४ आश्विन २०८१, शुक्रबार

पार्टी कार्यालय परिसरमा ड्रागन फुड, एभाेकार्डाे वृक्षारोपण तथा बाटो निर्माण कार्य सम्पन्न

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालय परिसरमा आज ड्रागन फुड, एभाेकार्डाे वृक्षारोपण तथा बाटो निर्माण कार्य सम्पन्न भएको छ ।

कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालय परिसरमा आज श्रम गर्ने कार्यक्रम अन्तर्गत बिरुवाहरु ड्रागन फुड, एभाेकार्डाे वृक्षारोपण गरिएको छ भने कार्यालय नजिकै बाटो, ढल निर्माण तथा सरसफाइ कार्य सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रीय समितिको चौथो पूर्ण बैठक हिजो सम्पन्न भएपछि आज बिहान भएको उक्त श्रम कार्यकाे उद्घाटन पार्टीका महासचिव विप्लवले गरेका थिए ।


श्रम कार्यमा पार्टीका महासचिव, प्रवक्ता प्रकाण्ड लगायत स्थायी समिति, पाेलिट ब्युरो, केन्द्रीय समितिका सदस्यहरुकाे सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।