२३ बैशाख २०८१, आईतवार

नेकपा सुर्खेतले गर्याे एमसिएका प्रमुख बिष्टकाे पुत्ला दहन

0

सुर्खेत: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले एमसिसी कार्यान्वयन विरुद्ध एमसिसीका प्रमुख खड्क बहादुर बिष्टकाे पुत्ला दहन गरेको छ ।

अमेरिकी परियोजना एमसिसी राष्ट्र र राष्ट्रियताकाे विरुद्ध रहेकाे भन्दै शुक्रबार नेकपाका नेता तथा कार्यकर्ताहरुले सुर्खेतकाे विरेन्द्रचाेक नजिकै एमसिसी प्रमुख बिष्टकाे पुतला जलाएका हुन् ।

पुतला दहन कार्यक्रममा नेकपाका नेता-कार्यकर्ताले राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर , अमेरिकी साम्राज्यवाद मुर्दावाद ,एकीकृत जनक्रान्ती जिन्दावाद , गाे ब्याक अमेरिका ,एमसिसी चाहिदैन अमेरिकी सेना ल्याउन पाईदैन , प्रहरी दमन बन्द गर जस्ता नारा लगाएर एमसिसीकाे बिराेध गरेका थिए ।

अहिले देशमा चलिरहेको एमसिसी विरुद्ध आन्दोलनमा अमेरिकी साम्राज्यवादका दलालहरुले नेपाल र नेपाली भुमिमाथि दमन गर्ने प्रयास भैरहेकाेले याे एमसिसी परियोजना नेपालको हितमा नरहेकाेले याे एमसिसी भन्ने
राष्ट्रघाति सम्झौता खारेज नहुदा सम्म आफ्नाे पार्टीले सडक बाटै निरन्तर संघर्ष गर्ने विवेक सिले बताएका छन।

राष्ट्र र राष्ट्रियताकाे बिरुद्ध भएकाे र नेपाली जनताले नचाहादा नचाहादै नेपालमा रहेका अमेरिकी दलालहरुले जबर्जस्ती संसद बाट पारित गरेको र नेपाली जनताहरुकाे हक हितमा नरेहेकाे जनताले अस्वीकार गरेको एमसिसी बिरुद्ध सरकार र अमेरिकी दलालहरुलाई सडक बाटै खवदारि गर्दै गर्दा सेना प्रहरीहरु लगाएत आम जनताले पनि सहयोग गर्न जिल्ला ईन्चार्ज धुर्व सीले आग्रह गरेका छन।

अमेरिकी साम्राज्यवादकाे गिद्धे नजर नेपालमाथि रहेकाेले याे राष्ट्रघाती एमसिसी विरुद्ध सम्पुर्ण नेपालीहरु एकजुट हुन आवश्यक रहेकाे र याे राष्ट्र घाति एमसिसी कुनै हालतमा कार्यनयन हुन नदिने अठाेट नेकपाले लिएकाे
..बिराट सि.ले बताएका थिय।

एमसिसी बिरुद्ध नेकपाकाे केन्द्रीय कार्यक्रम अनुसार आज देश भरिनै एमसिसी प्रमुखको पुतला दहन गर्ने कार्यक्रम रहेकाे थियो ।

पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत आज एमसिसीका प्रमुख खड्क बहादुर बिष्टको पुत्ला दहन गर्ने र , विभिन्न स्थानमा अन्तरक्रिया गर्ने लगायतका कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य तथा सुर्खेत ईन्चार धुर्व सिले जानकारी दिएका थिय ।

पुतला दहन गर्दै गर्दा अखिल क्रन्तिकारि विद्यार्थी संगठनका सदस्य पारश बाेगटिलाई गिरफ्तार गरेकाे केही घण्टामा रिहाइ गरेकाे थियाे।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।