जब म हरिण मार्नको लागि दाना राखिरहेको हुन्छु तब म पहिलो दाना सुघ्न आउने हरिणलाई गोली हान्दिनँ, बरू त्यो बेलासम्म पर्खेर बस्छु जबसम्म
पूराका पूरा समूह त्यहाँ आउँदैन ।:ओटो वान बिस्मार्क
१८६५ मा प्रशियाको शासक ओट्टो वान बिस्मार्क अस्ट्रियाले एउटा सन्धिमा हस्ताक्षर गरोस भन्ने चाहन्थे । यो सन्धि पूर्णरूपमा प्रसियाको हितमा थियो र अस्ट्रियाको हित विरूद्ध थियो । बिस्मार्कलाई थाहा थियो अस्ट्रियालाई हस्ताक्षर गराउनको लागि उनले कुनै चाल चल्नु पर्नेछ । अस्ट्रियाको कूटनीतिज्ञ काउण्ट ब्लोम ताश खेल्नमा माहिर थिए । उनको विशेष प्रिय खेल क्विज थियो र उनको दावा थियो, ‘कसैको पनि क्विज खेल्ने तरिका हेरेर म त्यो मानिसको चरित्र थाहा पाउन सक्छु । बिस्मार्कले ब्लोमको बारेमा सुनेका थिए ।
सन्धिमा चर्चा गर्नु एकरात अगाडि बिस्मार्कले ब्लोमलाई क्विज खेल्ने प्रस्ताव राखे ।
बिस्मार्कले पछि लेखेका छन्, “मैले यति मूर्खतापूर्ण ढंगले खेलें कि सबै मानिसहरू देखेर अचम्मित भए । मैले कैयौ हजार सिक्का हारे तर म ब्लोमलाई मूर्ख बनाउन सफल भएँ किनकि उसलाई विश्वास लागेको थियो म धेरै दुस्साहसी मानिस हुँ।” दुस्साहसी देखिनु बाहेक बिस्मार्कले मूर्ख भएको नाटक पनि गरे, मूर्खतापूर्ण कुरा भनेर डराएको अभिनय गर्दै सिर न पुच्छरका कुरा गर्दै बसे ।
यो सब कुराले ब्लोमलाई बहुमूल्य जानकारी हासिल गरेझैँ लाग्यो । उनलाई थाहा थियो बिस्मार्क आक्रामक छ-प्रशियामा उनले पहिलादेखि नै एउटा छवि बनाएका थिए जुन तरिकाले उनी खेलिरहेका थिए त्यसबाट यो कुराको पुष्टि भएको थियो । ब्लोमलाई थाहा थियो आक्रामक मानिसहरू मूर्ख र हतारे हुन्छन् । उसले सोच्यो बिस्मार्क जस्तो असावधान मूर्ख, सोच्दै नसोची योजना बनाउने र धोका दिनमा असक्षम मानिस होला, यसैले उसले सम्झौता एकपटक हेयो र हस्ताक्षर गरिदियो । जब मसी सुक्यो तब बिस्मार्कले खुसी हुँदै भने, ‘हेर्नुस्, मलाई अलिकति पनि विश्वास लागेको थिएन अस्ट्रियाको कुनै राजनेताले यो दस्तावेजमा हस्ताक्षर गर्न सक्छ ।’ पर्छ । यो भनाइ पुरानो जमानाको शिकारी तरिकाले उत्पन्न भएको हो, जसमा चीनमा एउटा भनाइ लोकप्रिय छ, ‘बाघ मार्नको लागि सुंघुर बन्ने नाटक गर्नु शिकारी सुंघुरको छाला ओढ्छन् र उसको आवाज नक्कल गर्छन् । शक्तिशाली बाघले सोच्छ कुनै सुंघुर ऊ भएतिर आइरहेको छ, त्यसैले ऊ सुंघुरलाई नजिकै आउनदिन्छ । बाघ आफ्नो शिकार आफै आएकोमा खुसी भइरहेको हुन्छ । तर अन्तमा शिकारी नै खुशी हुन्छ ।
सुघुरको नाटक गर्नाले ती मानिसहरूसँगको व्यवहारमा चमत्कारी परिणाम दिन्छ, जो बाघ जस्तै अति आत्मविश्वासी र दम्भी हुन्छन् । त्यसको शिकार तपाईं जति सजिलै गर्न सक्नु हुन्छ, उति नै सजिलै बाजी पल्टिनेछ ।
बुद्धि एउटा यस्तो गुण हो जसको प्रदर्शन धेरै कम मात्रामा गर्नु पर्छ तर यही किन रोकिने ? रूचि र अभिरूचि पनि दम्भको आधारमा बुद्धिमानको वरिपरि नै हुन्छन् । यदि तपाईले मानिसहरूलाई उनीहरूको रूचि धेरै अभिजात्य छ भन्ने र महसुस गराउनु छ भने उनीहरूको रक्षा कवच शिथिल हुनेछ । उनीहरूले तपाईंलाई आफ्नो वरिपरि राख्ने छन्, किनकि तपाईंको नजिक रहनाले उनीहरू श्रेष्ठ महसूस गर्छन् र तपाईं जति धेरै बेरसम्म उनीहरूसँग बस्नु हुनेछ, त्यति नै तपाईंले उनीहरूलाई धोका दिने मौका पाउनु हुनेछ ।
बुद्धिमान मानिसले पनि कैयौं पटक यो कुरा पत्ता लगाउन सक्दैनन् । केही यस्ता मौका हुन्छन् जहाँ तपाईंले आफूले केही जानेको छैन भन्ने कुरा देखाउनुमा नै बुद्धिमानी हुन्छ । तपाईं अज्ञानी हुनु हुँदैन तर यो नाटक गर्नमा निपूर्ण हुनुपर्छ । मूर्खको बीचमा बुद्धिमान बन्नु उति नै लाभकारी हुन्छ जति पागलको बीचमा बुद्धिमान बन्नु । जो मानिस मूर्ख बनेको नाटक गर्छ, ऊ मूर्ख हुँदैन । सर्वाधिक लोकप्रिय हुने सर्वश्रेष्ठ तरिका सबैभन्दा मूर्ख मानिसको बर्को ओढ्नु हो ।
बिस्मार्कले आफ्नो चिहानमा लेखाएका थिए, “सम्राट विलियम प्रथमको एक सच्चा जर्मन सेवक ।” यो एउटा वाक्यमा बिस्मार्कको सारा जीवन चिच्याउँछ, बोल्छ । विलियम प्रथमलाई संयुक्त जर्मनीको पहिलो सम्राट बनाउने मानिस पनि बिस्मार्क नै थिए ।
जर्मनी शुरूदेखि नै सानोसानो राज्यमा बाँडिएको थियो । अस्ट्रिया र प्रशिया यी राज्यमा प्रमुख थिए । यी दुवै राज्य जर्मनीको अन्य राज्यमाथि आफ्नो प्रभाव जमाइराख्न चाहन्थे । यसैले यी दुवैमा द्वन्द्व रहन्थ्यो । यो द्वन्द्वमा कसरी प्रशिया आफ्नो प्रतिपक्षी आस्ट्रियालाई पछार्न सक्थ्यो यो बिस्मार्कको कूटनीतिक सफलताको कथा हो । यो कथा कैयौं राज्य मिलेर एउटा जर्मनी कसरी बन्यो भन्ने कथा हो ।
बिस्मार्कको आफ्नो कुनै राजनीतिक सिद्धान्त थिएन, यदि कुनै राजनीतिक सिद्धान्तमा उनलाई विश्वास थियो भने त्यो हो राजतन्त्रको सिद्धान्त । आफ्नो राजामा पूरा श्रद्धाभाव राख्ने सिद्धान्त थियो । प्रजातन्त्र र समाजवादको नयाँ विचारमा उनको कुनै रूचि थिएन । यदि प्रशियाका राजामा १८४८ को क्रान्तिमा समस्या नआएको भए, त्यो जनताको आवाजको अगाडि झुक्नु पर्थ्यो भने सायद बिस्मार्क राजनीतिमा प्रवेश गर्ने थिएनन् । राजनीतिमा उनको प्रवेश आफ्नो राजा र राजतन्त्रको रक्षाको लागि नै भएको थियो ।
बिस्मार्क एक जागिरदारका छोरा थिए । उनको जन्म १ अप्रिल, १८१५ मा भएको थियो । बर्लिन र गोटिनजनमा शिक्षा पाएर १८३५ मा बीस वर्षको उमेरमा उनले कानुनमा डिग्री हासिल गरे र न्याय विभागमा काम गर्न थाले । बिस्मार्क फेशनेवल नौजवान थिए र आफ्नो धेरैभन्दा धेरै समय उनी सोसाइटीको गतिविधिलाई दिने गर्थे । यस्तो गर्नु र मोज गर्नु उनको काम थियो । जुन बेला उनी पोट्सडममा थिए, त्यही बेला उनकी आमाको मृत्यु भयो ।
केही समयपछि उनका बाबुले बताए कि उनको जागिरको हालत बिग्रिएको छ र त्यसको रेखदेख राम्ररी हुनुपर्छ । यसको लागि बिस्मार्कका पिता र उनका दाइमात्र पर्याप्त छैनन् । बिस्मार्कको पनि आवश्यकता छ । मौका देखेर बिस्मार्कले नोकरी छोडिदिए र जागिरे जीवन बिताउनको लागि आफ्नो घर गए । दुवै भाइले मिलेर धेरै मेहनत गरे । सारा जागिरको प्रबन्ध ठीक गरे । जब यहाँ केही गर्न बाँकी रहेन तब बिस्मार्क घुम्नको लागि इङ्ग्ल्याण्ड र फ्रान्स गए । यो यात्राले उनको मस्तिष्क विस्तार भयो ।
आफ्नो यात्राबाट फर्केर बिस्मार्कको मनमा एउटा ठूलो परिवर्तन आयो । बाल्यकालमा आफ्ना शिक्षक र आफ्नी आमाको प्रभावको कारण उनको ईसाइ सिद्धान्तबाट विश्वास हट्दै गइरहेको थियो । त्यो विश्वासको स्थान लिनको लागि कुनै नयाँ विश्वासले अझैसम्म उनलाई प्रभावित गर्न सकेको थिएन । अब उनको सम्पर्क धार्मिक विचारका मानिसहरूको मण्डलीसँग भयो । यी मानिसहरू ईसाइ धर्मको सुरूवाती विचारमा विश्वास राख्थे तर ईसाइ धर्मको चर्चबाट प्रभावित रूप उनीहरूलाई स्वीकार थिएन । पहिला त बिस्मार्क यी मानिसहरूको मजाक उडाउँथे । तर उनको मानसिक शान्तिबाट प्रभावित भएर उनी यसमा सामेल भए । १८४७ मा आफ्नो पिताको मृत्युमा उनले यो मण्डलीकी एक युवती जोहनासँग विवाह गरे । विवाहपछि बिस्मार्कको सोचाई आफ्नो जागिरमा बसेर शान्तिपूर्ण जीवन बिताउने थियो । तर यसै बीचमा एउटा यस्तो घटना घट्यो जसले उनलाई राजनीतिक क्षेत्रमा तानेर ल्यायो ।
राजनीति क्षेत्रमा
१८४८ मा पेरिसमा क्रान्ति शुरू भयो जुन फैलदै फैलदै छिटै बर्लिन आइपुग्यो । केही दिनपछि थाहा भयो कि अस्ट्रियामा पनि क्रान्ति शुरू भइसकेको छ । जर्मनीमा यो क्रान्तिको दुई रूप थियोः जुन सामाजिक प्रगतिको लागि थियो, त्यही यो जर्मनीको एकीकरण पनि चाहन्थ्यो । प्रशियाका राजाले विवश भएर यसको अगाडि आफ्नो टाउको झुकाए र एउटा नयाँ विधान लागू गर्ने वाचा गरे ।यो खबरले बिस्मार्क विचलित भए । उनले राजालाई एउटा चिठ्ठी लेखे जसमा उनले राजालाई विश्वास दिलाए कि अहिले राजाको सेवा गर्नको लागि बिस्मार्क जस्ता धेरै मानिस छन् । राजाले हार मान्नु हुँदैन र क्रान्तिको विरूद्धमा पाइला उठाउनु पर्छ । भनिन्छ कि कैयौ महिनासम्म त्यो पत्र राजाको टेबलमा खुल्ला रूपमा राखिएको थियो ।
बर्लिनमा अव्यवस्था बढ्दै गइरहेको थियो । बिस्मार्कले क्रान्तिको विरोध गर्नको लागि आफ्ना केही साथीसँग मिलेर कन्जरभेटिभ पार्टीको स्थापना गरे र एउटा पत्रिका निकाल्न शुरू गरे । यता राजाले स्वेच्छाले नयाँ विधानको घोषणा गरिदिए र त्यसमा विचार गर्नको लागि एउटा एसेम्बली निमन्त्रित गरियो ।
बिस्मार्कले त्यो एसेम्बलीको लागि चुनाव लडे र सफल भए । एसेम्बलीमा उनले ईसाइ राज्यको सिद्धान्त राखे । उनको अनुसार राजा भगवान्को प्रतिनिधि हो । उनले यो पनि भने कि सामन्तको बपौतीको अधिकार न खोसियोस् । उनी एकछत्र शासनका समर्थक थिए र पार्लियामेण्टद्वारा सरकार चलाउने कुराको विरोधी थिए ।
१८५१ मा बिस्मार्कलाई फ्रेन्कफर्ट पठाइयो- प्रशियाको प्रतिनिधिको रूपमा फ्रेन्कफर्टमा जर्मनीका सबै राज्यको एउटा सभा बस्थ्यो । यो सभाको नाम डाइट थियो । डाइटमा प्रशियाको प्रतिनिधिको रूपमा बिस्मार्क सात वर्षसम्म बसे । यहाँ उनले जर्मनीको राजनीतिको सम्बन्धमा आफ्नो राय निश्चित गरे । यहाँ उनी सबै रियासतका प्रतिनिधिहरूको सम्पर्कमा आए जसले उनलाई ती विचार र उद्देश्यको बारेमा थाहा भयो । वास्तवमा फ्रेन्कफर्टले बिस्मार्कको लागि कूटनीतिको स्कुलको काम गरे ।
अहिलेसम्म बिस्मार्कलाई लागेको थियो कि प्रशिया र आस्ट्रियासँगै बस्नुमा फाइदा छ । तर अब उनलाई थाहा भयो जर्मनी राजनीतिमा केवल दुई प्रतिद्वन्द्वी छन्, ती हुन् प्रशिया र अस्ट्रिया । उनले आफ्नो सरकारलाई सल्लाह दिए कि कहिल्यै अस्ट्रियाको सहायता नगरियोस् । यसै समयमा पार्लियामेन्टरी सरकारको बारेमा पनि उनको राय बदलियो । उनलाई लाग्यो कि कुनै पनि आधुनिक राज्य बिना पार्लियामेन्ट चलाउनु मुश्किल हो । पार्लियामेन्टबाट जनताको विचारधाराको बारेमा थाहा हुन्छ र त्यसमा आधारित नीतिहरू धेरै शक्तिशाली हुनसक्छ । उनले सरकारलाई पनि सल्लाह दिए कि प्रेससँग स्वतन्त्रताको व्यवहार गर्नुपर्छ र विधानको पालना अक्षरशः हुनुपर्छ ।
यहाँ बिस्मार्कले यो पनि भनेका छन् कि कुनै पनि दोस्रो देशको सरकार आफ्ना विरोधी सिद्धान्तको कारण नै दुश्मन हुँदैन र समान सिद्धान्तको कारण नै मित्र बन्दैन । उनको भनाइ थियोः राजनीतिमा कोही पनि आफ्नो छिमेकीको लागि केही गर्दैन, जबसम्म आफ्नो फाइदा देखिदैन ।
रूसमा राजदूत
१८५८ मा फ्रेडरिक विलियम चतुर्थको स्वास्थ्य धेरै बिग्रिएको थियो । यसैले उनका भाइ विलियम शासन चलाउनको लागि नियुक्त गरिए । विलियमको विचार आफ्नो भाइको भन्दा विपरीत थियो । हुन त भित्री रूपमा उनी कन्जरभेटिभ विचारका समर्थक थिए, फेरि पनि उनी लिबरल पार्टीसँग आफ्नो सम्बन्ध राम्रो बनाइराख्न चाहन्थे जुन प्रशियाको प्रतिनिधि सभामा धेरै संख्यामा थिए । विलियम चाहन्थे कि फ्रेन्कफर्टमा कुनै लिबरल विचार भएको व्यक्ति रहोस् । यसैले बिस्मार्कलाई हटाएर पीटर्सबर्ग (आधुनिक लेनिनग्राद) मा रूसी दरबारमा प्रशियाका राजदूत बनाएर पठाइयो ।
हुन त यो परिवर्तनमा बिस्मार्कलाई कुनै रूचि थिएन र पनि यसले उनलाई फाइदा भयो । रूसको दरबारमा बसेर उनी सारा युरोपको राजनीति बुझ्न सक्थे जो फ्रेन्कफर्टमा बसेर सम्भव थिएन।
रूसमा राजदूत भइसकेपछि, बिस्मार्कलाई पेरिस पठाइयो । त्यहाँ नेपोलियन तृतीयको सम्पर्कमा आए र उनको व्यक्तित्वलाई बुझ्नाले पछि उनलाई फाइदा पुग्यो । २२ सेप्टेम्बर, १८६२ मा उनलाई मन्त्रीमण्डल सम्हाल्नको लागि भनियो । बिस्मार्क तुरून्तै राजा भए । यो शासनको लागि संकटकाल थियो । प्रतिनिधि सभाले वार्षिक बजेट पास गर्न अस्वीकार गरेको थियो । यो संकटकालको सामना गर्नकोलागि बिस्मार्कलाई प्रधानमन्त्री बनाइएको थियो । बिस्मार्कले घोषणा गरे कि यदि प्रतिनिधि सभाले नयाँ वर्षको बजेट पास गर्दैन भने सरकारको विधान अनुसार पुरानो वर्षको कर वसूल गर्ने र शासन चलाउने हक छ, किनकि विधानमा झगडाको अवस्थामा के गर्ने यो लेखिएको छैन ।
यो बाहेक बिस्मार्कले सोचे कि यदि उनी आफ्नो विदेश नीतिले जनतालाई खुशी बनाउँछन भने अर्को चुनावमा उनको समर्थक धेरै संख्यामा सफल हुनेछन् र उनीहरूले विरोधीको चंगुलबाट छुटकारा पाउनेछन्, यदि प्रशियाको नेतृत्वमा जर्मनीको भूमि एक हुन सक्यो भने ।
अस्ट्रिया र प्रशियाको झगडा
अर्को वर्ष अस्ट्रियाका सम्राटले सबै जर्मन राजाहरूको एउटा सभा जर्मनी बण्ड (सभा) को गठनमा संशोधन गर्नको लागि बोलाए । यसमा यस्ता सुझाव राखिए कि जसले नयाँ संगठनमा अस्ट्रिया सधै प्रभावशाली रहने छ । अस्ट्रिया प्रशियाको घरेलु झगडाको फाइदा उठाउन चाहन्थ्यो । तर यस संसोधनलाई बिस्मार्कले आफ्नो कुटनीतिको कारण सफल हुन दिएनन् । धेरै जोड गर्दा पनि उनले राजा विलियमलाई त्यहाँ नजाने सल्लाह दिए । बिस्मार्क र अरू सबैलाई थाहा थियो यो महत्वपूर्ण प्रश्नमा प्रशियाको फैसला बिना हुन सक्दैन । यस प्रकार अस्ट्रियाद्वारा प्रस्तावित संशोधन जस्ताको त्यस्तै रह्यो ।
अब बिस्मार्कले आफ्नो प्रस्ताव राखे । उनको प्रस्ताव अनुसार जर्मनीको राज्यको एउटा संघ बनाउने योजना पेश गरियो, केन्द्रिय शासनसँगै राज्यलाई घरेलु मामलामा यथासंभव स्वतन्त्रताको व्यवस्था गरिएको थियो । यो पनि भनियो कि यदि कुनै कारणले अस्ट्रिया यसमा आउन चाहँदैन भने नआओस् ।
यसै बेला श्लेस्विंग होल्स्टीको प्रश्न अगाडि आयो जसको सम्बन्ध युरोपको राजनीतिसँग थियो । अब देखि १८७१ सम्म कुटनीतिक चालको कथा छ । जसको घटना र रहस्यलाई संक्षेपमा बुझ्न मुश्किल छ । यो प्रश्नलाई लिएर १८६६ मा अस्ट्रियासँग लडाई भयो । फ्रान्सका नेपोलियन तृतीयद्वारा बचाव गर्दा यो निश्चित भयो कि अस्ट्रिया जर्मनी राज्य सभाबाट अलग हुनेछन्, उत्तरी जर्मनीको राज्य
प्रशियाको नेतृत्वमा संघ बनाउने छ र दक्षिणका राज्य स्वतन्त्र रहनेछन् ।
पछि यो फैसला पनि प्रशियाको हकमा गयो । तर स्पेनका उत्तराधिकारीको सिलसिलामा अब नेपोलियनले शान्ति गराउनको लागि आफ्नो पुरस्कार मागे । धेरै बादविवाद १८७० मा फ्रान्स र उत्तरी जर्मनी संघको बीचमा लडाई शुरू भयो । जर्मनीका दक्षिणी राज्यले उत्तरी जर्मनीलाई साथ दिए । यस पटक पनि जर्मनीको जीत भयो । उसको फौज पेरिसको ढोकासम्म पुग्यो ।
यो जोशको अवसरमा जनताको रायको दवावमा आएर दक्षिणी राज्यको तर्फबाट एकीकरणको प्रस्ताव आयो । यो मौकाको फाइदा उठाउँदै बिस्मार्कले तुरून्त कुराकानी शुरू गरे । उनी आफैँ यस्तो अवसरको प्रतीक्षामा थिए । १८ जनवरी, १८७१ मा जर्मनी राष्ट्रको घोषणा गरियो प्रशियाका राजा विलियम जर्मनी राष्ट्रका पहिलो सम्राट विलियम प्रथम भए । अस्ट्रिया यसबाट बाहिर रह्यो ।
फ्रान्ससँग सन्धि भएपछि जर्मनीलाई क्षतिपूर्तिको रूपमा पाँच अरब फ्रैंक र अल्सास र लोरेन प्राप्त भयो । यसपछि शान्ति स्थापित गर्नको लागि बिस्मार्कले कैयौं देशसँग शान्ति सन्धि गरे, जसले यूरोपमा जर्मनीको सम्मान धेरै अगाडि बढ्यो । बिस्मार्क अब कुनै एउटा पार्टीका थिएनन् । उनी सारा जर्मनीका थिए । बजेटको झगडा सुल्झिसकेको थियो । देशमा आफ्नो नीति लागू गर्नको लागि उनी जुन पार्टीबाट सहायता मिल्थ्यो, त्यो लिन्थे ।
८ मार्च, १९८८ मा सम्राट विलियम प्रथमको मृत्यु भयो । त्यसपछि उनको भाइ फ्रेडरिक गद्दीमा बसे तर उनी पनि केही महिनामा नै मरे । अब फ्रेडरिकको नौजवान छोरा विलियम द्वितीयको नामले गद्दारी भयो । विलियमसँग बिस्मार्कको कुरा मिलेन । उनीहरू बीच झगडा बढ्दै गयो । फलस्वरूप मार्च १८९० मा उनले त्यागपत्र दिए । यसपछि बिस्मार्कको जीवनमा कुनै विशेष घटना घटेन । उनी आफ्नो जागिरमा गएर बस्न थाले । कहिलेकाही उनी पत्रमा नयाँ सरकारको आलोचना गर्ने गर्थे । उनले आफ्नो राजनीतिक स्मरण पनि लेखे । १८९८ को जुलाइमा उनको मृत्यु भयो ।
अहिलेसम्म बिस्मार्क संसारको धेरै ठूला कूटनीतिज्ञमा गनिन्थे र उनको सबैभन्दा ठूलो काम जर्मनीलाई एक गर्नु हो । उनी जर्मन साम्राज्यका निर्माता थिए ।
( बिश्व हल्लाउने व्यक्तित्व पृ२००-२०५, डिकुरा प्रकाशन)