५ जेष्ठ २०८१, शनिबार

नेकपा पश्चिम लुम्बिनीद्वारा समाजवादी मोर्चाका कामलाई प्रभावकारी बनाउने निर्णय

0

कपिलवस्तु /नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी ब्युरोले समाजवादी मोर्चाका कामलाई प्रभाबकारी बनाउन पार्टी परिचालन गर्ने निर्णय गरेको छ। नेकपा पोलिटब्युरो सदस्य तथा ब्युरो इन्चार्ज सजीव सीको अध्यक्षतामा बिहिवार सम्म सञ्चालन भएको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले अमेरिकी साम्राज्यवाको हस्तक्षेप र एमसीसी विरुद्ध संघर्ष गर्ने, उत्पादन कार्यलाई व्यवस्थित र गुणात्मक बनाउने निर्णय समेत गरेको जानकारी नेकपा नेता बिनोद सीले दिएका छन।

त्यस्तै नेकपा पश्चिम लुम्बिनी ब्युरोको तेस्रो बैठकले केन्द्रिय समितिको दोस्रो आवाधिक योजनालाई दृढतापूर्वक कार्यान्वयन गर्ने र भाद्र१२ गते लुम्बिनी प्रदेशमा हुने समाजवादी मोर्चाको सन्देश सभाको तयारीलाई घनिभुत पार्ने निर्णय समेत गरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।