१३ बैशाख २०८१, बिहीबार

वैज्ञानिक समाजवादमा तीन चरण हुन्छन् : विषम सी

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा जनसरकार प्रमुख विषम सीले वैज्ञानिक समाजवादमा तीन चरण हुने बताएका छन् । नेकपाको केन्द्रीय राजनीतिक तथा वैचारिक स्कुलिङमा प्रशिक्षण दिदै विषमले वैज्ञानिक समाजवाद आएपछि समाजवाद तीन चरणसम्म रहने बताएका हुन् ।
पहिलो र तेस्रो चरण संक्रमणकालिन समाजवाद हुने र बिचको चरणमा समाजवादको भरपुर उपयोग हुने उनको भनाई थियो । ‘एकीकृत जनक्रान्ति पूरा भएपछि पहिलो चरण केही संक्रमणकालिन हुन्छ । यो समय धेरै जाँदैन ।’, जातीय र सत्ता शिर्षकमा प्रशिक्षण दिदै उनले भने, ‘दोश्रो चरणमा पूर्ण वैज्ञानिक समाजवाद आउँछ । यो समय धेरै लामो हुन्छ । त्यसपछिको समय साम्यवाद प्रवेशको चरण हो । यो पनि संक्रमणकालिन हुन्छ । र यसले थोरै समय लिन्छ ।’
उनले समाजवादमा उत्पीडक र उत्पीडितको हैसियत बराबर हुने भएकाले अहिलेका उत्पीडकहरुले क्रान्तिबाट डराउन नपर्ने बताए । वैज्ञानिक समाजवादमा सबैको एउटै जात हुने भएकाले जातीय उत्पीडनको समेत अन्त्य हुने उनको जिकिर थियो । प्रशिक्षणको दोश्रो, तेश्रो चौथो कक्षा लिंदै उनले नेपालका जातीहरुको उत्पती, विकास र विस्तारका बारेमा ब्याख्या गरेका थिए ।
नेकपा स्थायी समिति सदस्य तथा स्कुल विभाग इन्चार्ज भरत सीले दर्शन शास्त्रको बारेमा कक्षा लिएका थिए । उनले दर्शन शास्त्रको परिभाषा र परिचय गराउँदै कक्षाको गृहकार्य परिक्षण गरेका थिए । नेकपा केन्द्रीय सदस्य प्रयास सीले भौतिक विज्ञान र समाज विकासमा भएको समानताका विषयमा नोट लेखाएका थिए ।
प्रशिक्षणको अन्तिम कक्षामा केन्द्रीय सदस्य तीर्थ सीले समाज विकासका चरणहरुको बारेमा प्रष्ट पारेका थिए । आजको कक्षामा उनले आदिम साम्यवाद र दास युगको बारेमा ब्याख्या गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।