४ आश्विन २०८१, शुक्रबार

आर्थिक–राजनीतिक सङ्कटले सञ्चार–क्षेत्र अप्ठ्यारोमा

0

पोखरा, जनसञ्चार तथा प्रकाशन प्रा. लि.को आयोजनामा गण्डकी प्रदेश राजधानी पोखरामा बृहत अन्तरक्रिया सम्पन्न भएको छ ।
‘आर्थिक राजनीतिक सङ्कट, सञ्चारमा त्यसको प्रभाव र दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रम आइतबार पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एव जनसञ्चार एवम् प्रकाशन प्रा. लि.का अध्यक्ष अनिल शर्मा ‘विरही’ले अवधारणा राख्दै नेपालमा देखापरेको आर्थिक–राजनीतिक सङ्कट विदेशी शक्तिहरूको हस्तक्षेप र नेपालका नेताहरूको लम्पसारवादको कारण भएको बताए ।
नेपालमा सञ्चार सञ्चालन र तिनले उठाउने विषयप्रतिसमेत तथ्य पेश गर्दै शर्माले सञ्चारको अवस्था र दायित्वबारे आफ्नो धारणा राखेका थिए ।
 अन्तरक्रियामा नेपाल पत्रकार महासघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यले २००७ सालयता देशमा राजनीतिक अस्थिरता चलिरहेको र कुनै पनि सरकारले आफ्नो कार्यकाल पूरा गर्न नसकेको बताए । उनले भने, “सबैभन्दा शक्तिशाली भनिएको २०७४ सालको नेकपाले झन् ठूलो निराशामा जनतालाई ल्याइदियो, हामीले बनाएको निर्वाचन प्रणाली नै अस्थिर राजनीतिको मुल कारण हो भन्दै सत्ता नै अन्तिम लक्ष्य भएपछि राजनीतिक अस्थिरताले निरन्तरता पाउनेमा जोड दिए । उनले व्यवस्था ठीक हुँदैमा सबै चिजको हल हुन्छ भन्ने गलत हो, दलका नेताहरूको व्यवहारमा ईमान्दारिता नभएपछि व्यवस्था मुख्य हुदैन ।” उनले थपे, “हिजकै सिद्धान्त बेचेर आजको राजनीतिक पसल चल्दैन ।”
 वरिष्ठ पत्रकारसमेत रहेका आचार्यले चीनले आफ्नो अर्थतन्त्रमा उदारीकरण नीति अपनाउँदै देशलाई समृद्धिको दिशामा अगाडि बढाउँदा, त्यही सिद्धान्तलाई मार्गदर्शक मान्ने कम्युनिस्टले सञ्चालन गरेको नेपालको यो अवस्था किन छ ? स्वास्थ्य र शिक्षा निजीकरण हुँदै व्यापारिकरणसम्म पुग्यो । नयाँ सरकार बन्ने बित्तिकै बजार भाउ महङ्गिन्छ किन ? प्रतिप्रश्न गरे । उनले थपे, “किनकी तिनै व्यापारीहरू र तपाइँहरूले भन्ने गरेको दलाल पुँजीपतिहरूले नै यो देशका राजनीतिक दल चलाइरहेका छ्न ।” उनले देशको विकासलाई टिप्पणी गर्दै, देशको बेरुजु पछिल्लो ५ वर्षमा ९ खर्ब पुगेको, विकास बजेट १७ % मा सीमित भएको र बजेटको आधाभन्दा धेरै खर्च असारमा हुन्छ, देश बनाउने भन्दा पनि बजेट कसरी सक्ने भन्ने कुरा मुख्य रहेको समेत बताए ।
सञ्चारको व्यवस्थापनबारे बोल्दै आचार्यले सञ्चार–क्षेत्रले आफ्नो स्वतन्त्रता माग्ने हो भने राज्यसँग सहयोग हैन अधिकार माग्ने हो भन्दै विज्ञापन विकृतिबारे समेत अहिले ७०% भन्दा बढी विज्ञापन लैजाने सञ्चार बजारमा नदेखिने बताए । उनको जोड स्थानीय विज्ञापनमा स्थानीय सञ्चारको अधिकार बनाउनुपर्नेमा थियो । विज्ञापनमा एकद्वार प्रणाली आवश्यक नरहेको बताउँदै आचार्यले यो अभ्यास नेपालमा असफल भइरहेको बताए । “विज्ञापन दयाको रूपमा होइन, अधिकारको रूपमा लिनुपर्छ । लोककल्याणकारी विज्ञापन मेरै कार्यकालमा सुरु गरियो । तर अहिले दुःख लाग्छ, पाउनुपर्नेले पाइरहेको छैन, नपाउनुपर्नेले पाइरहेको छ” उनको भनाई थियो । “पत्रकारिता सीमित मान्छेको लागि हैन, आम जनताको लागि गरिनुपर्छ भन्दै हामी प्रोएक्टिभ छौं कि रिफ्याक्टिब जर्नजिज्म गरिरहेका छौ ?” उनले प्रतिप्रश्नगरे । आजको पत्रकारितामा जनताका कुरा कम बोलिरहेक छौं । राजनीतिका विकृतिलाई सञ्चारले छर्लङ्ग पार्न सक्नुपर्छ । आज प्रविधिले सञ्चारको महत्वलाई कम बनाइरहेको पूर्वअध्यक्ष आचार्यको टिप्पणी थियो ।
यस्तै अन्तरक्रियामा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायि आनन्दराज मुल्मीले नेपालको अर्थतन्त्रमा ठूलो योगदान सञ्चार क्षेत्रको रहेको भन्दै मुलुकको अर्थतन्त्र विकासमा सञ्चारको भूमिका अवमूल्यन गर्न नमिल्ने बताए ।
यत्रो व्यवस्था परिवर्तन गर्दा पनि जनताको न्युनतम अवस्था परिवर्तन हुन नसक्नुले मुलुकको व्यवस्थापनको लागि अहिलेका नेताहरूमा व्यवस्थापकीय सक्षमता नरहेको निष्कर्ष निकाल्न सकिने कुरा उनले टिप्पणी गरे । “कतिपय गरिब मुलुकहरू आज धनि बनिसक्दा नेपाल जहाँको त्यहीं, अझ धेरै गरिबितिर किन गइरहेको छ ? के मुलुक असफल हुन लागेको त हैन ?” मुल्मीले प्रतिप्रश्न गरे । शासन प्रणालीको समस्या हो, संविधानमा वा संघियता के को समस्या हो अब समीक्षा गर्नुपर्ने बेला आएको छ भन्दै चीनको कम्युनिस्ट पार्टीले कसरी विकासमा छलाङ्ग मा¥यो ? यसबाट नेपालले सिक्न नसक्नु दुःखद रहेको बताए । कम्युनिस्टले शासन गरेका मुलुकहरू सबैभन्दा सफल भएको स्मरण गर्दै मुल्मीले नेपालमा पनि निश्चित सिद्धान्त भए पनि फुट्नु निकै गलत भएको उनले बताए ।
उनले, नेपालको सबै चिजमा परनिर्भरता सुरुभएको छ, राज्यले कालो धन लुकाइरहेको छ । नेपालबाट पुँजी पलायन भएको बताए, उनले लगानीयोग्य पुँजी रकम निकै कम भएको भन्दै प्राकृतिक स्रोतको प्रयोग र परिचालन गर्न राज्यले नीति नबनाउँदा नेपालले आफ्ना स्रोत प्रयोग गर्न नसकेको र अब नसके देश विकास हुन नसक्ने टिप्पणी गरेका थिए ।
 यस्तै प्रेस युनियनका नेता एव वरिष्ठ पत्रकार गङ्गाधर न्यौपानेले पत्रकारिता सुद्दृढ भएमात्रै लोकतन्त्र सुदृढ हुने बताए । उनले भने, “नागरिक र सरकार दुबैलाई सुसूचित र खबरदारी गर्ने निकाय पत्रकारिता हो । तर सञ्चार–क्षेत्र अन्त्यन्तै कमजोर भइरहेका छ्न ।” सञ्चार–क्षेत्रमा १ खर्ब बढी लगानी रहेको बताउँदै त्यसको सुरक्षाप्रति राज्य वेवास्ता भएको टिप्प्णी गरे । न्यौपानेले ८–१० अरबको विज्ञापन बजार खुम्चिएर १–२ अर्बमा पुगेको बताउँदै, यो पत्रकारिताको लागि इतिहासमै सबैभन्दा खतरनाक सङ्कट भएको बताए । सञ्चार–क्षेत्र चौथो अङ्ग हो, तर आफू अनुकूल नभए सञ्चार–क्षेत्रलाई चुत्थो अङ्ग हो भनेर आरोप लगाउने गरेको समेत न्यौपानेको टिप्पणी थियो ।


प्रेस सेन्टर गण्डकी प्रदेश ईन्चार्ज रामकृष्ण ज्ञवालीले सत्तामा नभएको र सत्तामा गइहाल्ने सम्भावना पनि नभएको पार्टीले पत्रकारको बारेमा गरेको यो चिन्ताको लागि धन्यवाद व्यक्त गरे ।
देशको हरेक आन्दोलन सफल बनाउन भूमिका खेलेका सञ्चार–क्षेत्र आज सङ्कटमा छन् । तर यसप्रति राज्यको कुनै चासो छैन भन्दै उनले आफूलाई ठूलो लोकतान्त्रिक भन्ने र पुरानालाई गाली गरेर आएकाहरूले नै सञ्चार–क्षेत्रमाथि सबैभन्दा धेरै आक्रमण गर्नु दुःखद भएको बताए । “सञ्चार माध्यम वास्तममै सङ्कटमा छ, यसलाई उठाउन सबै सरोकारवाला, राज्य र नीति निर्मातले सोच्न जरुरी छ । हामी राजनीतिक विचारको लागि लडिरहेका छौं, तर विचारमात्रै ठूलो कुरा रहेनछ । त्यसैले अब सफा नियतका साथ मुलुकको आर्थिक विकास गर्न केन्द्रीत हुनुपर्ने” उनको जोड थियो ।
 नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले सञ्चारले सधैं जनताको आवाज बोल्नुपर्ने बताए । उनले राजनीतिक विषय जोड्दै कम्युनिस्ट पार्टीबिच समाजवादी मोर्चा बन्नु सुखद् भएपनि स्वार्थ नमिल्दा फुटिहाल्ने परम्परा राम्रो नभएको टिप्पणी गरेका थिए । उनले देश बनाउनुपर्छ भनेर जुट्न लागेका हुन् वा समाजवादी मोर्चा गठन भएको हो भने त्यो ठीक छ । तर, निश्चित स्वार्थमा जुटेका हुन् भने यो दीर्घकालीन हुन नसक्ने बताए । पत्रकार शर्माले व्यवस्था परिवर्तन भए पनि अवस्था जस्ताको तस्तै रहेको भन्दै जनताको अवस्था सुधार गर्न राजनीतिक दलहरूले दलभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासघ कास्कीका अध्यक्ष विमला भण्डारीले देशको हरेक परिवर्तनमा सञ्चारले खेलेको भूमिका अतुलनीय रहेपनि आज सञ्चारजगतको भूमिकामाथि प्रश्न उठ्ने अवस्था आइरहेको बारे दुःख व्यक्त गरिन् । डिटिजल क्षेत्रको विकासपछि सामाजिक सञ्जाल नै समाचारको प्लेटफर्म हो कि भन्ने भ्रम पैदा भएको भन्दै जनतामा डिजिटल साक्षरता आवश्यक रहेको पत्रकार भण्डारीको जोड थियो ।
पत्रकारले पत्रकारिता गरेर मात्रै बाँचिराख्छ त ? भन्ने प्रश्न उठाउँदै भण्डारीले पत्रकारलाई शुद्धिकरणसँगै व्यवसायिक बनाउन पनि आवश्यक रहेको बताइन् । उनले राजनीतिक अस्थिरताका कारण आम नागरिक र सञ्चार–क्षेत्रलाई झनै सङ्कट बनेर आएकोले यसबारे सरोकारवालाले गम्भीर भएर सोच्न जोड दिएकी थिइन ।
जनपत्रकार सङ्गठनका अध्यक्ष शेरबहादुर बिकले नेपालका सञ्चारकर्मीहरूको आन्दोलन राजनीतिक आन्दोलन जत्तिकै पुरानो भएको बताउँदै पत्रकार महासंघले पनि समाजवादको लागि बहस उठाउनुपर्ने बताए ।
प्रेस सेन्टरका सचिव एवम् न्युनतम् पारिश्रमिक समितिका सदस्य माधव पनेरुले विश्व अर्थतन्त्रमा देखिएको प्रभावले नेपालको आन्तरिक अर्थतन्त्रमा पनि प्रभाव पारेको बताए । पछिल्लो संविधान जारी भएपछि त्यसलाई प्रभावकारी कार्यान्वयमा सञ्चार–क्षेत्रले आफ्नो दायित्व पुरा ग¥यो कि गरेन ? समीक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ थियो ।
उनले सञ्चार–क्षेत्र आफैमा चुनौतीमा छ, श्रमजीवीले महिनाभर काम गरेर तलब पाउँदैन भने उसले आफ्नो दायित्व कसरी पूरा गर्छ ? प्रतिप्रश्न गरे । उनले विज्ञापन बजारमा आएको सङ्कुचनको कारण सञ्चार–क्षेत्र सङ्कटमा भएको बताउँदै सरकारले विज्ञापन बजारलाई एकद्वार बनाउनुपर्ने बताएका थिए ।
कार्यक्रमको सहजीकरण जनपत्रीकाका प्रधानसम्पादक प्रकाश डुम्रेले गर्नुभएको थियो ।
कार्यक्रममा उठेका विषयवस्तुलाई जवाफ दिंदै अध्यक्ष अनिल शर्मा ‘विरही’ले आफूहरू समाजवादी मोर्चा गठन गरेर अगाडी बढ्न लागेको बताएका थिए ।

स्राेत: जनपत्रिका चाैथाे अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।