११ श्रावण २०८१, शनिबार

”क्रान्तिको बिगुल फुक्नुपर्छ”:विक्रान्त सी

0

खाना पकाउनलाई पनि त
चुलोमा आगो बाल्नुपर्छ
आगो निभ्न नदिनलाई पनि त
दाउरा थप्नु पर्छ,आगो फुक्नुपर्छ
दासताबाट मुक्ति पाउनलाई पनि त
क्रान्तिको बिगुल फुक्नुपर्छ ।

बिगुल नफुकेर यहाँ
कसले सुनेको छ र ?
साच्चिकै क्रान्तिको बिगुल
फुक्नु हुदैन,कसैले भनेको छ र?

बिगुल नफुक्नु भन्नेलाई पनि त
क्रान्तिको महान बाटोमा
प्रेरित गरेर हिड्न,आव्हान गर्न
कान फुट्ने गरी,दिमाग भुट्ने गरी
क्रान्तिको बिगुल फुक्नुपर्छ ।

“काल मार्क्सले साम्यवादी
विगुल नफुकेको भए
लेनिन र स्टालिनले रुसमा
कहाँ गर्थे अक्टोबर क्रान्ति
कहाँ ढल्थ्यो जार शाहीको सत्ता
कहाँ  गर्थे बिशाल चीनमा
माओले दीर्घकालीन जनयुद्ध
कहाँ ढल्थ्यो च्याङकाइसेकको सत्ता
कहाँ बल्थ्यो नेपाली भुमिमा
जनयुद्धको आगो”

यहाँ आमुुल परिवर्तन गर्न
हावा चलाएर मात्र हुने भए
अरु केही गर्नु पर्दैन थियो
सगरमाथाको चुचुरोमा एउटा ठुलो
पंखा मात्र चलाउनु पर्थ्यो
विश्व नै कायापलट उहिले  हुन्थ्यो
जहिले पृथ्वीको उत्पत्ति भयो ।

अर्काले धान रोपेपछि
धान रोप्दैमा मात्र
क्रान्ति पुरा हुन्छ भन्ने
अर्काले बन्दुक बोकेपछि
बन्दुक बोक्दैमा मात्र
क्रान्ति पुरा हुन्छ भन्ने
धान रोप्नलाई पनि त
बन्दुक बोक्नलाई पनि त
क्रान्तिको बिगुल फुक्नुपर्छ ।

गुगलमा रोटी खोजेर पाइन्छ
गुगलको रोटीले
न त तिम्रो न त कसैको
भोक मेटिन्छ,भोको पेट भरिन्छ।

“भोको पेट भर्न त
पाखुरा चलाउनु पर्छ
अन्न फलाउनु पर्छ”

परिवर्तन नचाहने विरोधी
‘भुस्याहाहरु’भुकिरन्छन्
क्रान्तिकारी ‘योद्धा’ हरु
निरन्तर क्रान्तिको
बिगुल फुकिरहन्छन् ।

एकदिन पुँजिवाद झुक्नुपर्छ
बैज्ञानिक साम्यवाद ल्याउनलाई
एकचोटि मात्र हैन? अनवरत
क्रान्तिको बिगुल फुक्नुपर्छ ।

१६साउन २०८०


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।