५ आश्विन २०८१, शनिबार

एमसीसी सम्झौतामा राष्ट्रघाती प्रावधानहरु

0

       भेषराज सी

 

यहाँ केही प्रमुख  बुँदाहरु उल्लेख गरिएको छ । यत्ति बुँदाले पनि एमसीसी सम्झौता कति राष्ट्रघाती छ भन्ने कुरा बुझ्न सकिन्छ:-
(१)  सम्झौताको दफा ५.१(ख)(३)मा  अमेरिकी वर्तमान
कानून र भविष्यमा बन्ने कानून नेपालले  मान्नुपर्ने प्रावधानले  हाम्रो आफ्नो स्वाभिमान, अस्तित्व र सार्वभौम अधिकार कुण्ठित गरेको छ ।
(२) सम्झौताको दफा ३.३ मा “Millennium challenge  Act 2003” को दफा ६०७ लाई नेपालले
पालना गर्नु पर्ने भन्ने उल्लेख छ । यो अमेरिकी कानून हो ।
यसभित्र बहुलवाद, भूमण्डलीय व्यापार, अन्तर्राष्ट्रिय
पुजी विशेषमा छुट , पुजीवादी बजार नीति आदिको नेपालले मान्नु पर्ने उल्लेख छ । यस व्यवस्थाले नेपाललको संविधान, कानून, समाजवाद उन्मुख  स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र माथि सिदै हस्तक्षेप गरि नवउदारवादी  पुजीवादी बाटोमा लाग्न बाध्य पार्ने  उद्देश्य रहेको छ ।
(३) सम्झौताको दफा ३.१(च)को व्यवस्था अनुसार आयोजना नेपालमा संचालन हुने २६% लगानी नेपालको
हुने तर आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्ति (intellectual property ) मा MCC को मात्र
हक रहने । यसले नेपालको सम्प्रभूतामाथि आँच पुगेको छ ।
(४) सम्झौताको दफा ६.८ अनुसार  परियोजनामा काम गर्न आउने विदेशीलाई नेपालको कुनै पनि कानून नलाग्ने
व्यवस्था गरिएको छ । अमेरिकाले  MCC मा काम गर्न
भनी ल्याउने उसका मानिसले नेपालमा हत्या, लुट बलात्कार जस्ता जघन्य अपराध गरे पनि नेपालको कानून नलाग्ने व्यवस्थाले नेपालको  न्याय एवं कानून
व्यवस्थाको धज्जी उडाएको छ।
(५) सम्झौताको दफा ७.१ अनुसार  MCC सम्झौतासँग
नेपालको राष्ट्रिय कानून बाझिएमा  MCC को कानुन
मान्य हुनेछ नेपालको राष्ट्रिय कानून निरस्त हुनेछ  भन्ने
प्रावधानले नेपालको संविधान, कानूनहरु  MCC का
मातहतमा राखेको देखिन्छ । यसले नेपालको सार्वभौमसत्तालाई खण्डित गरेकोछ।
(६)  सम्झौताको दफा ३.८ अनुसार आयोजनाको लेखापरिक्षण अमेरिकी वा अमेरिकाद्वारा मान्यता प्राप्त  लेखापरिक्षण संस्थाले मात्र गर्न पाउने प्रावधानले नेपालको महालेखा परिक्षकको  अस्तित्व र वैधानिकतालाई नै अस्वीकार गरेको छ ।
(७) सम्झौताको ३.७ अनुसार आयोजनाको  सम्पूर्ण अभिलेखको सक्कलप्रति MCC लाई बुझाउनु पर्ने
यस प्रावधानले देशको भौतिक तथा आन्तरिक सुरक्षा र गोपनियतामा खलल पुगेको छ ।
अहिले राष्ट्रघाती MCC सम्झौता लागू गर्ने प्रपञ्च, षड्यन्त्र हस्तक्षेप र तीब्र रुपमा अगाडि बढेको छ । यो अमेरिकाको आर्थिक सहयोग होइन सहयोग आवरण मात्र हो । यो अमेरिकी सैन्य रणनीति हो । यसका मुख्य रुपमा तीनवटा उद्देश्य छन्:-
* नेपालमा रहेको  कम्युनिस्ट प्रभावलाई कमजोर बनाउनु, मार्क्सवादी समाजवादी/ साम्यवादी विचार धारालाई निस्तेज पार्नु,  देशभक्तहरुलाई कमजोर बनाउनु, राज्य सत्तामा मौसमे दलालहरुलाई विस्थापित गरि बाह्रमासे दलालहरुलाई स्थापित गर्नु ।
*  नेपालमा रहेका प्राकृतिक सम्पदा मुख्य रुपमा  जल
र युरेनियम धातु कब्जा गर्नु ।
* आफ्नो विश्व वर्चस्व कायम राख्न  विश्व महाशक्ति बन्दै गएको चीनलाई घेराबन्दी गर्न ।
    त्यसैले MCC लाई लागु हुन नदिन समयमै सम्पूर्ण देशभक्तहरुले सशक्त प्रतिवाद गरौँ !

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।