१८ बैशाख २०८१, मंगलवार

उत्पादनशील अर्थप्रणालीलाई जोड्न सक्यो भने मात्र नेपालमा क्रान्ति सम्भव छ : डा.युवराज संग्रौला

0

काभ्रे – समाजवादी चिन्तक डा. युवराज संग्रौलाले नेपालको बस्तुगत वर्गिय अबस्थाको सश्लेषण नगरि नेपालमा क्रान्ति सम्पन्न गर्छु कसैले भन्छ भने त्यो भ्रम मात्र हुने बताएका छन्। शनिबार नेकपा पूर्वी ताम्सालिङ्ग ब्युरोद्वारा आयोजित ‘दलाल संसदीय व्यबस्थाको असफलता, राष्ट्रिय संकट, अग्रगामी निकास – बैज्ञानिक समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संग्रौलाले यस्तो बताएका हुन्।

उनले नेपालमा अभ्यास भएको संसदीय व्यवस्थाले अहिलेको नेपालको बस्तुगत अबस्थालाई ब्यवास्ता गर्दै नयाँ सोच अनुसन्धानको विकास नगरी आफ्नै पुरातन सोच लादेका कारण असफल जस्तो देखिएको बताए। ‘सुरुवाती अभ्यास भएदेखि नै यो ब्यबस्थामा त्रुटि छ।’, उनले भने, ‘यो ब्यबस्थाले अघिसारेका कुनै पनि अवधारणा वस्तुवादी बैज्ञानिक भएन। ७५ वर्ष अगाडि समाजको जुन वर्ग चरित्र थियो, ब्यबस्था फेरिदा पनि त्यहि सस्कृतिलाई निरन्तरता दिइयो। त्यही भएर यो असफल छ ।’

उनले कुनै पनि व्यवस्था आफैमा असफल नहुने भन्दै क्रान्ति गरेउँ भनेर गर्व गर्नेहरुले, यसको नेतृत्वहरुले कालन्तरमा विभिन्न सेक्टरमा आफ्नो भर्तीकेन्द्र बनाउँदा यो व्यवस्थामा संकट आएको बताए । ‘जनतालाई सत्ता प्राप्तीको भर्याङ्ग बनाउने, नातागोता सेटिङ्ग गर्ने बाहेक उनीहरुले अरु कुरामा ध्याय दिएनन् ।’, उनले भने, ‘गणतन्त्रमा पनि त्यही सोच चिन्तनले काम गर्यो । यसले पनि नेपालमा वैज्ञानिक समाजवादको अपरिहार्यतालाई थप उचाइमा पुर्याएको छ ।’

आफ्ना व्यवहारलाई वैज्ञानिक सस्कृतिमा रुपान्तरण गर्न सके व्यवस्थामा आफै सुधार आउने भन्दै उनले भने, ‘हामीले हरेक व्यवहारलाई वैज्ञानिक सस्कृती र वैज्ञानिक बस्तुवादी तौर तरिकाबाट अबलम्बन गर्न सक्यौ भने यो सफल भइन्छ । त्यो नेतृत्व पनि सफल हुन्छ र देशलाई पनि सफल बनाउँछ ।’

उत्पादनमुलक अर्थ प्रणालीलाई जोड्न सक्यो भने मात्र नेपालमा क्रान्ति सम्भव हुने उनको जिकिर थियो । ‘नेपालालाई अर्ध औपनिवेशिक, अर्धसामान्ती त भनियो तर यसमा कुनै पनि विश्लेषकले बहस गर्न चाहेनन् । जुन त्यही ढरामा चलिरह्यो । नेपालमा भएको विभिन्न असमान सुगौली सन्धी सम्झौतादेखि (एमसिसी) सम्म आइपुक्दा नयाँ सश्लेषण नगरी पुरानै अर्धसामन्ती, अर्ध औपनिवेशिक भनियो भने त्यो पुरातन हुन्छ’, उनले भने, ‘त्यो पुरानै जनयुद्धकालीन माओवादी शैली हुन्छ। इतिहासबाट सिक्दै नयाँ नयाँ वैज्ञानिक खोज, अनुसन्धानको प्रयोगले मात्र नेपालमा क्रान्ति सम्भव छ ।’

उनले औद्योगिक घरनाकाले कर छुट पाउँछन् तल्लो तहको किसानले नपाएको भन्दै गुनासो गरे । ‘औधोगिक घरानाले करछुट पाउँदा किसानले छुट पाएन । त्यसैले वर्ग चिन्न र वर्ग बिचको अन्तरबिरोधलाई हल गर्न सकिएन । यस्तो कुरा हल गर्न सकिएन भने क्रान्ति सम्भव छैन । क्रान्ति गर्छौ भन्नेकुरा गफ मात्र हुन्छ ।’, उनले भने, ‘वर्गिय अन्तरबिरोधलाई वैज्ञानिक तरिकाले हल गर्न सकिएन भने नयाँ सोचको निर्माण गर्न सकिदैन । क्रान्ति फेल खाने छ ।’

कम्युनिस्टहरुले नवउदारवादी नीति लिएकाले आज कम्युनिस्टहरुको सत्ताको वरिपरि घुम्ने काम मात्र भएको उनको भनाई थियो । डा. संग्रौलाले अन्तराष्ट्रिय परिस्थितीलाई सस्लेषण र नेपालको बस्तुगत वर्गिय अबस्थाको सस्लेषण गर्न नसक्दा अन्य नयाँ क्रान्तिकारी कम्युनिस्टहरु ओझेलमा परेको बताए । नेकपा महासचिव विप्लवको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा पूर्वि ताम्सालिङ व्युरो इन्चार्ज विकल्प सीले कार्यपत्र प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।