५ आश्विन २०८१, शनिबार

तुलसीपुर बजारभरी एमसिए नेपालका प्रमुख बिष्टको पुत्ला घिसारियो

0

तुलसीपुर । एमसिए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर बिष्टको पुत्ला दहन गरिएको छ ।

शुक्रबार नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङको आयोजनामा तुलसीपुरको बिरेन्द्र चोकबाट एमसिए नेपालका कार्यकारी निर्देशक बिष्टको पुत्ला बनाएर बिपि चोक ,जेसिज चोक हुँदै बाहिनी चोकसम्म घिसार्दै अन्त्यमा पुत्ला दहन गरिएको हो।

एमसिएका कार्यकारी निर्देशकको फोटोसहितको पुत्ला बनाएर एमसिसीको मतियार खड्ग बहादुर बिष्ट लेखिएको पुत्ला बजारभरी घिसार्दै विभिन्न चोकहरु परिक्रमा गर्दै नेकपाका नेताकार्यकर्ताले एमसिसी सम्झौता खारेजीका लागि नाराबाजी समेत गरेका थिए ।

पुत्ला दहनपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा पश्चिम दाङका सचिव निर्मल सीले एमसिसि सम्झौता नेपालको राष्ट्रिय स्वाधीनता विरुद्ध रहेको बताएका थिए ।
उनले भने– ‘एमसिसी नेपालमा आर्थिक सहयोग आवरणमा सैन्य हस्तक्षेप गर्ने उदेश्यसहित आएको छ । हामी सहयोग स्वीकार गर्छौं तर सर्तसहितको सम्झौता नेपाली जनताका लागि अस्वीकार्य छ । हामी अमेरिकाले चुनौती दिन्छौं सेना ल्याएर आउने कल्पना नगरे हुन्छ।’

अमेरिका सेना ल्याएर आउँछ भने हामी जुनसुकै मूल्य चुकाएर प्रतिरोध गर्छौं , उनले थपे‘अहिले पुत्ला जलाएर प्रतिरोध गरिरहेका छौ । अमेरिका सेना ल्याएर आउने दुस्साहस गर्छ भने बम बारुदले पनि प्रतिरोध हुनेछ । स्वाधीनताको लागि हाम्रो पार्टी जुनसुकै कदम चाल्न बाध्य हुनेछ ।’

कोणसभाको सहजीकरण युवा संगठन नेपालका केन्द्रीय सदस्य जिवनी सीले गर्नुभएको थियो ।

यता शुक्रबार नै नेकपा पश्चिम दाङ अन्तर्गतका शान्तिनगर , दंगिशरण , बबई गाउँपालिकामा पनि एमसिसि सम्झौता कार्यान्वयनका विरुद्ध एमसिए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर बिष्टको पुत्ला दहन गरिएको हो ।

एमसिसी कार्यान्वयन विरुद्ध देशव्यापी संघर्षमा रहेको नेकपाले भोलि देशव्यापी एमसिसी सम्झौता विरुद्ध गाउँगाउँमा जागरण प्रचार गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।