६ बैशाख २०८१, बिहीबार

पूर्वी कैलालीमा नेकपाको राजनैतिक भेटघाट

0

कैलाली: नेपाल कम्युनिष्ट पार्टी पूर्वी कैलालीले राजनैतिक भेटघाट सुरु गरेको जिल्ला सचिव सेवक सीले बताएका छन् ।

भेटघाट र छलफल वित्तीय आतंक, मिटरब्याजीहरुको ज्यादति, बढ्दो महँगी, कालोबजारी, खुला सिमानाकाहरुबाट भएको तस्करी, मानव बेचबिखन, शिक्षामा भएको दलालीकरण, वन तस्कर, लागुऔषध, दुर्व्यसनी, महिला हिंसा, जातिय छुवाछूत, सिमा अतिक्रमण लगायतको विषयमा पूर्वी जिल्ला कैलाली स्थित राजनैतिक दल, बुद्धिजीवि, शिक्षक, नागरिक समाज, पत्रकार, प्रगतिशील, वामपंथी, लेखक, साहित्यकार, कर्मचारी, भन्सार प्रशासन, मालपोत, नापी लगायतका कार्यालयहरुसँग महत्त्वपूर्ण छलफल गरिराखेकाे सचिव सेवकले बताए ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय नवौ महाधिवेशन पछिको तेस्रो केन्द्रीय समिति बैठकले ६ महिने आवधिक योजना तयार गरेसँगै  पूर्वी जिल्ला कैलालीले आफ्नो विभिन्न संगठन सम्बन्धि काम र  जनभेटघाटपछिको  त्यहि ६ महिने आवधिक योजना अन्तर्गतकै यो राजनैतिक भेटघाट भइरहेको  बताइएको  छ ।

अहिलेको दलाल सँसदिय व्यवस्थाले न्युनतम जनताका आधारभुत हक र अधिकारहरुलाई पनि पूरा नगरि बरु उल्टै राष्ट्रघात, जनघात जस्ता सन्धिमा देश र जनतालाई  दाउमा लगाएकोले यो अस्थिर व्यवस्था जनताबाट दिनप्रतिदिन नाङ्गिदै गएकोले यो व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद अपरिहार्य भएको हुँदा प्रगतिशील, राष्ट्रवादी क्रान्तिकारी शक्तिहरुसँग, प्रगतिशील एजेण्डा, वैज्ञानिक समाजवाद र राष्ट्रिय स्वाधीनताका लागि  एक ठाउँमा जुट्नु पर्नेमा छलफल सकारात्मक रहेको र २५ गते टिकापुरबाट सुरु भयको राजनैतिक छलफल र भेटघाट ईलाका प्रशासन कार्यालय टिकापुरका प्रमुख चिरञ्जीवी रानासँग भेटी लगुबित्तिय सँस्था र मिटरब्यजि ले जनतामा पारेको त्रास सम्बन्धि गम्भीर छलफल गर्नुका साथै  खकरौला भन्सार निमित्त प्रमुख तुलसिराम चौधरीसँग भन्सार छली, चाेरी, निकासिलाई रोक्न ध्यानाकर्षण गराइएको छ भने जनवादी साहित्यकार निभा शाहसँग वैज्ञानिक समाजवाद सम्बन्धि राजनीतिक छलफल भएको र छलफल भेटघाट सौहार्द पू्ण ढँगले अघि बढिरहेको जिल्ला सचिव सेवक सीले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।