२३ भाद्र २०८१, आईतवार

आगामी परिवर्तनको नेतृत्व माओवादीबाटै सम्भव छ : भरत सी

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले आगामी परिवर्तनको नेतृत्व माओवादीबाटै सम्भव भएको बताएका छन् । नेकपाको स्कुलिङ विभाग इन्चार्ज समेत रहेका उनले आगामी परिवर्तनको नेतृत्व माओवादी कम्युनिस्ट समाजवादीले गर्न सम्भव रहेको भन्दै यसको नेतृत्व लिन पहल गर्नुपर्ने बताएका हुन् ।

उनले मंगलबार ‘माओवादी एकताको मार्गचित्र २’ शिर्षकको स्टाटस समाजिक संजाल फेसबुकमा पोस्ट गर्दै नेपालका कम्युनिस्ट, माओवादी, समाजवादीहरु एक हुनुपर्ने बताएका हुन् । यसका लागि विचार र राजनीतिलाई शिर्ष स्थानमा राख्नुपर्ने, एकताको नयाँ आधार समाजवादी गणतन्त्र बनाउनुपर्ने, शान्ति प्रक्रियामा आउनु पूर्वको पार्टी नीति (सरकारमा नजाने संयुक्त मोर्चामा जाने) लागु गर्नुपर्ने, सामाजिक गतिको विज्ञानलाई आत्मासाथ गर्नुपर्ने, माओवादी पुनर्जागरण र पुनर्संरचना तथा पुनर्गठनको अभियान संचालन गर्नुपर्ने, दलाल पुँजीवादलाई वर्ग दुश्मन मान्नुपर्ने, मार्क्सवाद विरोधीसँग संघर्ष गर्नुपर्ने लगायतका सर्त राखेका छन् ।

७ वटा बुँदामा लेखिएको स्टाटसमा उनले २०६४ पछिको माओवादी नेताहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्नेमा समेत जोड दिएका छन् । साथै, नेताहरुले आर्जन गरेको स्रोतबिहिन अस्वभाविक सम्पत्तिको राष्ट्रियकरण गर्नुपर्ने उनकाे भनाई छ ।

‘शान्ति प्रक्रियामा आउनु पूर्वको पार्टी (पार्टी सरकारमा नजाने संयुक्त मोर्चा जाने) लाई कार्यन्वयन गर्नु, सरकार वा सदनमा एक व्यक्ति दुई पटक भन्दा बढी नजाने नीति बनाई कार्यन्वयन गर्नु र मुख्य कुरा २०६४ पछिको माओवादी नेताहरूको सम्पत्ति सार्वजनिक गर्नु र स्रोतबिहिन अस्वभाविक सम्पत्तिको राष्ट्रियकरण गर्नु ।’, स्टाटसमा लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।