१४ बैशाख २०८१, शुक्रबार

नेकपा महासचिव विप्लवले सहिद परिवारको घरको शिलान्यास गर्दै मनाए नयाँ बर्ष

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नयाँ बर्ष २०८०को सन्दर्भ पारेर सहिद परिवारको घर निर्माण कार्यको शिलान्यास गर्दै नयाँ बर्ष मनाएका छन। सहिद परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आवासको समस्या भएका कारण नयाँ बर्ष सङ्गै निर्माण हुन लागेको घरको निर्माणको शिलान्यास गरिएको हो।

जनयुद्धको समयमा लडाईको क्रममा सहादत प्राप्त गर्नु भएका सतराज बुढामगर (समाई)को कपिलवस्तु शिवराज नगरपालिका वडा न९ रमादह स्थित परिवारको लागि करिब १६ लाख लागतमा बन्न लागेको ४ कोठे घरको नेकपा महासचिव विप्लवले शिलान्यास गरेका हुन।

नेपाल कम्युनिस्ट पार्टीले पार्टी निर्माण , क्रान्ति र आन्दोलन सङ्गसङ्गै नमुना निर्माण कार्यहरु पनि गर्दै आएको छ भने यस अघि नेकपाले कपिलवस्तुमा पार्टीको केन्द्रिय कार्यालय , स्वास्थ भवन, संग्रहालय, खेलकुद संरचना, थवाङको सभाहल लगाएत देशैभर भौतिक संरचनाहरु निर्माण गरिसकेको छ।

शुक्रवार भएको सहिद समइको परिवारजनको घर निर्माणको शिलान्यास पछि महासचिव विप्लवले पार्टीले क्रान्ति सङ्गै निर्माणका कामहरू अगाडि बढाई रहेको र नयाँ बर्षलाई थप रचनात्मक र निर्माणात्मक बनाउन जोड गर्ने बताएका छ्न भने घर निर्माणका लागि माल बहादुर घर्ति (हिमाल)को संयोजकत्वमा जित ब बुढा,सुबिस्ता रोका,सुस्मा सी,प्रेम रोका ,कमरा घर्ती सहितको निमार्ण समिति गठन गरिएको छ।घरनिर्माणको लागि आबश्यक पर्ने सम्पुर्ण खर्चको ब्ययभार नेकपाले बहन गर्ने बताईएको छ।

शिलान्यास कार्यक्रममा नेकपा नेताहरू धुर्व सी, सञ्जीव सी, अडिग सी, हेमन्त सी , आरोह सीको सहभागिता रहेको थियो भने नेकपा कपिलवस्तुका सल्लाहकार हिमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुष्मा सीले गरेकी थिइन।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।