५ आश्विन २०८१, शनिबार

नेकपाद्वारा कैलालीमा एमसीसी र एमसिएका नेपाल प्रमुख विष्टको पुत्ला दहन

0

धनगढी– नेपाल कम्युनिस्ट पार्टीले बिहीबार देशभर एमसीसीको पुत्ला दहन गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार कैलालीमा एमसिका नेपाल प्रमुख खडक विष्टको पुतला दहन गरेको छ । एमसीसीे कार्यान्वयन विरुद्ध घोषित संघर्षको कार्यक्रम अनुसार नेकपाले देशभर एमसीसीको पुत्ला दहन गर्ने कार्यक्रम अनुसार कैलालीको धनगढीमा एमसिएका नेपाल प्रमुख खडक विष्टको पुत्ला दहन गरेको हो । कैलालीको धनगढी लम्की, कञ्चनपुर लगायत देशभर नेकपाले राष्ट्रघाती एमसीसी सम्झौता र एमसिएका नेपाल प्रमुख विष्टको पुत्ला दहन गरेको हो । नेकपा क्रैलालीले धनगढी र लम्कीमा एमसीसीको पुत्ला दहन गर्नुका साथै एमसिसि विरुद्ध नाराबाजी समेत गरेको थियो । एमसिसिका मतीयार खडक विष्ट मुर्दाबाद, गो ब्याक अमेरिका जस्ता नाराहरु लगाईएको थियो । धनगढीको पार्कमोडमा गरिएको पुत्ला दहन कार्यक्रम्मा प्रहरी र नेकपाका कार्यकर्ता विच हात हालाहाल समेत भएको थियो । पार्कमोडमा रहेका ३ जना प्रहरीले पुत्ला दहन रोक्न नसके पछि प्रहरीको गाडीमा आएका प्रहरी र नेकपा कार्यकर्ता विच हातहालाहाल भएको हो । पुत्ला जली सके पछि र नेकपाका विरु तिरुवाले एमसिसि विरुद्ध बक्तब्य दिई सके पछि प्रहरी भ्यान आए पनि पुत्ला दहन कार्यक्रममा अबरोध नभएको नेकपाका केन्द्रिय सदस्य तथा सेती ब्यूरोईन्चार्जडबल शाहले जानकारी गराए । उनले पुत्ला दहन कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको जानकारी गराउदै स्थानीयले समेत साथ दिएको बताए । त्यसैगरी कैलालीको लम्कीमा पनि नेपाल कम्युनिस्ट पार्टीले विष्टको पुत्ला दहन गरेको छ । कैलाली जिल्ला ईन्चार्ज प्रकाश मल्ले जानकारी गराए । जनताको चौतर्फी विरोधकै बिचमा संसदबाट २०७८ फागुन ७ गते पास गरिएको एमसीसी सम्झौता राष्ट्रघाती र जनघाती भएकोले एमसीसी सम्झौता विरुद्ध नेकपाले फेरि पनि देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ । कार्यक्रमको दोश्रो दिन बिहीबार नेकपा कैलालीले एमसीसी खारेज गरौ गो ब्याक अमेरिका लेखिएका पोष्टर सहित विष्टको पुत्ला दहन गरेको हो । संसदबाट जबर्जस्त पास गरिएको एमसीसी सम्झौता कुनै पनि हालतमा कार्यन्वयन गर्न नदिने उद्घोष गर्दै नेकपाले फेरि पनि एमसीसी विरुद्ध जनसंघर्षका कार्यक्रमहरु गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।