काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी, ललितपुरको जिल्ला भेला आयोजक समिति गठन गरिएको छ। मंगलवार ललितपुरको लगनखेलमा पवित्रा सी को संयोजकत्वमा १३ सदस्यिय आयोजक समिति गठन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष भृकुटी सीले बधाई तथा प्रशिक्षण मन्तव्य राख्दै उनले महिलाहरु लिङ्गीय उत्पीडनको अलावा आर्थिक,सामाजिक, राजनीतिक र साँस्कृतिक उत्पीडन समेत रहेको चर्चा गर्दै एकीकृत जनक्रान्ति मार्फत स्थापना हुने बैज्ञानिक समाजवादले मात्र वास्तविक महिला मुक्ति सम्भव रहेको धारणा व्यक्त गरेकी थिइन्।
अर्का अतिथि अतिथि नेकपाका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सी ले आयोजक समितीको प्यानल प्रस्ताव गरि छ्लफल पछि पारित गराएका थिए।
कार्यक्रममा नेकपा ललितपुर महानगर सेक्रेटरी बज्र सी, न्याय बिभाग प्रमुख महेस सी गोदावरी नगर सेक्रेटरी मोहन सी महालक्ष्मी नगर सेक्रेटरी अमित सी, लगाएत नेता कार्यकर्ताको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन पवित्रा सीले गरेकी थिइन्।