पास गर्दै अतिथि र उपस्तिथि जनता कार्यकर्तालाई  सलामी अर्पण गर्यो ।आकाशमा उडेको  ड्रोनले उद्घाटनका सबै  दृश्य रेकर्ड गरिरहेको थियो । बिचबीचमा सामना कलाकारको परस्तुति बेजोड छ।

अर्कोतिर संसदबादी दलहरू को मङ्सिर चार गते हुने संसदिय चुनावको चर्काचर्की सुरु भएको छ।कस्को मान्छे,कुन नेता ,कुन गुट,कस्लाइ दिने ,कसरी टिकट लिने चर्को प्रतिस्पर्धा छ।देशको कुनै मत्लब छैन , भाडमा जावस, आफ्ना र मेरा हुनु पर्ने होडबाजीले टिकट पाउनेको खुसियाली र नपाउनेको रुवाबासीले कोलाहल थपिएको छ।

हाम्रो ९ औ महाधिवेशनको उत्घाटन कार्यक्रम  भब्यरुपमा सम्पन्न भएको छ। भोलि देखि बन्दसत्र सुरु हुनेछ । पाँच वटा मेसहरु चलेका छन् ।हाम्रो लागि पाँच नम्बर मेस छुटयाइएको छ। पङ्तिबद्द  लाइनमा खाना खाने, खाएको भाडा आफै माझ्ने  नियमले कम्युनिस्ट कार्यकर्ताको अनुशासनको मानक बनेको छ।

जनकम्युनमा उत्पादन भएका चामल, तरकारी माछा ,मासु खान पाउदाको आनन्द बर्णन गर्न नसकिने खालको छ।  नेपालका अरु कुनै राजनीतिक पार्टीले यस्तो  उत्पादन  नितिकोअबलम्बन गरेको मैले देखेको छैन ।सत्ता र शक्तिको अडेसमा बिचौलिया र केही थान नेताकार्यकर्तालाई सरकारी अनुदान दिने ,त्यसमै पनि नेता कर्माचारीलाई कमिसन छुट्याउदा छुट्याउदै पैसा बिच बाटैमा सकिएपछि दुइचारवटा बाख्रा देखाएर अनुदान हत्याउने रोग महामारीको रुपमा फैलिएको छ।

यस्तो अबस्थामा आफ्नै लगानी र श्रमवाट  निर्मित कम्युनले उत्पादित खाद्यान्न र तरकारी मासुले यति ठुलो महाधिवेशनलाई धान्ने कुरा पार्टीले विकसित गरेको आर्थिक निति र उत्पादन नितिको एकीकृत कार्ययोजनाले मात्र  सम्भव बनाएको हो।  आफ्नै उत्पादन  र आफ्नै भवनमा कार्यक्रम गर्नु साधारण काम नभएर, असाधारण नमुना काम हो।

 बन्द सत्र सुरु भएको छ।हल प्रबेश गर्दाको कडा चेकजाँचले कम्युनिस्ट अनुशासनलाई झल्काइ दिएको छ। ड्रेसबद्द जनसेवकका युवाहरूको चेकजाँच निकै आकर्षक छ। जनयुद्धमा बिताएको सैन्य जिवनको स्मरण पुनर्ताजगी भएको छ। महासचिव बिप्लबले बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनले सहभागीहरु लाई बेहङगम बहसमा प्रवेश गराएको छ।

 सुझावको लागी प्रतिनिधिहरुलाई विभिन्न २०समुहमा बिभाजन गरिएको छ।  बहसको उचाइ निकै माथी पुगेको छ। कम्युनिस्ट आन्दोलनमा भएका धोका, बेइमानी र बिश्वासघातले निम्तिएका भोगाइहरुलाई  बिश्वास र प्रतिबद्धतामा रुपान्तरण गर्न पार्टीको महाधिवेशनमा बहस हुनु स्वभाविक छ।

समुह न ७ को लिडर बन्ने अबसर कमरेडहरुले मलाई दिनु भयो । कमरेडहरुले दिएको जिम्मेवारी पुरागर्ने कोशिस मैले पनि गरेँ। बेलुकाको समयलाई सदुपयोग गर्दै देउडा, दोहोरी जस्ताअतिरिक्त कार्यक्रमहरुले  महाधिवेशनको भब्यतालाई बढाएको छ।

खुला बहस र छलफल पछि विभिन्न निस्कर्षहरुको तयारी आआफ्ना समुहहरुमा भएका छन् ।आजको विकसित समाजले खोजी गरेका प्रकृति बिज्ञानका नियममा टेक्दै ,दर्शनमा अनिश्चय, रक्षा र रुपान्तरणको सिद्धान्त,राजनीतिमा बैज्ञानिक समाजबाद ,अर्थशास्त्रमा एकीकृत स्वामित्वको अर्थ प्रणालीले निर्दिष्ट गर्ने गरि -आधारभुत आवश्यकता राज्यको दायित्व ,अधिकतम समृद्धि उसको क्षमता भन्ने नितिले सारा मानिसहरूको बिश्वास जित्ने अबसर सृजना भएको छ।

भौतिकबादी संस्कृतिको कम्युनिस्ट अवधारणा कस्तो हुने भन्ने बिषयमा पनि लामै छलफल भयो ।महाधिवेशनले महासचिव बिप्लबको प्रस्तावमा नयाँ मानवजाती सी जातिको घोषणा गर्यो । यही सी जातीको बारेमा यो अनुभुति लाई अरु बिस्तार गरौं भन्ने लागेको छ। मानव जाती सी आफैमा  विभेद रहित समाजको सुन्दर परिकल्पना र एक बिचार हो ।  जसले उत्पीडित समुदायको समानताको हक स्थापित गर्नुको साथै जातीय बिभेदको उन्मुलन गर्ने लक्ष्य राखेको छ।

जबसम्म  समाजमा बिकृती -बिसङती , विभेद र बर्ग बिभाजन यथावत रहन्छ ,तबसम्म समाज बिकासको गत्यावरोध रहिरहन्छ ।, किनकी जात, धर्म विभिन्न बिभेदकारी कुसंस्कारको कारण आज नेपाली समाज बिभाजन टुटफुट र बिखन्डनको भड्कालोमा जादैछ।देश बिकासको अबरोधक भैरहेको यस्तो सामाजिक नियतिलाई चिरफार गर्दै मानव जाती सीको विभिन्न सँस्कारबारे समेत ,महाधिवेशनले महत्त्वपूर्ण अबधारणा प्रस्ताव गरेको छ।

समाजको आर्थिक सामाजिक रुपान्तरणको कुरा गरेर कहिल्यै नथाक्ने तर दलाल पुँजिवादका घोडा बनेका कम्युनिस्ट नामधारी पार्टीहरुको  बाहुल्य रहेको समाजका जटिलता असामान्य प्रकृतिकै छन ।यसलाइ तोड्न नेपाल कम्युनिस्ट पार्टीलाई अहमतम जिम्मेवारी नेपाली समाजले दिएको छ।संसदवादी कम्युनिस्टहरुले यी बिषयलाई तोडमोड गर्दै उल्टो तिर फर्काउदै लगेका छन । 

यी र यस्ता बिषयमा प्रबेश गर्ने उनिहरुले ल्याकत नै राख्न सक्दैनन् ।सामन्तबादी परम्परा र अन्धविश्वासमा डुबेका र दलाल पुँजीवादी कमिसनमा वैभव गरिरहेकाहरुको लागि यस्ता बिषय कुन चराको नाम जस्तै हो। यस्तो सामाजिक राजनीतिक परिवेशमा भएको नेकपाको ९औ महाधिवेशनले धर्म संस्कार र जातिय बिभेदको बारेमा बैज्ञानिक समाजबादी अवधारणा अगाडि सार्दै एउटा बहस छेडेको छ ।जसको महत्त्व समयक्रममा पुष्टि हुँदै जानेछ ।

हुनत, बिगतकालमा  नेपाली भुमिमा चलेको महान जनयुद्धले राजनीति ,समाज ,संस्कृत र संस्कारमा युगान्तकारी  उथलपुथल ल्याइदिएको थियो ।सामाजिक विभेदका जराहरु हल्लाएको थियो ,बिस्तारै समाजबदी अभ्यास पनि हुँदै थियो। जस्तै- अन्तरजातीय बिबाह ,छुवाछूत मुक्त गाउहरु ,बिभेद रहित समाज ,मदिरा प्रतिबन्ध र बहुबिबाहमुक्त समाज निर्माणमा जनयुद्धमा संचालित  जनसत्ताले बिशेष योगदान पुर्याएको थियोे ।जब जनयुद्धमा प्रतिक्रान्ती हाबी हुन पुग्यो तब , मुठ्ठिभर मान्छेहरूको स्वार्थले जनयुद्धमा स्थापित भब्य साँस्कृतिक मुल्यहरु कयौं विघटन गरिए ,कयौं ओझेल परे।

 जनयुद्धका मुख्य नेता देखि आफुलाई अब्बल क्रान्तिकारी भन्नेहरु नै ढुङ्गा ,मुर्ति र भैसीलाई समेत पुजा गर्दै हिड्ने स्थितिमा पुगे।यहाँ सम्मकी आफ्ना छोराछोरीका जन्म, बिवाहा जस्ता सँस्कारहरुलाई पुराना पुँजिपतीलाई समेत माथ खुवाउदै नयाँ सामान्त र पुजिपतिको रुपमा आफुलाई उभ्याउन पुगे । यस्तो परिवेशमा नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले यस्ता संस्कारहरुको बाहक जातीको प्रतिस्थापन गर्न नयाँ जाती सीको अबधारणा अगाडि बढाएको छ।

  सी जाती मुलतः समाजवादी जाती हो। जहाँ महिला र पुरुष मात्र जात रहने उन्नत मानव समाजको परिकल्पना गर्दै सी जातिको स्थापना गरेको छ । यसले समाज बिज्ञानको बिकासमा कोसेढुङाको काम गर्नेछ।रुढीबादी समाजलाई रुपान्तरणको बाटोमा डोर्‍याउने मार्गनिर्देशक बिचार अबस्य बन्नेछ ।भासण गरेर जनतालाई अल्मल्याउने संसदबादी पार्टीहरुले गर्ने फुक्का प्रवचन जस्तो यो किमार्थ होइन ,हुन दिनुहुँदैन । यो समाज रुपान्तरणको जबर्जस्त मार्ग हो ।

यो नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताको मात्रै हैन सी जाति परिवर्तनकारी सबै बन्नुपर्छ। सम्पूर्ण उत्पीडित जाती र  समुदायहरु सी जातिमा सामेलभएर रुढीबादी सामन्तबादी सोचको विरुद्ध लडने उत्पीडितहरुलाई एउटै मालामा उन्ने र सिङ्गो मानवजातीलाई एउटै जातीमा रुपान्तरण गर्ने  बलियो हतियार सी जाती बन्नेछ।

साम्राज्यबादी ,पुजीवादी ,सामन्तबादी सोच र संस्कारलाइ गाउँ, टोलटोल र घरघरबाट बिस्थापित गर्न सी जातीको बिशेश योगदान त रहने नै छ।साथै  साम्यबादी सी जाति कम्युनिस्ट अभियानलाइ एकताबद्द र गोलबन्द गर्ने एउटा भरोसायोग्य ,विशाल मानव सागरको अबिछिन्न समुदाय पनि बन्नेछ। कुनै पनि वैज्ञानिक बिचारहरु अबधारणाको रुपमा आउँदछ्न।प्रयोग गर्दै जादा नयाँनयाँ आबिस्कारको रुपमा उदाउँछ्न।

   आजको विश्रङ्खलित मानवजातीलाई एकतावद्द बनाउन एउटै मानव जाती सी बनाउने ९औ महाधिवेशनको भब्य निर्णयले सबैतिर हलचल ल्याएको छ। २५असोजमा उद्घाटन भएर ,२कार्तिक २०७९ मा सम्पन्न नेकपाको ९औं महाधिवेशनको भव्यतालाई शब्दमा जति बर्णन गरे पनि अपुग हुन्छ ।फेरि अर्को स्तम्भमा बाँकी कुरा बिस्तार गरौंला ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “विभेद र विभाजन विरुद्ध”सी”जातिको निर्माण                               

  1. सि जातीको निर्माण एक सुन्दर नया पहिचान पक्कै पनि हो तर यसको दृष्टिकोण हाम्रो समाजमा लागु गर्न र गराउन निकै लामो संघर्ष हुन सक्छ निरन्तरता र लगनशीलता पनि जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।