
हिजो सश्लेषण गरि व्यवहारमा प्रयोग गरिएका भौतिकवादको विधि र द्वन्द्ववादका नियमहरुमा आजको बदलिएको परिस्थितिमा कैयौं अपुगता हुन सक्छन्।
मार्क्सवाद गतिशील विज्ञान हुनुको नाताले निरन्तर विकासको माग गर्दछ। हामीलाई थाहा छ,वस्तुको अस्तित्व विपरीत तत्वका बीचको एकता, संघर्ष र रुपान्तरणको नियम,सार्वभौम नियम रहेकोे छ यद्यपि यसलाई पनि नयाँ ढंगबाट परिभाषित गर्न आवश्यक हुन गएको थियो । किनभने
कम्युनिस्ट पार्टी भित्र किन वर्गसंघर्ष भन्दा अन्तरसंघर्ष प्रधान बन्न जान्छन् ? पार्टी भित्रै किन अभिजात वर्गको उदय हुन जान्छ? र कम्युनिस्ट पार्टीमा टुटफुट, विभाजन प्रतिक्रान्ति किन हुन्छ? यस्ता अहम प्रश्नहरुको वैज्ञानिक र वस्तुवादी उत्तर खोज्ने प्रयत्न स्वरुप महासचिव कमरेड विप्लवले नेपाल कम्युनिस्ट पार्टीको ८औ महाधिवेशनमा विपरित तत्वको एकता,संघर्ष र रुपान्तरणलाई कम्युनिस्ट पार्टी भित्र कसरी बुझ्नु पर्छ भनि परिभाषित गरि दस्तावेजमा प्रस्तुत गर्नुभयो।
व्यापक छलफलद्वारा महाधिवेशनले सर्वसम्मत रुपमा पारित गर्यो । विपरीत तत्वका बीचको एकता ,संघर्ष र रुपान्तरण ब्रह्माण्डका समस्त पदार्थमा लागु हुने भएता पनि निर्जीव पदार्थ , वनस्पति ,विभिन्न जीव तथा जनावरहरु र उन्नत चेतना सहितको मानिसमा समान स्तरमा लागु हुन सक्दैन । अझ सबै भन्दा चेतनशील मानिसहरूले बनेको कम्युनिस्ट पार्टीमा अन्य पदार्थ कै रुपमा लागू गर्न खोज्दा कम्युनिस्ट पार्टीले जतिसुकै जोड लगाए पनि वर्गसंघर्ष भन्दा अन्तर्संघष प्रधान बन्न पुग्ने र त्यो एक अर्कालाई रुपान्तरण गर्नु भन्दा पनि एक अर्कालाई निषेध गर्न लागिपर्ने, पार्टी भित्रको संघर्ष मैत्रीपूर्ण नभई सत्रुतापूर्ण बन्न जादा पार्टी स्थायी प्रकारका गुटहरुको मोर्चा जस्तो बन्न जानुले कम्युनिस्ट पार्टीमा टुटफुट्का अनन्त श्रींखला दोहोरी रहने अवस्थाको निकाकरणका निम्ति नयाँ सश्लेषण आवश्यक बन्न गयो र पार्टी भित्रको विपरीत तत्वलाई “सवर्गीयहरुका बीचको विपरीत तत्वका रुपमा”बुझ्नु पर्दछ भनी परिभाषित गरियो।
कम्युनिस्ट पार्टी श्रमजीवी तथा उत्पीडित वर्ग माथी परजीवी वर्गद्वारा लादिएका शोषण, दमन, उत्पिडन र विभेदको अन्त्य गर्ने संगठित संस्था हो। समाजमा उत्पीडक र उत्पीडित , शोषक र शोषित तथा शासक र शासित वर्ग विपरीत तत्वहुन। कम्युनिस्ट पार्टीमा विपरीत तत्वको नाममा उत्पिडक,शोषक र शासक वर्गको पक्षपोषण गर्ने
विचार प्रवृतिलाई चलखेल गर्ने छुट दिनुहुँदैन भन्ने निष्कर्ष निकालियो। कम्युनिस्ट पार्टीमा सवर्गीयहरुका बीचको विपरित तत्वको एकता -संघर्ष र रुपान्तरणले पार्टीमा गति पैदा गर्दछ।
विवर्गीयहरुको एकता- संघर्षले रुपान्तरण होइन विघटन र विसर्जन गराउन पुग्दछ। यो कुरा विश्व कम्युनिस्ट आन्दोलन र हाम्रो आफ्नै नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासले बारम्बार पुष्टि गरेको छ।
हाम्रो आफ्नै भौतिक जीवनलाई स्वस्थ र गतिशील बनाउनका लागि पनि विपरीत तत्वको आवश्यकता हुन्छ। उदाहरणका निम्ति हामीलाई पानीको , गुलियोको र चिल्लो पदार्थको पनि आवश्यकता हुन्छ। ती एक अर्काका विपरित हुन।किनभने चिल्लोलाई गुलियोले काट्छ, गुलियोलाई पानीले काट्छ। यिनीहरूको विपरितताको संघर्ष र एकताले शरीरमा गति पैदा गर्दछ। अर्को तर्फ बिष र अमृत पनि विपरित तत्व हुन। यिनीहरुका बीचमा जीवन मरणको संघर्ष हुन्छ।एकले अर्कोलाई निषेध गर्नै पर्ने हुन्छ। पानी , गुलियो र चिल्लो पदार्थलाई सवर्गीयको रुपमा बुझ्नुपर्छ भने अमृत र विषलाई विवर्गीयको रुपमा बुझ्नुपर्छ ।
त्यसै गरि द्वन्द्ववादको तेस्रो नियम “निषेधको निषेध” नियम अनुसार पनि समाज विकासको गति अगाडि बढेन। यसको अपुर्णतालाई पुर्णता प्रदान गर्न नया सश्लेषण आवश्यक हुन गयो। किनभने “निषेधको निषेध ” नियमानुसार त पुँजीवादको निषेध गरि वैज्ञानिक समाजवाद आयो।समाजवादको विकास हुदै मानव समाज विश्वसाम्यवादमा रुपान्तरण हुनु पर्दथ्यो।
निषेध गरिएको पुँजीवाद नयाँ रूपमा भए पनि फर्कनु हुदैनथ्यो तर फर्कियो। जसले गर्दा “निषेधको निषेध” नियमले समाज विकासको गतिको नियमलाई प्रतिनिधित्व गर्न सकेन। त्यसको प्रतिनिधित्व गर्ने गरि नयाँ सश्लेषण गर्नु आवश्यक हुन गयो।यही आवश्यकता पुर्ती गर्नका लागि महासचिव कमरेड विप्लवले पार्टीको नवौ महाधिवेशनका लागि प्रस्तुत दस्तावेजमा “अनिश्चय,रक्षा र रुपान्तरण” को नयाँ सश्लेषण अगाडि सार्नु भयो।
मालेमावादमा थप विकास सहितको सचेतन पहलबिना क्रान्ति सफल पनि हुदैन र प्रतिक्रान्ति पनि रोकिदैन। किनभने “अनिश्चय” र ” संभावना ” भौतिक विज्ञानमा जस्तै समाज विज्ञानमा पनि विद्यमान रहन्छन।जसरी भौतिक पदार्थको “गति”(motion) र “अवस्थिती” (velocity)लाई एउटै समयमा दुबैको बारेमा निश्चित रुपमा मापन गर्न सकिदैन ,त्यसैगरि मानिस पनि प्रकृति कै अंश भएकाले उसमा पनि यो नियम लागू हुन्छ।
एकपटक क्रान्तिकारी भएको मानिस सबै अवस्था र गतिमा क्रान्तिकारी नहुन सक्छ। यस्तो अनिश्चय रहिरहने हुनाले सचेतन पहल सहित रक्षा र रुपान्तरण अनिवार्य बन्न जान्छ। मार्क्सले सश्लेषण गर्नुभयो,” संसार बुझ्ने र व्याख्या गर्ने धेरै छन, बुझ्नु र व्याख्या गर्नु ठुलो कुरा होइन। मुख्य कुरा त संसार बदल्नु हो।” यो सश्लेषण सही थियो र छ।
तर यसमा थप विकास गर्नुपर्ने भयो। किनभने शोषण,उत्पीडन, दमन र विभेदमा परेका आम श्रमजीवी जनताले संसार बदल्न सक्छन भन्ने कुरा पेरिस कम्युन देखि सोभियत समाजवादी क्रान्ति र चिनियाँ नयाँ जनवादी/समाजवादी क्रान्ति सम्मका जनक्रान्तिहरुले प्रमाणित गरिसकेका छन। अहिले पनि बदल्ने कुरालाई मात्र प्रधान बनाउदा बदलिएको वस्तुको रक्षा र विकासमा क्रान्तिकारीहरुको गम्भीर रुपमा ध्यान पुगेन।
लाखौको त्याग,तपस्या र बलीदानबाट प्राप्त समाजवादी सत्ताहरु एकथोपा रगत नबगिकन पुँजीवादी सत्तामा बदलिएको तितो अनुभव हामी संग छ। कम्युनिस्टहरुले सत्ता बदल्न त सक्छन तर सत्ता संचालन गर्न र टिकाउन सक्दैनन् भन्ने आरोप हामीले खेप्नु परेकोछ। यस समस्यालाई हल गर्नका निम्ती महासचिव कमरेड विप्लवले पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत र महाधिवेशनद्वारा पारित दस्तावेजमा भनिएको छ,- ” बदल्ने कुरालाई दैनिक जीवन व्यवहारमा लागू गर्दै बदलिएको वस्तुको रक्षा र विकासलाई प्रधान बनाउनु पर्दछ।” भन्ने संश्लेषण गरियो।
उपरोक्त विषयहरू माथी चर्चा गर्ने क्रममा महासचिव कमरेड विप्लवले काठमाडौको एउटा कार्यक्रममा भनेको कुरा भौतिकवादी द्वन्द्ववादका विगतमा संश्लेषण गरिएका सबै नियमहरु आजको हाम्रो जीवनमा हुबहु लागू नहुन पनि सक्छन, तिनमा थप विकास अनिवार्य रुपमा गर्नु पर्दछ। हो आजसम्मको समाज विज्ञानमा सबैभन्दा वैज्ञानिक र एतिहासिक द्वन्द्वात्मक भौतिकवाद नै हो भन्नेमा कहि कतै विवाद हुनै सक्दैन। भौतिकवादी सैद्धान्तिक मान्यता अनुसार नै संघर्ष बाहेक सबै सापेक्ष हुन्छन। मानिसले विकास गर्दै जादा भौतिक , जैविक र रसायन विज्ञानका कैयौ नविनतम आविष्कार हुँदै जानेछन स्वही अनुसार समाजविज्ञानमा पनि नयाँ -नयाँ विकास गर्दै जानुपर्नेछ।
यो विज्ञान कै नियम हो। समयको सिमाका कारण कमरेड विप्लवले सबै कुरा राख्न भ्याउनु भएन होला।तर पनि मालेमावादका तीन ओटै संघठक अंगमा थप विकास गर्नैपर्दछ, मालेमावाद गतिशील विज्ञान हो। कुनै जडसूत्र होइन ।
कमरेड विप्लवको उपरोक्त सचेत र वस्तुपरक भनाइको मर्मलाई बुझ्न नसक्ने पछौटे चेतना भएकाहरुले आलोचना गर्नु कुनै ठूलो कुरा होइन। यो त मलाई कस्तो लाग्यो भने एउटा शिक्षकले कक्षा कोठामा पढाईरहेका रहेछन। पाठको शीर्षक रहेछ, “समाजप्रति नागरिकको उत्तरदायित्व” विषय राम्रो संग पढाएछन र अन्तिममा आफ्नो निष्कर्ष सुनाउदै भनेछन,” हेर बाबुहरु! हामी सामाजिक प्राणी हौ।समाजप्रति हाम्रो ठूलो जिम्मेवारी छ। हामी केवल आफ्नै स्वार्थमा मात्रै बाच्ने हो भने त्यस्ता मानिसले सोचे हुन्छ म जीउदै मरेको लास हु।” एउटा सधै ढिलो कक्षामा आउने विद्यार्थीले शिक्षकले माथी पढाएका पाठ र प्रसंग सुन्नै पाएनछ। संयोगले ” म जीउदै मरेको लास हु” भन्ने मात्र सुनेछ र आज त सरले आफैलाई जीउदै मरेको लास पो भने त भन्दै हिड्थ्यो रे! आलोचक मित्रहरु त्यसो नगरौं । विषयवस्तुको गहिराइमा गएर बुझौ।