११ बैशाख २०८१, मंगलवार

नेकपा पाँचथरद्वारा लघुवित्त विरुद्ध दोस्रो चरणको संघर्ष घोषणा

0

पाचथर/ नेपाल कम्युनिस्ट पार्टी पाचथरले लघु बित्त विरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ।पहिलो चरणमा प्रचारात्मक आन्दोलन र दबाबमुलक क्रियाकलाप गर्दै आएको नेकपाले लघु बित्तका क्रियाकलापमा कुनै परिवर्तन नआएको र बित्तीय संस्थाहरुले ऋणिलाई दुख दिन नछोडेको भन्दै संघर्शका थप कार्यक्रम सार्वजनिक गरेको हो।

नयाँ घोषित कार्यक्रम अन्तर्गत किस्ता उठाउने बहानामा गाउँ गाउँमा गई ऋणीलाई अपमानजनक व्यावहार गरेमा वित्तिय संस्थाका कर्मचारीलाई पिडितहरू‌को रोहवरमा कालो मोसो दल्ने र यदि संघर्षको कार्यक्रमलाई वेवास्ता गरि गाउँ गाउँमा ऋणीलाई मान‌सीक तनाव दिई विछिप्त पारेमा लघुवित्त संस्थालाई कालो सुचीमा राखी जनताको सहभागीतामा कार्यालयहरूमा तालाबन्दि गरिने बताईएको छ।

जिल्ला इन्चार्ज सन्तोष र सेक्रेटरी हुष्मद्वारा हस्ताक्षरित बिरोध कार्यक्रमबारे जारि बिज्ञप्तीको पुर्णपाठ यस्तो छ:

हामी सवैलाई सर्वविदीतै छ की आज देशमा, राजनैतिक अस्थिरताले गर्दा आर्थिक संकटको चपेटामा सिङ्गो देश फसेको छ। यसले प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव आम नागरीकहरूको दैनिक जिवनमा पारेको छ यिनै विषयको उठान गर्दै हाम्रो पार्टीले महङ्‌गी, भ्रष्टचार ,राष्ट्रघात र वेथिति संगै लघुवित्त संस्थाहरूको एकलौटी रूपमा चलाइरहेको आर्थीक सोषण, ग्रामिण पुँजीलाई सहर पलायन र बै‌किङ बढ्‌दो ब्याजदर विरुद्धमा यहि फागुन ५ गते देखि देशब्यापी आन्दोलनको घोषणा गरेको सवैलाई सर्वविदितै छ ।

हाम्रो पहिलो चरणको आन्दोलनलाई राज्यपक्षबाट पनि त्‌यति चासो साथ नहेरी रहेको र वित्तिय संस्थाहरूको व्यावहारमा कुनै परिवर्तन नआई ग्रामिण भेगका जनताहरुलाई किस्ता उठाउने नाउँमा गण्डागर्दि सैलिमा मानसिक यातना र चरम आर्थिक ब्रहम्मलुट गरिरहे हुँदाँ आम नागरिकको वाच्न पाउने अधिकारलाई मध्यनजर गर्दै यहि मिति :- २०८० साल वैशाख २ गते देखि दोस्रो चरणको कडा संघर्षका कार्यक्रम घोषणा गर्दछ । यसवाट निस्कने कुनै पनि परिणाम को जिम्मेवारी सम्बन्धीत निकाय र राज्य नै हुनेछ।

संघर्षका कार्यक्रमहरू :-

१- किस्ता उठाउने बहानामा गाउँ गाउँमा गई ऋणीलाई अपमानजनक व्यावहार गरेमा वित्तिय संस्थाका कर्मचारीलाई पिडितहरू‌को रोहवरमा कालो मोसो दलिनेछ।
2- संघर्षको कार्यक्रमलाई वेवास्ता गरि गाउँ गाउँमा ऋणीलाई मान‌सीक तनाव दिई विछिप्त पारेमा सम्पूर्ण लघुवित्त संस्थालाई हाम्रो पार्टी ने. क. पा. ले कालो सुचीमा राखी जनताको सहभागीतामा कार्यालयहरूमा तालाबन्दि गरिने छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।