“कम्युनिस्टहरुले अंशका आवश्यकताहरुलाई सम्पूर्ण आवश्यकताहरूको अधिनस्थ राख्ने सिद्धान्तलाई बुझ्नै पर्दछ । कुनै प्रस्ताव आंशिक स्थितिको निम्ति (तर सम्पूर्ण स्थितिको लागि होईन) व्यवहारीक देखिन्छ भने त्यो बेला अंशले सम्पूर्णलाई बाटो दिनु पर्दछ । यसको विपरित कुनै प्रस्ताव आंशिक स्थितिको लागि होईन, सम्पूर्ण स्थितिलाई ध्यानमा राखि हेर्दा व्यवहारीक देखिन्छ भने पनि अंशले नै सम्पूर्णलाई बाटो दिनु पर्दछ । सम्पूर्ण स्थितिलाई ध्यानमा राख्नुको अर्थ यहि हो ।” –कमरेड माओ, राष्ट्रिय युद्धमा चिनिया कम्युनिस्ट पार्टीको भूमिका (अक्टोवर १९३८)
माथि उल्लेखित कमरेड माओत्सेतुङको सश्लेषित भनाई जापानी अतिक्रमणकारीहरु विरुद्ध संयुक्त मोर्चा निर्माणको सिलसिलामा आएको हो । जुन समयमा प्रतिक्रियावादी च्याङकाईसेकको विरुद्ध देशव्यापी गृहयुद्ध चलिरहेको थियो । जव जापानी अतिक्रमणकारीहरुले चीनको राष्ट्रिय स्वाधिनतालाई ध्वङ्स गर्ने अभियान चलाए तव कमरेड माओले राष्ट्रको एकता र स्वतन्त्रताको आवश्यकता माथि जोड दिनु भयो । कमरेड माओकै नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले कुशलतापुर्वक सञ्चालन गरिएको दुई–दुई पल्टको गृहयुद्ध र राष्ट्रिय मुक्ति आन्दोलनले अन्तत जनविरोधि च्याङकाईसेकको प्रतिक्रियावादी सता र जापानी अतिक्रमणकारीहरुलाई परास्त गर्दै नौलो जनवादी गणतन्त्र चिनको स्थापना गर्न सफलता प्राप्त गरयो । उक्त समयमा विश्वव्यापी रुपमा वैदेशिक अतिक्रमणका विरुद्ध कम्युनिष्ट पार्टी र कैयौं प्रगतिशिल पुँजीवादी पार्टी तथा शक्तिहरुले राष्ट्रिय मुक्ति आन्दोलनकोे अगुवाई गर्दै आफ्नो देशको राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सफल भएका थिए ।
माओकालिन चिनमा चलेको गृहयुद्ध र राष्ट्रिय मुक्ति आन्दोलनको झण्डै एक शताव्दी पछिको आधुनिक र विकसित दुनियाँमा हामी उपस्थित रहेका छौं । आजको आधुनिक र विकसित दुनियाँमा साम्राज्यवादले भूमण्डलीकृत स्वरुप ग्रहण गरेकोछ । आज साम्राज्यवाद राजनैतिक,आर्थिक,सामरिक र साँस्कृतिक रुपले रुपले विगतको तुलनामा गुणात्मक रुपले भिन्न रुपमा उपस्थित भएको छ भने विज्ञान,प्रविधि,सूचना–सञ्चारको विकासले आज विश्व सानो ईकाईमा वदलिन पुगेको छ । लामो समय अमेरीकी साम्राज्यवादको एकाधिकारमा रहेको एकध्रुविय विश्व विगत केहि दशक यता वहुध्रुवमा विभाजीत हुन पुगेकोछ ।
एकातिर अमेरिका–वेलायत–अष्ट्रेलिया–जर्मनी लगायतका नाटोमा आवद्ध मुलुकहरु र अर्कोतिर रुस–चीन–कोरिया–ईरान लगायतका मुलुकहरुका विचमा रस्साकस्सी चलिरहेकोछ । विगत एक वर्षयता चलिरहेको रुस–युक्रेन युद्ध सारत रुस र अमेरिका–वेलायत एवम् नाटो सम्वद्ध मुलुकहरुकाबिच चलिरहेको युद्ध हो । अमेरीकी नेतृत्वको साम्राज्यवादले विश्व व्यापी रुपमा सञ्चालन गरिरहेको अशान्ति र ध्वङ्स र विध्वँसको प्रक्रिया केहि दशक यता एशियाली महाद्धिप तर्फ अघि वढिरहेकोछ । जस अनुसार–कोरियाली प्रायद्धिपको तनाव,ताईवान–चीन विचको तनाव नयाँ ढँगले विकसित र विष्फोटक अवस्थामा पुगिरहेका छन । जसको प्रत्यक्ष अगुवाई अमेरिकी साम्राज्यवादले गरिरहेकोछ ।
यसरी अमेरीकि साम्राज्यवादले दक्षिण–पुर्वि एशियाली महाद्धिपलाई घेरावन्दि गर्नुका पछाडी विशाल अर्थतन्त्र र जनसङख्या सहितको वजारलाई नियन्त्रणमा लिने,यहाँ रहेका अथाह प्राकृतिक साधन–श्रोतहरुको दोहन गर्ने,अबको आफनो प्रतिस्पर्धी मुलुक चीनलाई घेरावन्दी गर्ने र नेपालमा वढिरहेको कम्युनिष्ट जनमत रोक्ने रणनीति अन्तरनिहित रहेको कुरामा कुनै सन्देह छैन । सोही रणनीतिलाई सफल तुल्याउन आज अमेरीकि साम्राज्यवादले नेपालमा जनताको व्यापक विरोधका वावजुत एमसिसि परियोजना जर्वजस्ती लागु गर्न जोडवल लगाई रहेकोछ ।
आजको भूमण्डलीकृत साम्राज्यवादले प्रारम्भमा फौजी हस्तक्षेप गरेर उपनिवेश बनाउने पुरानो तरिका मात्र लागु गरिरहेको छैन बरु प्रारम्भमा आफू भन्दा साना र कमजोर राष्ट्रमा राजनैतिक,आर्थिक,धार्मिक,साँस्कृतक सहयोगका बाहनामा त्यहाँका राष्ट्र प्रमुख हरुलाई दलालमा परिणत गरेर आफ्नो रणनैतिक उद्धेश्यहरु पुरा गर्ने गरेकोछ । यसको ज्वलन्त उदाहरण युक्रेनका राष्ट्रपति जेलेन्स्की बनेकाछन ।
नेपालका राष्ट्र प्रमुखहरुलाई पनि जेलेन्स्कीमा बदलेर आफ्नो रानैतिक स्वार्थ पुरा गर्ने दाउमा अमेरिकाले आफ्ना कदम निकै तिव्र र सघन रुपमा चालीरहेकोछ । रुपमा नेपाल एउटा सार्वभौम र स्वतन्त्र मुलुक भनिए पनि सन १८१६ को सुगौली सन्धिपछि औपनिवेशिक अवस्थामा बदलिएको र सो अवस्था अहिले पनि विद्यमान रहेकोछ । तत्कालिन इष्ट इण्डिया कम्पनिद्धारा नेपालको ठुलो भू–भाग कव्जा गर्दै सदाका लागि नेपालले उनिहरुको गुलामी मान्न वाध्यकारी अवस्था सिर्जना गरियो । भारत स्वतन्त्र भएपछि पनि इष्ट–इण्डिया कम्पनिसँग वाध्यकारी रुपमा थोपरिएका विभिन्न सन्धिहरुलाई निरन्तरता दिदै विभिन्न समयमा विभिन्न प्रकारका सन्धि–सँझौताहरु लाद्दै अतिक्रमण गर्ने गरेकोछ ।
कालापानीमा भारतीय सेनाको क्याम्प,सुस्ता–महेशपुरको समस्या लगायत देश व्यापी गरिएका सिमा अतिक्रमणहरु,शान्ती तथा मैत्री सन्धि,सुरक्षा सहयोग सम्झौता ,जलश्रोत सम्झौता लगायतका दर्जनौ असमान प्रकारका सम्झौताहरुले भारतीय हस्तक्षेपको वास्तविकतालाई स्पष्ट गर्दछ । भारतको नेपाल माथिको हस्तक्षेपलाई समेत पछि पार्दै अमेरिकी साम्राज्यवादले नेपाल माथिको हस्तक्षेप तिव्र रुपमा बढाउदै लगिरहेकोछ ।
आज सिँगो नेपाली जनताको विरोधका वावजुत नेपालमा एमसीसी सम्झौता लादिएकोछ । यसरी
अमेरीकि साम्राज्यवाले नेपाली जनताको चौतर्फि विरोधका वावजुत जोर–जुलुमका साथ एमसिसि सझौता थोपर्नुका पछाडी मुलत: चार कारण विद्यमान रहेका छन । पहिलो–हाम्रो उतरी छिमेकी मुलुक चीनलाई घेराबन्दी गर्नु रहेकोछ ।
आज अमेरीकि साम्राज्याद सँग टक्कर गर्ने कोहि मुलुक छ भने त्यो चीन नै रहेकोछ । राजनैतिक,आर्थिक र सामरिक क्षेत्रमा विश्वव्यापी अमेरीकासँग टक्कर गरिरहेको चीनले आफ्नो भिमकाय वीआरआई अर्थात ओविओर परियोजना अगाडी सारेकोछ । जो विश्वका ७९ मुलुकका ६२ प्रतिशत जनतालाई प्रत्यक्ष रुपमा समेटने परियोजना हो ।
यसका साथै एशियाली एन्फास्टक्चर वैँकको स्थापना,व्रिक्स मुद्राको लागि ठुलो धनराशी सहितको अगुवाई,साँघाई सहयोग सँगठन लगायतका पत्यक्ष आर्थिक सरोकारका ठुला परियोजनाहरु,विज्ञान–प्रविधि र सूचना–सञ्चारको क्षेत्रमा गरिरहेको अध्ययन–अनुसन्धान सहितका नयाँ विश्व व्यवस्थाको लागि हालसालै अगाडी सारिएका ग्लोवल र्सक्युरिटी इनिसिएटिभ,ग्लोवल सिभिलाईजेशन यनिसिएटिभ र ग्लोवल डेभलवमेन्ट सिभिलाईजेशन जस्ता ठुला र महत्वकाँक्षी परियोजनाहरुबाट अमेरीका तर्सिएको देखिन्छ ।
चीनको यसप्रकारको भिमकाय र रणनैतिक योजना वाट तर्सिएको अमेरिकी साम्राज्यवादले ताईवान लाई उचालेर जर्वजस्त तनाव उत्पन्न गरिरहेकोछ । केहि गरि चीनसँग युद्ध भैहाल्यो भने सवैभन्दा नजिकको भूगोल नेपाललाई प्रयोग गर्ने उसको मनसाय प्रष्ट देखिन्छ । आफैले भूगोलको छनौट गरे अनुसार काठमाण्डौको लप्सीफेदी देखि नुवाकोट,गोरखा,तनहु,पाल्पा हुदै भारतको गोण्डा सम्मको साढे चारसय केभि भन्दा वढिको जलविधुतको प्रशारण लाईन र कपिलवस्तु जिल्लाको चन्द्रौटा देखि दाङ जिल्लाको लमही पश्चिम सम्मको ९९ किमि लामो सडकको स्तरउन्नतिले उसको राणनैतिक उद्धेश्य प्रष्ट पारेकोछ ।
दोश्रो–नेपालमा रहेको अथाह प्राकृतिक साधन–श्रोतहरुको दोहन गर्नुसँग सम्वन्धित रहेकोछ । भूगर्भविदहरुका अनुसार नेपालमा प्रयाप्त मात्रमा खनिजजन्य पदार्थ,जडिवुटी,जलश्रोत,तेल तथा अन्य वहुमुल्य वस्तुहरु रहेकाछन जो अहिले सम्म पनि उत्खनन,प्रशोधन र प्रयोग हुन सकिरहेका छैन ।
विश्वका एशिया,अफ्रिका,युरोप र अमेरीका लगायतका अधिकांश मुलुकहरुसँग रहेका वहुमुल्य प्राकृतिक खनिजजन्य वस्तुहरु माथि उनिहरुले विभिन्न वहानामा व्रम्हलुट मच्चाईसकेका छन यति सम्मकि इराक र अफगानीस्तानमा रहेको अथाह तेल भण्डार कव्जाका लागि विभिन्न वहानामा ति देशहरु माथि फौजी हमला गरि ध्वस्त पारेकाछन । नेपालमा रहेको अथाह प्राकृतिक साधन–श्रोतहरु माथि आज उनिहरुले गहिरोगरि आँखा गाडेका छन ।
तेश्रो– दक्षिण–पुर्वि एशियामा रहेका भारत–चीन लगायतका मुलुकका विशाल वजार कव्जा गर्नुमा अन्तरनिहित रहेकोछ । साम्राज्यवादको एउटा विशेषता अतिउत्पादन पनि हो । आज उनिहरुले उत्पादन गरेका वस्तुहरु वेच्नका लागि वजारको आवश्यकता परेकोछ । आफ्नो वजारमा एकाधिकारका लागि विभिन्न वहनामा आफ्ना प्रतिस्पर्धी मुलुकहरु माथि प्रतिवन्ध सहित दवाव वढाउनु,कर वृद्धि आदी माध्यामबाटट विश्व वजारमा आफ्नो एकाधिकार कायम गर्न चाहिरहेकाछन। त्यसका लागि पनि दक्षिण–पुर्वि एशियामा उ केन्द्रित हुन पुगेकोछ ।
चौथो–नेपालमा विस्तारीत भईरहेको कम्युनिष्ट जनमतबाट पनि अमेरीकि साम्राज्यवाद त्रसित भएको देखिन्छ । यो साचो कुरा हो कि वास्तवमा अमेरीकी साम्राज्यवादले कम्युनिष्टको “क” पनि सुन्न चाहदैन । यो विश्व व्यापी रुपमा लागु भईरहेको साम्राज्यवादी रणनीति हो ।
आज नेपालमा करिव ६५ प्रतिशत जनमत कम्युनिष्ट पार्टीको प्रभावमा रहेको छ । यो कम्युनिष्ट जनमतलाई कमजोर तुल्याउने र आफ्नक भरपर्दा दलालहरुको उत्पादन र संरक्षण गर्दै आफ्नो रणनैतिक उद्धेश्य पुरा गर्नका लागि जोडवल लगाई रहेकाछन । यी घोषित तथा अघोषित रणनैतिक उद्धेश्य पुरा गर्नका लागि अमेरिकी साम्राज्यवादले नेपालमा जर्वजस्त एमसिसि सम्झौता लाद्न पुगेकोछ ।
यसप्रकारको अन्तराष्ट्रिय तथा राष्ट्रिय राजनैतिक पृष्ठभूमिमा नेपालको राजनैतिक कोर्ष पनि बदलिनु अनिवार्य बनेकोछ । कम्युनिष्ट पार्टीले यो सच्याईलाई गहिरो गरि वुझ्नु पर्दछ र आफनो राजनैतिक पहलकदमीमा उक्त देशीविदेशी षडयन्त्रलाई विफल तुल्याउनु पर्दछ । नेपालको राष्ट्रिय स्वाधिनता कमजोर या वैदेशिक हस्तक्षेप तीव्र रुपमा वढिरहेको पृष्ठभूमिमा अव पार्टीले राष्ट्रिय स्वाधिनताको संघर्षलाई प्रधान वनाउन पुगेकोछ । राष्ट्रिय स्वाधिनताको संघर्षका लागि नेपालका कम्युनिष्ट पार्टीहरु र देशभक्त तथा राष्ट्रवादी शक्तिहरुको विचमा संयुक्त मोर्चा निर्माण गरि संघर्षको मोर्चालाई बलियो वनाउनु आजको अनिवार्य राष्ट्रिय आवश्यकता वनेको छ । आज एकातिर साम्राज्यवादका दलालहरुद्धारा नेपाली जनयुद्धलाई आतंककारीको संज्ञा दिदै विषयलाई उत्तेजीत बनाउने हर्कत गरिदैछ भने अर्कोतिर उनिहरुका वैदेशिक मालिकहरु हाम्रो देशमाथि प्रत्यक्ष रुपमा हस्तक्षेप वढाउन जोर जुलुमका साथ लागि रहेकाछन । यस प्रकारको राष्ट्रिय संकटको घडिमा नेपालमा समाजवादलाई आफ्नो राजनैतिक आदर्श मान्ने सवै पार्टीहरुकाबिचमा समाजवादी मोर्चा वनाउनु राष्ट्रिय आवश्यकता वनेको छ ।
कम्युनिष्टहरु स्वभावैले समाजवादी हुन्छन,नेपालका कतिपय पार्टीका नाम नै समाजवादी पनि रहेकाछन । कम्युनिष्ट भन्दा बकहिरका नेपालका राजनैतिक पार्टीहरुले पनि समाजवाद कै पदावली प्रयोग गर्ने गरेका छन । जस्तो कि मधेशवादी पार्टीहरु संघिय समाजवादको पदावली प्रयोग गरेकाछन । नेपाली काँग्रेसले प्रजातान्त्रीक समाजवादको पदावली प्रयोग गरेकोछ । राप्रपाले राष्ट्रिय समाजवादको पदावली प्रयोग गर्ने गरेकोछ । समाजवाद सम्वन्धि हाम्रा आ आफ्नै प्रकारका परिभाषा र व्याख्याहरु होलान त्यसका बारेमा पनि विचार–विमर्श हुदै जानेछ ।
अहिलेको मुख्य आवश्यकता भनेको वैदेशिक हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधीनताकोे रक्षा गर्नु हो । आज नेपालको राजनीतिमा समाजवाद सबै राजनीतिक पार्टीको राजनैतिक आदर्श बने जस्तै बैदेशिक हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधिनताको पक्षमा कम्युनिष्ट पार्टी र देशभक्त तथा राष्ट्रवादी शक्तिहरु एकतावद्ध हुनु अपरिहार्य बनेको छ । त्यसका लागि नेपाल कम्युनिष्ट पार्टीले कमरेड माओले भने झै हामी कम्युनिष्टहरुले अंशको आवश्यकतालाई समग्रको अधिनस्थ राख्ने राजनैतिक नीतिलाई गहिरो गरि आत्मसात गरेकोछ ।
यो कुरा नै नेपालको आजको राजनीतिक पार्टी,देशभक्त र राष्ट्रवादी शक्तिको पनि आवश्यकता हो । हाम्रो पार्टी आशा र विश्वास व्यक्त गर्दछ कि नेपालका सवै राजनैतिक पार्टीले आफ्नो राजनैतिक आदर्श समाजवाद बनाए झै वेदेशिक हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधिनता,वर्तमान संसदीय व्यवस्थाले पैदा गरेको भ्रष्टाचार र वेथितीको अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई हल गर्नका लागि मनन गर्नेछन र हाम्रो साझा मोर्चा र प्रयत्नले समाजवादी मोर्चा निर्माणको औचित्यलाई सावित गर्नेछ ।