१८ बैशाख २०८१, मंगलवार

नेकपा सेती ब्युरोले कैलालीमा चार बिघा जमिनमा धान खेती गर्दै

0

 

कैलाली : नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरो समितिले कैलालीमा चार बिघा जमिनमा धान खेती गर्न लागेको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ९ को रतिपुरस्थित जमिन भाडामा लिएर धान खेती सुरु गरेको नेकपा केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रकाश सीले बताएका छन् ।

पार्टीले आत्मनिर्भर अर्थतन्त्रका लागि श्रम र उत्पादन अनिवार्य भन्ने अगाडि सारेको नीति अनुरुप नै हामीले पनि पार्टी,नेताकार्यकर्ताहरुलाई उत्पादनसँग जोडेका छौं, इन्चार्ज प्रकाशले भने । अहिलेको वर्तमान दलाल संसदीय व्यवस्था निर्यात भन्दा आयात बढी गर्ने, रेमिट्यान्सको भर पर्ने, सबै कुरामा परनिर्भर मात्र भएको उनको भनाइ छ । नेकपा नेता प्रकाशले भने, “अहिलेको सत्ता र व्यवस्था परिवर्तन गर्न आत्मनिर्भर अर्थप्रणाली हुन अनिवार्य छ त्यसैको अभ्यासमा हाम्रो पार्टी छ ।” नेकपासँग संलग्न हरेक नेता कार्यकर्ता अनिवार्य उत्पादनसँग जोडिएको छ, हाम्रो पार्टी केन्द्र, महासचिव विप्लव स्वयम् पनि आफै श्रमसँग जोडिएको उनी बताउँछन् ।

नेकपाले भाडामा लिएर खेती सुरु गरिरहेको जमिनमा अहिलेलाई धान खेती गर्ने र अर्को पटक आधुनिक तरकारी खेती तथा अन्य उत्पादन कार्य गर्ने नेता प्रकाशले बताएका छन् । अहिले धान खेती गर्न बीउ राख्ने कार्य सम्पन्न गरिसकेको उनले जानकरी दिएका छन् ।

युवाहरुलाई विदेश पठाएर होइन कि देशमै श्रम गरेर समृद्धि आउँछ भन्ने सन्देशसहित आफूहरुले उत्पादन कार्य सुरु गरेको नेकपा सेती ब्युरो इन्चार्ज भगत सीले बताए । नेपालमा कुनै पनि राजनीतिक पार्टीले सामुहिक कार्यमा नरहेको बेला हाम्रो पार्टीलाई नेपालमा आत्मनिर्भरता भन्ने कुरा श्रममा हुन्छ भन्ने नयाँ संस्कृति स्थापित गरेका छौं, इन्चार्ज भगतले भने ।

प्रायजसो नेपालका संसदीय राजनीतिक दलका नेताहरु ठेक्का पट्टा, योजना ल्याएर भ्रष्टाचारमा लिप्त भइरहने प्रवृत्ति व्याप्त छ तर नेकपाले भने अनिवार्य श्रम र उत्पादन गरिनुपर्ने कुरा आफ्नो नवाैँ महाधिवेशनबाटै पारित गरी देशैभरी विभिन्न क्षेत्रमा केन्द्रीय, ब्युरो र जिल्ला स्तरीय उत्पादन कार्य सुरु गरेको छ ।

तस्बिर: नेकपाले धान खेतीका लागि बीउ राख्दै नेताहरु


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।