२५ बैशाख २०८१, मंगलवार

नेकपाका नेता आदर्श सीलाई मातृ शोक : प्रवक्ता प्रकाण्ड सीद्वारा श्रद्धाञ्जली

0

काठमाडौ । शनिबार बिहान निधन भएकी नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य आदर्श सी कि ८५ बर्षिय आमा टंकाकुमारी ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्येस्टि गरिएको छ ।

आज बिहान गोदावरी नगरपालिकास्थित न्यौपाने गाउमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड , उपत्यका व्युरो इन्चार्ज कृतिलगायतका नेकपाका नेता कार्यकर्ताले स्वर्गीय टंकाकुमारी ओलीमाथि श्रद्धाञ्जली ब्यक्त गरेका थिए । उनको आजै मध्यान्ह पशुपतिस्थित आर्यघाटमा अन्येस्टि गरिएको छ।

पशुपति आर्यघाटमा अन्येस्टि गर्नु अघि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले स्वर्गीय टंकाकुमारी ओलीमाथि पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली दिएका थिए भने स्थायी समिति सदस्य अनिल , नेताहरू माइला, कृति लगायत नेकपाका नेता कार्यकर्ताले श्रद्धाञ्जली दिएका थिए ।

स्वर्गीय टंकाकुमारी ओली लामो समयदेखि प्रेसर, सुगरसंगै आन्द्राको क्यान्सरवाट आक्रान्त थिइन् । उनको कान्छो छोरा खकेन्द्र वली जनयुद्धमा कपुरकोटको भिडन्तमा सहिद भएका थिए । माहिलो छोरा लाल बहादुर वली ‘विश्व’ हाल नेकपाको केन्द्रिय प्रतिनिधि सदस्य छन ।

जेठा सुपुत्र रहेका आदर्श हाल नेकपा पोलिटिक ब्युरो सदस्य तथा पुर्वी गन्डक ब्युरो इन्चार्ज रहेका छन ।अमर बहादुर ओली अमृत हाल पार्टी आन्दोलनमा नै छ्न। जनयुद्धकालमा आमाका ४ भाइ छोराहरु युद्दमा होमिएका थिए । सबै ५ भाइ छोरा मध्य एक सहिद भएका थिए भने उनका ३ छोरीहरु रहेका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।