काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नव बर्ष २०८०को सन्दर्भमा शुभकामना व्यक्त गरेका छन।सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश लेख्दै महासचिव विप्लवले नयाँ बर्षले सबैमा नयाँ उर्जा, उत्साह र उमङ्ग सहित देशको संकटको निकासका लागि अभिप्रेरित गर्ने अपेक्षा सहित शुभकामना दिएका हुन।
नेपालमा विद्यमान संसदीय ब्यवस्थाको अन्त्य र बैज्ञानिक समाजबादी राज्य ब्यवस्थाको उदेश्य सहित एकीकृत जनक्रान्तिको दिशामा अगाडी बढिरहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड लगाएत तमाम नेताकार्यकर्ताहरुले नयाँ बर्षको सन्दर्भमा देश तथा बिदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिदै विभिन्न कार्यक्रम गरि नयाँ बर्ष मनाएका छन।
प्रतिक्रिया दिनुहोस्