४ आश्विन २०८१, शुक्रबार

नेकपा उपत्यका व्युरोको समिक्षात्मक वैठक सम्पन्न

0

काठमाडौं – नेपाल कम्युनिस्ट, पार्टी उपत्यका व्युरोको समिक्षात्मक वैठक सम्पन्न भएको छ । शुक्रबार पार्टी व्युरो कार्यालयमा बसेको बैठकले पहिलो योजना सफल भएको निश्कर्ष निकाल्दै बैठक सम्पन्न भएको हो ।

बैठकले पार्टीले अगाडि सारेको पहिलो योजना सफल भएको निश्कर्ष निकाल्दै अगामी दिनमा पार्टीलाई थप शसक्त बनाउने विषयमा छलफल भएको थियो । नेपाल कम्युनिस्ट पार्टी उपत्यका व्युरोको पहिलो योजनाको समिक्षा बैठकले योजना कार्यान्वयनमा सफल भएको निश्कर्ष निकालेको नेकपा केन्द्रीय सदस्य तथा जिल्ला नम्बर २ का इन्चार्ज चिरन सीले बताए ।

बैठकमा प्रमुख अतिथिको रुपमा उपस्थित पार्टीका स्थायी समिति सदस्य अनिल सीले प्रगतिको रिपोर्टिङ सुन्दा खुशी लागेको बताएका थिए । ‘प्रगतिको रिपोर्टिङ सुन्दा खुशी लागेको छ । उपत्यका व्युरोले पार्टीको स्पिरिट समातेकोमा धन्यवाद ।’, बैठकलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘साम्राज्यवादको नाङ्गो हस्तक्षेप बढेकाले यसका विरुद्ध उपत्यका पार्टी खरो उत्रिनु पर्नेछ ।’

आगामी क्रान्तिका लागि समाजवादी मोर्चाको महत्त्वबारे स्पष्ट पार्दै अनिलले पार्टीले सश्लेषण गरेको विचार, दर्शन, अर्थ लगायतका विषयमा व्यापक प्रचार गर्न निर्देशन दिएका थिए । बैठकका अध्यक्ष कृति सीले योजना सापेक्षित रूपमा उपलब्धिपुर्ण भएको बताएका थिए ।

‘योजनाको सापेक्षा उपलब्धीहरु हासिकल भएका छन् ।’, बैठकलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘कमिकमजोरीलाई सच्याउनु पर्ने, आगामी दिनमा सशक्त रूपमा झन् धेरै मिहिनेत गर्नुपर्ने देखिएको छ ।’

बैठकमा अतिथिको रुपमा युवा संगठन नेपालका अध्यक्ष पाटन सीको उपस्थिति रहेको थियो भनेजिल्ला इन्चार्ज तथा जिल्ला सेक्रेटरीहरुले रिपोर्टिङ गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।