१७ बैशाख २०८१, सोमबार

भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनमा गम्भीर आशंका

0

काठमाडौ / समाजवादी देशभक्त मोर्चाले नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नहरुलाई पक्राउ गरी अनुसन्धान गर्ने प्रक्रियामा गम्भीर आशङ्का उत्पन्न भएको बताएको छ।मोर्चाको तर्फबाट अध्यक्ष मण्डलका अध्यक्ष विप्लव सीद्वारा शनिबार जारी प्रेस बिज्ञप्ती मार्फत यो प्रकरण गम्भीर जनघाती र देशघाती भएकोले संलग्नहरुलाई हदैसम्मको कारबाही गरिनुपर्ने बताएको छ।

जारी बिज्ञप्तीमा “केही मान्छेलाई पोलेको भरमा गिरफ्तार गर्ने तर केहीलाई प्रमाणसहित उजुरी गर्दा पनि नछुने अवस्था देखिएको हो कि भन्ने गंभीर आशंका पैदा भएकोले यसप्रति राज्यको समयमै ध्यान पुगोस् र कुनै पनि बहानामा अपराधीहरु संरक्षित हुने र सामान्य मान्छे मात्र कारवाहीको भागिदार बन्ने गल्ती नहोस् भनेर सचेत बनाउन चाहान्छौ “ भनिएको छ।

समाजवादी देशभक्त मोर्चामा नेपाल कम्युनिस्ट पार्टी , आहुति नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपा सहित तीन कम्युनिस्ट पार्टी सम्मीलित छन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।